Skip to main content

Posts

Showing posts from November, 2011

मगर संस्कृतिसंग मेरो सामिप्यता

देविका घर्ती मगर
कुन्नी किन ? म पत्रकारितामा प्रवेश गरे । पत्रकारिता गर्छु भनेर मैलै स्कुल पढ्ने समयमा कहिल्यै सोचेन । मैलै स्कलु पढ्ने समयमा तत्कालिन माओवादीको शसस्त्र बिद्रोह निकै चर्को अवस्थामा थियो । पत्रकारिता उच्च पेशा हो भनेर भने सुन्ने गरेको थिए । तर पनि पत्रकारितामा यस्तो हुँन्छ भन्ने बारेमा भने म जानकार थिएन । तरपनि मेरो आफ्नै मामा जीवराज राजधानिको एउटा राष्ट्रिय स्तरको पत्रिकाको संवाददाता भएका कारण कहिलेकाँही पत्रकार बन्ने रहर भने नलागेको हैन ।

दाङमा प्याराग्लाइडिङको सफल परीक्षण

देविका घर्तीमगर दाङ, (सवारीकोट) मंसिर ९ । ए अनिल आउ………आउने हो ? पारदर्शी प्यारासुटसँगै आकाशमा उडिरहेका श्री क्षेत्रीले भुइँमा रहेका अनिल गुरुङलाई बोलाइरहँदा लक्ष्मीपुर-५ गोदाराकी तुलसा पुनमगर यसो भनिरहनुभएको थियो-'अच्ची नेपाली पनि बोल्न जानेका रैछन् नि ! हेर त कान्छी' छेउमै रहेकी साथीलाई इसारा गर्दै तुलसाले भन्नुभयो ।

युवाहरुले नाच्न छाडे सेरिङ्गे नाच संरक्षण नभए लोप हुने चिन्तामा बुढ्यौली बुबाहरु

दाङ बाघमारे गाविस-४ का बिष्णुपुर निवासी गोविन्दबहादुर खड्कालाई बुढ्यौलीले छोइसकेको छ । तर उहाँ अहिले पनि कतै कतै यो नाच लैजानुपर्ने भएमा आफै कस्सिनु हुन्छ ।
विसं। २०३६ सालबाट सेरिङ्गे नाच नाच्दै आउनुभएको छ गोविन्दबहादुर । कपाल फुल्न थालिसकेको छ गालाका छालाहरु चाउरी परिसकेका छन् ।

दाङमा देखाए गुरुङले पहिलोपटक घाटू नाँच

देविका घर्ती मगर/दाङ
। तीनजना युवतीहरु । भर्खरका, हरियो भुइमा बुट्टा भएका कपडाबाट बनाइएको गुन्यु, मखमलको चोलो लगाएका । निलो पटुका, कम्मरमा बाँधेर भुइसम्म छोडेको । हरियो माला लगाएका छन् । हातभरी चुरा । कपाल भने तीनैजनाले छाडेका छन् । त्यही छाडिएकै कपालमा सानो डोरी झुण्ड्याइएका छन् । खानमा मारवली पनि लगाएका छन् । टाउकोमा विरपट (कागजको सुन्दर फूल) लगाइएको छ । विरपटको माथिबाट धानको लावा सिन्कामा बुनेर गोलो पारी टाउकोमा सजाइएका छन् । निधारमा टीका लगाइएको छ । तर, तीनैजना युवतीहरु भने पुरै आँखा बन्द गरेर हिडिरहेका छन् ।