Skip to main content

Posts

Showing posts from February 26, 2012

पुर्ख्यौली नृत्य (सोरोठी) को एक छोटो परिचय

आद्रनिया सम्पुर्ण दाजु भाइ दिदी बैनी छोरा छोरी इष्ठ मित्र लगायत हाम्रो अग्रज व्यक्ति हरु बुद्धिजिबी वर्गहरुमा मेरो व्यक्तिगत प्रणाम नमस्कार सेवाढोग स्विकार्नु होला। हामी धौलागिरि सेरो फेरो मा बसो बास गर्ने पुन मगर हरु को पुर्खौली (सोरोठी) को छोटो परिचय।

मगरहरूको परम्परागत शासन – पञ्चतालुक/पञ्चअमालमा सञ्चार प्रणाली

बम कुमारी बुढा मगर
मगर, आदिवासी जनजातिहरूमध्ये सबैभन्दा धेरै जनसङ्ख्या भएको समुदाय हो । २०५८ सालको जनगणनाअनुसार मगरहरूको जनसङ्ख्या १६ लाख २२ हजार ४२१ छ । सोही जनगणनाबाट ‘खाम’ भाषालाई मगरको मातृभाषाको रूपमा स्थापित गरियो । तर, १८ मगरात क्षेत्रमा बोलिने भाषा ‘पाङ’ हो । यो समुदायभित्र विविधता छ । ठूलो भूगोल ओगटेको यो समुदायमा भाषिक, सांस्कृतिक, भौगोलिक, प्रथालगायत हरेक दृष्टिले यो समुदायभित्र विविधता पाइन्छ ।

यी जिल्लाका नाम मगर भाषामा कसरी रहे?

रुद्र बहादुर श्रीस मगर

बागलुङ � मगर भाषामा बाङ को अर्थ चौर र लुङको अर्थ ढुंगा हुन्छ। त्यहाँ रहेको ढुंगेचौरको अर्थमा नै बाङलुङ भनियो र पछि अपभ्रंश भै बागलुङ हुन गएको हो भन्ने मान्यता छ। अर्को अर्थमा बाङलुङ भनेको मगर भाषामा चट्टानमाथिको मैदान भन्ने हुन्छ। यसरी बाङलुङ भन्ने शब्द अपभ्रंश भै बागलुङ भएको तर्क अलि बलियो देखिन्छ।
म्याग्दी � मगर भाषामा म्याङ्च को अर्थ चाखेको अर्थात् मीठो र डी को अर्थ पानी हुन्छ। त्यही शब्द म्याङ्च डी अर्थात् म्याग्दीखोलाका बासिन्दाले चाखेको पानी भएकोले नै खोलाको नाम नै म्याग्दी रहन गएको हो। र पछि त्यही खोलाको नामबाट नै म्याङ्चडी भन्दाभन्दै म्याग्दी भएको भन्ने बलियो तर्क छ।

मगर जातिमा विद्यमान थर–उपथरको प्रचलन र विवाद

रूद्रबहादुर श्रीस मगर
[ shrees.udasi@yahoo.com]
मगर जाति, नेपालको एक प्रमुख आदिवासी जनजाति समुदाय हो। आफ्नै मगर भाषा, प्रकृतिपूजक धर्म, मगर संस्कृति, मगरभूमि र मगर भेषभूषा भएको जाति पनि हो। अन्य जातिका तुलनामा मगर जातिमा अलि बढी विविधता भेट्न सकिन्छ तर पनि मगर भनेर सबैले गर्व गर्छन्। विविधता नै मगर जातिको लागि एउटा गर्विलो विषय पनि हो।

मगर भाषा र साहित्यको विकास संक्षिप्त जानकारी


[ Source: http://mgrgeen.blogspot.com
MANUs Persional Blog]
E-mail: manuthada@gmail.com] जाति, धर्म र भाषाको बिविधता रहेको हाम्रो देश नेपालमा बहुलता भित्र पनि एकता खोज्ने बेला आएको छ । वि.सं २०५८ को जनगणनाले पहिचान गरेका करिब १०० भन्दा बढि जात जातिको बसोबास नेपालमा पाईन्छ । यिनै सयौं जात जाति भित्रको एउटा जाति हो मगर । आफ्नै बिशिष्ट भाषा र सँस्कृतिका धनी मगरहरु नेपालको कुल जनसंख्याको ७ प्रतिशत भन्दा पनि बढि छन् । उनीहरुका आफ्नै भेषभुषा तथा मातृभाषा अहिले सम्म अस्तित्वमा रहेको पाईन्छ ।