Skip to main content

नेपाली समाजको गम्भिर सामाजिक समस्या : दाइजो र तिलकप्रथा

नेपालि समाजमा महिलाहरुमाथि हुने घरेलु िहंसामा दाईजो तिलक प्रथाले क्रमशः भयावह रुप लिन थालेको सामन्तवादी पित्रृसतात्मक समाजको कुप्रथाको रुपमा रहेको दाईजो तिलक प्रथा समाजको विकास संगै घट्नुको वदला वृद्वि हुदै गैरहेको सामाजिक रुपमा एकप्रकारको होड छोराको विवाहलाई घन कमाउने माध्यमको रुपमा प्रयोग गर्न चाहने स्वार्थी मानसिकताले नै अहिले यो प्रथा दिनप्रतिदिन अझ भयावह विकृत वनेर देखा परेको
दाईजो प्रथाको स्ाुरुवात कहिले कहाँवाट शुरुभयो भन्ने कुरा यकिन गरेर भन्न सकिन्न तर थुर्पै वुद्विजिविहरुले दाइजोको प्रचलन प्राचिनकालिन आर्यवर्तको सामाजिक व्यवस्थामा रहेको उदाहरण प्रस्तुत गरेका छन् स्वस्थानी व्रत कथामा गोमा व्राम्हणीलाई उनका आमा बुवाले प्रसस्त धन सम्पत्ाि सुन चाँदि गाई घोडा हाति दान दिईएको महाभारत कथामा पनि वेहुलिले दाइजोको रुपमा सुन चाँदि गाई घोडा आदि ल्याउने गरेको उल्लेख गरेको पाइन्छ
विवाहको अवसरमा दुलहीको पक्षबाट छोरीलाई भनेर दिइने सरसामान रुपैया आदि प्रति दुलहा पक्षको लोभलालच वढ्न थाल्नु गरीवी एवं वेरोजगारीको समस्याले युवाहरुलाई गाँज्न थालेपछि मिहिनेत नगरी सम्पत्ति प्राप्त गर्ने स्वार्थिपन वढ्न पुग्नुको कारणले नै दाईजो तथा तिलक प्रथाले सामाजिक समस्याको रुप लिनपुगेको मान्न सकिन्छ वैदिक परम्पराका आधारमा स्वच्छाले छोरीलाई दिइने दान तथा उपहार अव वाध्यात्मक लेनदेनको कुरा बनिसकेको तोकिएको रकम वस्तु दिएपछि मात्र विवाह गर्ने चलनले नै दाइजो तथा तिलक प्रथा अभिशापको रुपमा देखा परेको छोरीलाइ सामाजिक वोझ ठानि धन सम्पत्ति दिएर ज्वाईलाई जिम्मा लगाउने प्रथा नै दाइजो तथा तिलक प्रथा हो ।जेन प्रथाका कारणले अहिले हाम्रो समाजमा थुर्पै नेपाली चेलीहरु घरेलु िहंसाका शिकार वनाइएका छन् हत्या आत्महत्याको शिकार वनाइएकाछन् त्यतिमात्र होइन दाइजोको कारणले विपन्न वर्गका जनताका छोरीहरुले शिक्षाको अवसरबाट वन्चित हुनुरपरेको गर्वमा छोरी भन्ने थाहा पाएमा भु्रण हत्या गर्ने प्रकृया बढ्दै गएको यसवाट के प्रष्ट हुन्छ भने यो समस्या जीवानमा हरेक क्षेत्रसँग जोडिएको जस्तो आर्थिक सामाजिक धर्म परम्परा संस्कृति ऐन कानून आदि
यो समस्या एक/दुई वटा संस्था वा व्यक्तिको प्रयत्नवाट समाधान गर्न सकिदैन यो समस्या समाधान गर्न लैङ्गिक असमानता पितृसत्तात्मक सामाजिक चिन्तन प्रवृत्ति जस्ता महिला विरुद्व विद्ममान रहेको शोच विचारहरुवाट समाजलाई मुक्त गर्न जरुरी यसका लागि वृहत सामाजिक आन्दोलनको आवश्यकता जरुरी रहेको जुन कुरा सबैको प्रयास प्रयत्नवाट मात्र संभव हुन्छ महिलाहरु वर्ग विभाजनसँग सँगै आर्थिक उत्पादनका साधन स्रोतवाट बन्चित भए उत्पादन कार्यवाट पनि बन्चित हुन पुगे जस्ले गर्दा सामन्तहरुले जमिन्दारहरुले आफ्नो छोरीको विवाह गरी पठाउंदा धनसम्पत्ति नोकर सुशारे संगै पठाउन थाले पछि गएर केटापक्षबाट अनिवार्य शर्तको रुपमा दाइजो तिलक माग गर्ने प्रचलन बढ्दै गयो शुरुशुरुमा यो खास जातिजातिहरु क्षेत्रमा सिमित थियो तर हाल आएर यो सबै क्षेत्र जातिहरुमा फैलिएको यस्ता परम्परा स्ांस्कृतिको नाममा महिलामाथि हुँदैआएका भैरहेका शोषण दमन अत्याचारका विरुद्वमा अहिले विभिन्न राजनितिक दलमा आवद्व महिला संगठनहरु सरकारी तथा गैरसरकारी संघसंस्था विभिन्न महिलाअधिकारकर्मि मानवअधिकारकर्मि मिडियाहरुले एकखालको आावाज उठाईरहेका छन् यो समस्या एक व्यक्ति अथवा महिलाको मात्र नभएर आम नेपालि महिलावर्गको समस्या हो महिलाविरुद्व हुने यस्ता सबैखाले विकृति शोषण उत्पीडनबाट महिलाहरुलाई मुक्त गर्न आमरुपमा सामाजिक परिवर्तन हुन जरुरी यो समस्याप्रति सरोकार राख्ने सबै निकाय तहतप्का सवै एकआपसमा सहकार्य गर्दै अगाडि वढ्नु पर्छ
तिलक दाईजो प्रथामा फरक
तिलक दाईजो प्रथा उस्तै-उस्तै हँुदाहुदैपनि केहि भिन्नताहरु रहेका छन् तराइका कतिपय जिल्लाहरुमा वावु आमाले छोराको विवाह हुनु अगावै छोराका लागि माईति पक्षसँग केहि रकमको माग गरेका हुन्छन् त्यो रकम छोरीका वावु आमाले विवाहको कुरा तय भएपछि विवाह हुनु अगावै दिनुपर्ने रकम हो तिलक दुलहाका घरतिरका मागअनुसार तय गर्ने गरिन्छ त्यस्तै विवाहको समयमा माईति पक्षबाट छोरीलाई दिइने दान दक्षिणा तथा उपहारलाई भने दहेज अथवा दाइजो भनिन्छ
तिलकको मुल्य केटाको खानदान शिक्षा धन सम्पत्ति हेरेर तय गरिएको हुन्छ जति ठुलो खानदान त्यति वढि जतिवढि उच्च शिक्षा उति वढि धनि परिवार पैसावाल भयो त्यतिनै बढी तिलकको हकदार मानिन्छ जस्तो सामान्य पढे लेखेको भने थोरै तिलक थोरै दाइजो राम्रो लेख पढ गरेको भने तदनुरुपको तिलक दाइजो त्यसमाथि डाक्टर ईाजनियर उच्च स्तरको नोकरी प्राप्त केटा भए सामान्य परिवारले चियाउनै पर्दैन अर्थात यसरी विभिन्न किसिमको दर्जा अनुसार तिलक तथा दाइजो वढ्दै जान्छ
दाइजो तिलक प्रथाको कारण
प्राचिन समयमा माइतिपक्षवाट आफ्नो छोरीलाई विवाहमा स्वच्छिकरुपमा दान दक्षिणा उपहार लगायतका सामग्रीहरु उपहार स्वरुप दिने गरेको कारणले गर्दा आज त्यहि कार्य एउटा भयावह कलंकको रुपमा दाइजो तिलक प्रथाको विकाश भएको हिन्दु धर्म शास्त्रमा विवाह कन्यादानको महत्वका वारेमा विभिन्न ढंगले उल्लेख गरेको पाइन्छ छोरा कुमार बस्दा समाजमा सहन्न भनेर सम्मान गरिने छोरी अविवाहित रहँदा वावु आमाको प्रतिस्थामा समेत आँच आउने हुँदा पनि समाजले उनीहरुलाई दाइजो दिन वाध्य गराउंछ
धनी गरीव बिच भेद गरिने यो सामन्ती यरगमा धन प्रतिष्ठाको आधारका रुपमा मानिनाले पनि केटाको बाबुले वढि तिलक तथा दाइजो लिन कर गर्ने केटीको वावुले दिन तयार हुने अवस्था रहेको यसरी अहिले स्वंय दाइजो पनि एउटा सम्मानको प्रतिक हुन गएको आफ्नो छोरीलाई बढी दाइजो दिने बाबु धेरै दाइजो पाउनसक्ने केटा दुवैको सामाजिक प्रतिष्ठा बढ्ने धारणाले पनि सर्वसाधारण गरीव तथा असहाय समुदायसमेत ऋण लिएर जग्गा वेचेर भएपनि दाइजो लिनेदिने चलन बढ्दै गएको
दाइजो शारिरीक मानसिक रुपले कुरुपअपांग अथवा कुनै किसिमको दोषी केटीसित विवाह गर्दा क्षतिपूर्तिको रुपमा लिई विवाह गर्ने अन्तरजातिय विवाहबाट जन्मिएको केटीलाई धेरै रकम लिई स्वजातिय वा उच्च जातको केटाले विवाह गर्ने चलनका रुपमा समेत देखापरेको
दाइजो प्रथा एउटा श्रृंखलाबद्ध प्रकि्रयाको रुपमा अगाडि बढ्दै केटीको वावुले विवाहमा जैजथा विल्टाएको परिस्थितिमा गरीवीको कारणले छोरालाई धेरै सम्पति माग गरी आफ्नो परिवार आर्थिक स्थिति पूनः सुधार्ने पूकृयाका रुपमा पनि दाइजोको चलन बढ्दै एकपछि अर्को छोरा हुनेहरु देखासिकि अनुसार अर्काको सम्पत्तिमा लोभ गर्नाले पनि यो कुप्रथाको विकाश भैरहेको
दाइजो प्रथा अन्त हुन नसक्नुको कारणहरु
दाइजो तिलक प्रथाले नेपालि समाजमा विकृतिको रुप लिइरहेको बेला यस प्रथाको अन्त हुन नसक्नुमा पनि विभिन्न कारणहरु रहेका छन्
-नेपालको कानूनी व्यवस्थामा तिलक तथा दाईजो प्रथालाई निरुत्साहित गर्ने खास प्रावधान समावेश हुन नसक्नु
-दाइजोलाई सामाजिक आर्थिक अपराधका रुपमा समाजले स्विकार नगर्नु
-छोरीलाई पैत्रृक सम्पत्तिमाथिको समान अधिकार उपलब्ध नहुनु
-छोरीलाई छोरा सरह समान व्यवहार समान अवसर प्रोत्साहन नहुनु
-दाईजो प्रथाको अन्तका लागि सामाजिक सचेतनाको विकाश हु नसक्नु दाइजो प्रथाका दुस्परिणमहरु
दाइजो प्रथाका दुस्परिणामहरु
सामाजिक समस्याको रुपमा रहेको दाइजो तथा तिलक प्रथा अन्त हुन नसक्नुमा पनि विभिन्न कारणहरु रहेका छन्
- भु्रणहत्या जन्मना साथ गरिने हत्यामा वृद्धि
- विवाहिता युवतीहरुको हत्या आत्महत्यामा वृद्धि
- वाल विवाह अनमेल विवाहमा वृद्धि
- अनैतिकता व्यभिचारलाई प्रोत्साहन
- अनुत्पादक ऋण तथा कर्जामा वृद्धि
- दाइजोका कारण लाखौ नारीको जीवन नारकिय वनिरहेको स्थिति
- नयाँ विवाह गरेर दाइजो प्राप्त गर्न पतिले पत्नीको हत्या गर्न वहु विवाह गर्ने
- छोरीको वावु दाइजोको वन्दोबस्त गर्नका लागि अनैतिक कार्य भ्रष्टाचार गर्न बाध्य हुनु
- दाइजो व्यवस्थाले समाजलाई आर्थिक सामाजिक सांस्कृतिक नैतिक अधपतनतिर डोर्याउनु
समाधानका उपायहरु
महिलाहरुका लागि अत्यन्तै दुःख लाग्दो समस्याको रुपमा रहेको दाईजो तिलक प्रथाको अन्त्य नहुँदासम्म महिलामाथि वारम्वार यस्ता खाले समस्याहरुले ठाउँ पाइरहनेछन् त्यसकारण दाइजो तथा तिलक प्रथाको अन्त्यका लागी निम्न उपाएहरु अपनाउन सकिन्छ
- दाइजो प्रथा उन्मुलन गर्न व्यवस्थामा परिवर्तन नै गर्न जरुरी
- घरेलु िहंसा लगायत महिलामाथि हुने सबैखाले िहंसाको अन्त्यका लागि अभियान चलाउनु पर्छ
- सरकारले सकारात्मक सन्देशसहित अन्र्तजातिय विवाह प्रेम विवाहलाई प्रोत्साहन दिने यस्तो विवाह गर्नेहरुलाई आकर्षक पुरस्कारको व्यवस्था गर्ने
- दाइजो लिने तथा दिनेहरुलाई समाजमा निरुत्साही गर्ने दाइजो नलिनेहरुलाई सामाजिकरुपमा सम्मान गर्ने
- छोरीलाई स्वाभिमानी आत्म निर्भर वन्न प्रेरित गर्ने
- दाइजो तथा तिलक प्रथा विरुद्ध सामाजिक चेतनास्तर वढाउने
- महिलालाई आर्थिक रुपमा आत्मनिर्भर हुनेखालका अवसरहरु प्रदान गर्ने
- कानूनीरुपमा दाइजो लिनेहरुका विरुद्ध कडा कानूनको व्यवस्था गर्ने
- सामाजिक संघ संस्था सरकारी निकायद्धारा दाइजो रहित आदर्श विवाह गर्नेहरुका लागि सामूहिक विवाहको आयोजना गरिदिने
- दाइजो विरोधी जागरण फैलाउन दाइजो रहित विवाह गराउन अभियान चलाउने यसमा प्रत्येक सचेत नागरीकहरुले सक्दो योगदान पुर्याउने

- महिलाहरुलाई स्वोरोजगार आत्मनिर्भर मनोवल उठाउने शिक्षा तालिमको प्रबन्ध गर्ने
- दाइजो नलिइकन विवाह गर्ने भावना भएकाहरुको बिचमा संगठन निर्माण गर्ने
- गोलट विवाह गौना जस्ता दाइजो लिने खालको रितीहरुलाई हटाउने


Comments

Popular posts from this blog

मेनका ! के तिमी साँच्चिकै हामीमाझ छैनौ ?

देविका घर्तीमगर
जीवनका धेरै त्यस्ता सत्यहरु छन्, जो हामीलाई स्विकार गर्न गाह्रो हुन्छ । हाम्रो मनले स्विकार नगर्दा पनि ती सत्य आखिर सत्य नै हुन्छन् । किनकि यथार्थबाट हामी भाग्न सक्दैनौं । यस्ता कुराहरु म धेरैलाई सम्झाउँदै आएँ । लामो समय भएछ ती पीडितहरुसँग कुनै न कुनै रुपमा गाँसिदै र उनीहरुलाई सम्झाउँदै आएको । अक्षर खेतीसँग जोडिएका कारण पीडामा परेका, विपद्मा परेका, दुःखमा परेकासँग कुनै न कुनै रुपमा जोडिइरहें । तर त्यही पीडा आफैलाई पर्दाको अनुभूति भने पहिलो पटक गर्दैछु ।

सडकमा आगो बाल्दैछ एमाले तर चुपचाप छन् ओली

देविका घर्तीमगर
काठमाडौं : मंसिर १४ गते राति संविधान संशोधन विधेयक दर्ता भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सडक र संसदबाट आन्दोलन गर्दै आएको छ।  संशोधन प्रस्ताव दर्ता भएको दोस्रो दिन मंसिर १५ गते बसेको एमाले संसदीय दलको बैठक र १६ गते बसेको सचिवालय बैठकले सडक र सदनबाट आन्दोलन गर्ने निर्णय गरेको थियो। संविधान संशोधन विधेयक दर्ता हुनअघि अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका प्रमुख नेताहरुले औचित्यबिना संविधान संशोधन गरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए।