Skip to main content

Posts

Showing posts from February 25, 2012

फागुन १५ गते मगर दिवसः एक दृष्टिकोण

डा. त्रिलोक सिङ्ग थापा मगर
अध्यक्ष
मास्टर मित्रसेन स्मृति प्रतिष्ठान, काठमाडौं, नेपाल

पृष्ठभूमिः
मगरजाति नेपालको सबभन्दा प्राचीन आदिवासी भूमिपुत्र हो । आफ्नै मौलिक संस्कृति भाषा धर्म सामाजिक परम्पराका धनी मगर जनजाति आदिवासी जनजातिमध्ये सबभन्दा ठूलो जनजाति हो । राष्ट्रिय जनगणना २००१ अनुसार मगरजातिको जम्मा जनसंख्या १६,२२,२४१ रहेको छ । कुल जनसंख्याको ७:१४ प्रतिशत अर्थात् कुल जनसख्यामा तेस्रो स्थान मगरजातिले ओगटेको छ ।