बम कुमारी बुढा मगर
मगर, आदिवासी जनजातिहरूमध्ये सबैभन्दा धेरै जनसङ्ख्या भएको समुदाय हो । २०५८ सालको जनगणनाअनुसार मगरहरूको जनसङ्ख्या १६ लाख २२ हजार ४२१ छ । सोही जनगणनाबाट ‘खाम’ भाषालाई मगरको मातृभाषाको रूपमा स्थापित गरियो । तर, १८ मगरात क्षेत्रमा बोलिने भाषा ‘पाङ’ हो । यो समुदायभित्र विविधता छ । ठूलो भूगोल ओगटेको यो समुदायमा भाषिक, सांस्कृतिक, भौगोलिक, प्रथालगायत हरेक दृष्टिले यो समुदायभित्र विविधता पाइन्छ ।