Skip to main content

Posts

Showing posts from 2011

मेरो उत्साह ताजै छ........................

 (पाँचौ वार्षिकउत्सवको  सन्दर्भमा)
देविका घर्ती मगर
इन्टरनेटको माध्ययमबाट चिनाजानी भएका एकजना मित्रले एकदिन कुराकानीकै सन्दर्भमा भन्दै थिए–‘कठिन क्षेत्रमा हात हाल्नुभएको रहेछ, तर पनि तपाईको आँटलाई मैले मानेको छु । तपाईको मेहेनेतको फल अवश्य पाउनुहुन्छ । तपाई एकदिन अवश्यक पनि निकै माथि पुग्नुहुनेछ ।’ एकै शब्दमा उनले भने । ओहो ! साँच्चिकै समाजले पत्रकारितालाई कस्तो कठिनरुपमा बुझ्दोरहेछ । उनी भन्दै थिए–‘पत्रकारिता र नर्सिङ पेशा भनेको सेवाको हिसाबले उच्च पेशा हो ।

सामाजिक कार्यमा दाङका बालक्लवहरु

देविका घर्ती मगर/दाङ ।
    पश्चिम दाङको पिछडीएको एउटा गाँउ पञ्चकुले । हेर्दा शहर वजार भन्दा सफा र सुन्दर देखिन्छ । सडक साँधुरो र खाल्डा खुल्डी भए पनि कुनै फोहरको थुप्रो वा जथाभावी मलमुत्र देखिदैन । सडक किनारको खुला चउरमा केही वालवालिकाहरु आपसमा छलफल गरिरहेको देख्न सकिन्छ । उनीहरुको छलफल विषेश गरि गाँउलाई कसरी समृद्ध गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित थियो । स्कूल विदा भएको वेला खोला किनार वा धुलो मैलोमा खेल्ने वालवालिकाहरु अहिले आफ्नो गाँउ ठाँउको वारेमा सोच्न र छलफल गर्न सक्ने भएका छन् ।

नेपाल मगर संघ केन्द्रिय समितिको २०१२ यताका सबै सदस्यहरुको नामावली

१. दशौं महाधिवेशन २०६८ तम्घास गुल्मी
(मंसिर २४–२९ तम्घास, गुल्मी) 
१. अध्यक्ष : महेन्द थापामगर (स्याङजा)
२. बरिष्ट उपाध्यक्ष : बसन्त घर्तिमगर (पाल्पा)

मगर संस्कृतिसंग मेरो सामिप्यता

देविका घर्ती मगर
कुन्नी किन ? म पत्रकारितामा प्रवेश गरे । पत्रकारिता गर्छु भनेर मैलै स्कुल पढ्ने समयमा कहिल्यै सोचेन । मैलै स्कलु पढ्ने समयमा तत्कालिन माओवादीको शसस्त्र बिद्रोह निकै चर्को अवस्थामा थियो । पत्रकारिता उच्च पेशा हो भनेर भने सुन्ने गरेको थिए । तर पनि पत्रकारितामा यस्तो हुँन्छ भन्ने बारेमा भने म जानकार थिएन । तरपनि मेरो आफ्नै मामा जीवराज राजधानिको एउटा राष्ट्रिय स्तरको पत्रिकाको संवाददाता भएका कारण कहिलेकाँही पत्रकार बन्ने रहर भने नलागेको हैन ।

दाङमा प्याराग्लाइडिङको सफल परीक्षण

देविका घर्तीमगर दाङ, (सवारीकोट) मंसिर ९ । ए अनिल आउ………आउने हो ? पारदर्शी प्यारासुटसँगै आकाशमा उडिरहेका श्री क्षेत्रीले भुइँमा रहेका अनिल गुरुङलाई बोलाइरहँदा लक्ष्मीपुर-५ गोदाराकी तुलसा पुनमगर यसो भनिरहनुभएको थियो-'अच्ची नेपाली पनि बोल्न जानेका रैछन् नि ! हेर त कान्छी' छेउमै रहेकी साथीलाई इसारा गर्दै तुलसाले भन्नुभयो ।

युवाहरुले नाच्न छाडे सेरिङ्गे नाच संरक्षण नभए लोप हुने चिन्तामा बुढ्यौली बुबाहरु

दाङ बाघमारे गाविस-४ का बिष्णुपुर निवासी गोविन्दबहादुर खड्कालाई बुढ्यौलीले छोइसकेको छ । तर उहाँ अहिले पनि कतै कतै यो नाच लैजानुपर्ने भएमा आफै कस्सिनु हुन्छ ।
विसं। २०३६ सालबाट सेरिङ्गे नाच नाच्दै आउनुभएको छ गोविन्दबहादुर । कपाल फुल्न थालिसकेको छ गालाका छालाहरु चाउरी परिसकेका छन् ।

दाङमा देखाए गुरुङले पहिलोपटक घाटू नाँच

देविका घर्ती मगर/दाङ
। तीनजना युवतीहरु । भर्खरका, हरियो भुइमा बुट्टा भएका कपडाबाट बनाइएको गुन्यु, मखमलको चोलो लगाएका । निलो पटुका, कम्मरमा बाँधेर भुइसम्म छोडेको । हरियो माला लगाएका छन् । हातभरी चुरा । कपाल भने तीनैजनाले छाडेका छन् । त्यही छाडिएकै कपालमा सानो डोरी झुण्ड्याइएका छन् । खानमा मारवली पनि लगाएका छन् । टाउकोमा विरपट (कागजको सुन्दर फूल) लगाइएको छ । विरपटको माथिबाट धानको लावा सिन्कामा बुनेर गोलो पारी टाउकोमा सजाइएका छन् । निधारमा टीका लगाइएको छ । तर, तीनैजना युवतीहरु भने पुरै आँखा बन्द गरेर हिडिरहेका छन् ।

अथार मगरात (खाम भाषि मगरहरु) क्षेत्रको महत्वपुर्ण चाड नोगोबाङ्गे (भुम्या)

देविकाघर्तीमगर\दाङ नेपालको सन्दर्भमा संख्यात्मक हिसाबले सबैभन्दा बढी जनसंख्या भएको समुदाय आदिवासी जनजाती समुदाय हो । त्यसमध्ये पनि नेपालको सरकारी तथ्यांककै आधारमा भन्ने हो भने पनि आदिवासी जनजाती समुदायकै सबैभन्दा बढी जनसंख्यामा मगर जातीको पहिलो स्थानमा रहेको छ । बि।स।२०५८ को तथ्यांकमा १६ लाख बढी मगर जातीको जनसंख्या रहेको छ । यद्यपी मगर जातीको साझा संगठन नेपाल मगर संघ लगायतका मगर संबद्व संघसंस्थाहरुले भने यो तथ्यांक ठिक नभएको भन्दै २० लाख बढी मगर समुदायको जनसंख्या रहेको दाबी गर्दै आएको छ ।

गैरसरकारी सम्मान :

मगर जाति र माघे संक्रान्ति

देविका घर्तीमगर
नेपालका आदिवासी जनजाती समुदायमध्ये मगर समुदाय प्रमुख तथा सबैभन्दा बढी जनसंख्या भएको समुदाय हो । यसमा कुनै पनि मतभिन्नता छैन । मगर जाती उत्पत्ति कहाँ र कसरी भयो र यसको नामाकरण कसरी मगर नै रहन गयो भन्ने सन्दर्भमा हालसम्म प्राप्त विभिन्न विद्वान व्यक्तिहरुले आ-आफ्नै तर्क दिएका छन् । हालसम्म मगर जातीको मूल थलो कहाँ हो यिनीहरुको नेपालमा आगमन कसरी कुन समयमा कहाँबाट भएको हो र सबैभन्दा पहिले यिनीहरु नेपालको कुन ठाउँमा बसोबास गरेका थिए भन्ने बिषयमा यथार्थ थाहा हुन सकेको छैन । यस बिषयमा विभिन्न बिद्वानहरुका विभिन्न तर्कहरु रहेका छन् ।

सालिज्युसंग भेडी गोठाले भेना

देविकाघर्तीमगर
एउटा भेडी गोठाला । हिमालको काखमुनी भेडाको पछी लाग्दालाग्दै जवान हुँन्छ । गाउँमा उसलाई आईते भनेर सबैले सम्बोधन गर्छन । पुर्खाले आदिकालदेखी गर्दै आएको पेशालाई निरन्तरता दिनुपर्छ भन्ने मान्यता बोकेको आईते । जवान भएपछी घरमा उक्लै भएकी आमा र गाउँमा अन्यहरुले पनि विबाह गर्नका लागि दबाव दिन थालेका हुँन्छन् । गाउँमा भएका मामाकी छोरी कान्छी पनि आईतेलाई जिवनसाथि बनाउँने सपना बुनिरहेकी हुँन्छिन् । हङकङमा लाहुरे भएर उतै बसेका अर्का मामाकी छोरी पुर्णिमा काठमाण्डौमा बस्दै गरेकी धना दिदिसंग आफ्नो पुर्खेउली थाकथलो हेर्नका लागि गाउँमा आईपुग्छन् ।

युपिआरमा नेपालको सहभागिता

देविकाघर्तीमगर नेपालको मानवअधिकारको अवस्थाबारे यसवर्ष समीक्षा हुँदैछ । संयुक्त राष्ट्रसंघका १९२ सदस्य राष्ट्रहरुको मानवअिधकार अवस्थाबारे समिक्षा कार्यक्रममा यस वर्ष नेपालको समिक्षा गर्ने कार्यक्रम रहेको छ । संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुको मानवअधिकार अवस्थावारे बिश्वव्यापी आवधिक समिक्षा (युपिआर, Universal Periodic Review_ कार्यक्रममा नेपालको प्रतिवेदनको समिक्षा हुँन लागेको हो ।
जसलाई छोटकरीमा युपिआर भनिन्छ । मानवअधिकारप्रति विश्व मानवअधिकारको अवस्थालाई सुदृढ गर्ने उद्देश्यले जनवरी २५ मा बिश्वव्यापी आवधिक समीक्षा युपिआर कार्यक्रम राष्ट्रिसंघिय मानवअधिकार परीषद् जेनेभामा हुँने कार्यक्रममा नेपालको प्रतिवेदन पहिलोपटक समिक्षा हुँदैछ ।

गणतन्त्रसँग सँगसँगै रहँदा....................................

 (पाँचौ वार्षिकउत्सवको  सन्दर्भमा) देविका घर्तीमगर गणतन्त्र राष्ट्रिय दैनिक तेस्रो वर्ष पुरा गरी चौथो वर्ष प्रवेश गरेको छ । संयोगले गणतन्त्र दैनिकको तेस्रो वार्षिकोत्सव मनाइरहँदा पत्रिकामा मैले पनि यस दैनिकसंगको सामिप्यमा रहने अवसर प्राप्त गरेको छु । यसलाई मैले मेरो सौभाग्यको रुपमा बुझेको छु । गणतन्त्र दैनिकसंग निकट रहेर काम गर्ने अवसर पाएको हुनाले मेरो सवालमा भन्नुपर्दा यस पत्रिकासंग निकै निकटको सम्बन्ध रहेको महसुस गरेको छु । दाङमा रहेर मैले पत्रकारिताको सुरुवात गर्दा गणतन्त्र दैनिकको स्थापना भइसकेको थिएन । २०६४ पुष १६ गतेमात्र यस दैनिकको स्थापना भयो । सुचनापत्र साप्ताहिक तथा गोरक्ष दैनिकमा सामान्य रुपमा समाचार लेख्न सिकिरहँदा गणतन्त्र दैनिकको स्थापना भयो । जिल्लामा महिला पत्रकारहरुको फिल्डमा कुद्ने महिलाहरुमा तुलनात्मक रुपमा संख्या कम भएको अवस्थामा तुलसीराम सुवेदी उदय विसीलगायका हामी केही साथीहरु गणतन्त्र दैनिकमा प्रवेश गरेका थियौं ।