Skip to main content

Posts

Showing posts from 2013

हिजो शोषण, आज अपमान

नागरिकता प्रमाणपत्रमा ‘पितृत्वको पहिचान नभएको’ भनेर लेखिदिने गरेपछि बादी युवा–युवतीको गुनासो छ, ‘हिजो त हामी शोषित भयौँ, आज सरकारले झन् अपमानित गरिरहेको छ ।’ देविका घर्तीमगर  गएको वर्ष आमाको निधन भएपछि जीवा बादी (नाम परिवर्तन) लाई नागरिकता प्रमाणपत्र चाहियो । आमाको नाममा भएको घरघडेरी आफ्नो नाममा नामसारी गराउनु थियो । उनी नागरिकता बनाउन नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा धेरै दिन धाए । लामो प्रयासपछि उनले नागरिकता पनि पाए । तर, जिल्ला प्रशासन कार्यालय जाँदा उत्साहित भएका जीवा नागरिकता लिएर फर्कंदा भने निराश थिए । नागरिकता प्रमाणपत्रमा बाबुको नाम भनेर लेखिएको ठाउँमा ‘पितृत्वको ठेगान नलागेको’ भन्ने उल्लेख भएपछि उनलाई लज्जाबोध भयो ।

हिजो शोषण, आज अपमान

मिति : २०७० मंसिर २०, बिहीबार [126 पटक पढिएको] देविका घर्तीमगर | १५ फागुन ०६७ मा दोलखाकी सविना दमाईले दायर गरेको रिटमा सर्वोच्च अदालतले कुमारी आमाबाट जन्मिएको बच्चालाई पनि वंशजकै आधारमा नागरिकता दिनू भनेर फैसला गरेको थियो। उक्त फैसलाबाट सबैभन्दा खुसी भएका बादी समुदाय नागरिकता प्रमाणपत्रमा 'बाबु पत्ता नलागेको' भनेर लेखिने गरेपछि निराश छन्। आमाको नामबाट नागरिकता दिने भन्ने तर बाबुको नाम लेख्ने ठाउँमा 'पितृत्वको ठेगान नभएको' भनेर उल्लेख गर्दा आफूहरूले हदैसम्म अपमानित भएको ठान्छन् उनीहरू ।

बिहे भयो तर श्रीमानको माया छैन

देविका घर्तीमगर  उनको उमेर ५२ वर्षको छ । दाङको राजपुर गाविस–६ नौसहरा हो सुन्दरपति यादवको घर । तर लामो समय भयो उनी आफ्नो घरमा बस्न नपाएको । दुई छोरीस“गै सुन्दरपतिले लामो समयदेखी फिरन्तेजस्तै जीवन बिताउ“दै आएकी छिन् । सुन्दरपतिका श्रीमान् उमानन्द यादव आफ्नी जेठी श्रीमतीस“ग बस्छन् । श्रीमान् र सौताले घरबाट निकालेपछि अहिले सुन्दरपति बेसहारा झैं भएकी हुन् ।   जेठी श्रीमतीबाट सन्तान नभएपछि उमानन्दले सुन्दरपतिलाई २५ वर्ष पहिले कान्छी श्रीमतीका रुपमा भित्राएका थिए ।

नर्क छिचोल्न सिकाउने हक्की मञ्जिता

देविका घर्ती मगर, दाङ     उनी जन्मदा नै बाबाआमा मालिकको घरमा कमलहर–कमलहरी जीवन बिताइरहेका थिए रे । उनले थाहा पाउँदासम्म ९ वर्षको उमेरसम्म मञ्जिता चौधरी बाबाआमासंँगै मालिकको घरमा काम गर्थिन् । घरमा खाना लगाउन समस्या भएका कारण उनको परिवार मालिकको घरमा कमलहर बसेको थियो । गंगापरस्पुर–७ लोखरपुर दाङ निवासी २१ वर्षे मञ्जिता ९ वर्षको भएपछि छुट्टै मालिकको घरमा काम गर्न गइन् । मञ्जिताका बुवा शिवहरी चौधरी र आमा बालकुमारी चौधरी लामो समयसम्म मालिकको घरमा कमलहरी जीवन बिताएका थिए ।

दैवि प्रकोप नियन्त्रणमा स्थानीयवासी

देविका घर्ती मगर
दाङ, भदौ ३० । २०६० साल असार अन्त्यतिरको एक दिन । दिउँसोको करीव १२ बजे । नदी किनारामा भैंसी बाँधेर भैंसीलाई दानापानी दिँदैगर्दा बुद्धिरामलाई बाढीले घे¥यो । एकैछिनमा राप्ती नदीमा आएको बाढीले बुद्धिराम चौधरीलाई बाढीले बीचमा पा¥यो । नदीमा एक्कासी आएको बाढीले लालमटियाका बुद्धिरामलाई विस्तारै बगाउन थाल्यो । नदीमा एक्कासी बाढी आउँदा बाढीको बिचमा परेका बुद्धिराम बाढीले बगाउन थालेपछि झन् अत्तालिनुभयो । बुद्धिरामलाई बाढीले बगाउँदै गरेको टुलुटुलु हेर्न बाध्य गाउँले र घरपरिवारमा रुवाबासी चल्न थाल्यो ।

युद्धमा हामी त खरानी भयौं तर अब अरु नजलुन : खडकबहादुर ठकुरी (पुर्व माओवादी लडाकु)

मेरो नाम खडकबहादुर सिँह ठकुरी हो । अहिले ६० वर्षको भए । लिवाङ गाविस–३ रेउघा रोल्पा हो मेरो घर । म भारतिय सेना र माओवादी जनमुक्ति सेनामा गरी दुईवटा सेनामा काम गरे । भारतिय सेनाबाट रिटायर्ड भएपछि माओवादी जनमुक्ति सेनामा भर्ती भएको हुँ । २४ वर्षसम्म भारतिय सेनामा काम गरे । २०४८ सालमा भारतिय सेनाको हवल्दारबाट रिटायर्ड भएर २०४९ सालबाट राष्ट्रिय जनमोर्चाको राजनिति शुरु गरेको हुँ । लगत्तै भएको स्थानिय निकायको चुनावबाट लिवाङ गाविसको उपाध्यक्षमा निर्वाचित समेत भए ।

स्वयम्बर हाङ : कथा !

घोराही ।
बैशाखको एक मध्यान्ह ।
चिनेको आवाजले झस्काउँछ ।
पसिनै पसिनाले भिजेको मुहार अलिकति पुछेर आवाज आएतिर हेर्छु–
जिरिङ्ग कपाल, सिमुलेर बनाइएको पौने पाइन्ट, जीनको झोला, धुन धेरै अबेर भइसकेको चेहरा र लुगा.......।
सरासर आउँछ । हात मिलाउँछ ।
उसैगरी गन्हाइरहेछ रक्सी । फेरी झनक्क रिस उठ्छ ।
हेर्छु–  सधैंसधैं बोक्ने झोला छैन, अर्कै झोला ।
– तिमि काठमाण्डौं जान लागेको थाहा पाएँ, शुभयात्रा ।

पत्रकार, जो मारिए/ बेपत्ता पारिए

द्वन्द्वकालमा हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्याका अभियुक्तहरु पक्राउ परेर अनुसन्धान सुरु भएपछि यतिबेला द्वन्द्वकालदेखि हालसम्म भएका पत्रकार हत्याका घटनाको न्यायिक छानबिन हुनुपर्ने र अभियुक्तहरुलाई कानूनी कठघरामा उभ्याउनुपर्ने आवाज चर्किरहेको छ । थापाको हत्यामा आरोपीतहरु विरुद्धको मुद्दा अघि बढेको बेला सोही अवधिमा मारिएका ३० भन्दा बढी सञ्चारकर्मीसँग सम्बन्धीत मुद्दाहरु अलपत्र परेका छन् ।

जोखिमबाट बच्न सचेत बन्दै समुदाय

देविका घर्ती मगर
गोवरडिहा, साउन २६ । हरेक साल वर्षा सुरु भयो भने, सुन्दरी कुमालको मन भयले भरिन्छ । गोवरहिडा–१ मलमला निवासी सुन्दरीको मन वर्षायाममा लगातारको पानीसँगै आउने बाढी घरभित्र छिर्छकी भनेर सशसंकित हुने गरेको हो । सुन्दरीको गाउँ नजिकै रहेको रणसिंङ्खोलामा पानीको वहाव बढेपछि बाढी उहाँको गाउँतिर बढ्ने गर्छ ।

गाउँमा बाढी पसेपछि सुन्दरीको एकतले घरमा बस्नै नसकिने उहाँले बताउनुभयो । लामो समयदेखि सुन्दरीको परिवार हरेक वर्षको वर्षायाममा राती निदाएको बेलामा बाढी आएर लैजान्छ की भन्ने भयसँगै रात काट्दै आएको छ ।

रगतबाट कुसुण्डा भाषाको बंशाणु अध्ययन गरिदै

देविका घर्ती मगर
दाङ, साउन २३ । लोपोन्मुख भाषाका रुपमा रहेको कुसुण्डा जातिको कुसुण्डा भाषाको बंशाणु अध्ययन गरिँदैछ । कुसुण्डा जातिकै व्यक्तिहरुको रगत परिक्षण गरी कुसुण्डा भाषाको बंशाणु अध्ययन कार्य सुरु भइसकेको कुसुण्डा भाषाको अध्ययनमा लाग्नुभएका सुशील भण्डारीले जानकारी दिनुभयो ।
चिनको युनान प्रान्तस्थित फुनसिङ विश्वविद्यालयबाट विद्यावारिधी गरिरहनुभएका  भण्डारीले    कुसुण्डा भाषा विश्वमै लोपोन्मुख तथा फरक भाषा भएका कारण यसको विशेष अध्ययन गर्न थालेको जानकारी दिनुभयो ।

कम्प्युटर छिटो बनाउने पाँच तरिका

कम्प्युटर, यो उपकरणसँग हाम्रो दैनिकी र रोजीरोटी नै जोडिइसकेको छ। कम्प्युटर बिना संसार मात्र होइन घरबार पनि चल्न सक्छ भन्ने सोच निक्कै कमसँग हुने अवस्था बनिसकेको छ। यसको माध्यम भएर नै हिसाब किताब देखी लेखन र सम्पर्क सबै हुने गर्दछ। त्यसो त अनलाइन भइसकेको दैनिकीमा यो नै इन्टरनेट र साथीभाईसँग जोडिने सर्म्पर्कमा बस्ने माध्यम हो। मनोरञ्जन देखी कार्यालयको काम अनि व्यवसायको प्रबर्द्धन सबै काम हुन्छ यो प्राविधिक बट्टो कम्प्युटरमा। घर वा कार्यालय २४ सै घण्टा जस्तो कम्प्युटर खुल्ला पनि हुन्छ अनि सक्रिय पनि।

नाग पूजिने मगर पर्व भूम्याको इतिबृतान्त

देविका घर्ती मगर, दाङ
आधुनिकता सँगै केहि यूवाले आफ्नो संस्कृति परम्परा भुल्दै गएको पाईन्छ । तर, केहि तन्नेरीहरु पनि छन् जसले आफ्नो पहिचानलाई जिवन्त राख्न केहि न केहि गरिरहेकाछन् । यसपालि मगरको मुख्य पर्व भुम्यालाई भव्य बनाउन सक्रिय मगर विद्यार्थी सँघ दाङकी अध्यक्ष समेत रहेकी जुनु मगर र तिनको  कार्यसमितिको सक्रियतालाई त्यहि कोटीमा राख्न सकिन्छ ।  मगर सँघ दाङसंग मिलेर यसवर्ष घोराहीमा भव्य भुम्या महोत्सवको आयोजना गरिएकोथियो ।

हामीलाई जस्तो अरूलाई नहोस्

दासप्रथाको अवशेषका रूपमा रहेको कम्लहरी प्रथा हटाउन पूर्वकम्लहरीहरू नै जुटेका छन्। आफूले भोगेको पीडा र विजोग सम्झेर उनीहरू यो सामाजिक कलङ्क हटाउन अघि सरेका हुन् ।
देविका घर्ती मगर
दाङ/गढवा गाउँकी उर्मिला चौधरी एक वर्षअघिसम्म काठमाडौंका साहुको घरमा कम्लहरी (घरेलु कामदार) थिइन् । जुठा भाँडा माझ्ने, कपडा धुने, साहुको परिवारलाई खाना पकाएर खुवाउने र कहिलेकाहीँ गालीसँगै कुटाइसमेत खाने उनको दैनिकी थियो । बाल्यावस्थामै अर्काको घरमा काम गर्न पठाइएकी उर्मिला कामको बोझले आराम गर्ने समय पनि पाउँदिनथिन् ।
तर, अहिले अवस्था फेरिएको छ । भर्खर १८ टेकेकी उर्मिला यतिखेर साहुको घरमा दास बनाइएर दुःख पाएका आफूजस्तै कम्लहरीहरूको मुक्ति अभियानमा जुटेकी छिन् ।

अरुण थापा स्मृती सम्मान खडक बुढालाई

अरुण थापामगर नेपाली सँगीत क्षेत्रका अदम्य अग्रज प्रतिभा हुन् । उनले आफ्ना कालजयी रचनाहरु नेपाली सँगीत उद्योगमा छाडेर गएका छन् ।  तर, गायक अरुण थापामगरको नेपाली आधुनिक सुगम संगीतको भण्डारमा रहेको विशिष्ट योगदानको कदर गर्दै राज्यको तर्फबाट कुनै योजना तय नगरिएपनि नेपाल मगर विद्यार्थी संघले २०६० सालमा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरी संकलित रु. ५०,०००।– को अक्षयकोषबाट अरुणस्मृति संगीत पुरस्कार स्वरुप प्रत्येक वर्ष रु. ५,०००।– नगदसहित अरुण स्मृति संगीत पुरस्कार वितरण गर्दै आएको छ ।

मगर गाउँमा नोगोबाङ्गे (भूम्या) को रौनक

देविका घर्ती मगर जुनु बुढा मगर नजिकिदै गरेको भुम्या पर्वको तयारीमा छिन् । यसवर्षको भुम्या पर्वका निमित्त उनले नयाँ मगर भेषभूषा समेत किनेकी छिन् । उनि रुकुम तकसेराबाट दाङ बसाईसराई सरेकी हुन् । रुकुमबाट दाङ बसाईसराई गरेर आएको लामो समय भएपनि हरेक भुम्या पर्व नजिकिदै गर्दा जुनुको ब्यवस्तता पनि बढ्ने गर्छ । ‘यसवर्ष नोकोबाङ्गे पर्व राम्रोसँग मनाउने भन्ने योजना छ–उनले भनिन्, सबै साथिहरु मिलेर यो वर्ष भुम्यालाई कसरी भव्य बनाउने भन्ने योजना छ ।’

संगीतमै जीवन सुम्पेका सुनिल बुढा मगर

प्रस्तुती : देविका घर्ती मगर
हिउँचुलिको हिउजस्ती गोरीले
लट्ठै पा¥यो मायाँको डोरीले ।’ 
कुनैबेला यो गीत निकै चर्चामा थियो । यो गीतसंगै चर्चामा हुन्थ्यो सुनिल सागर बुढामगर (सुनप्रसाद) । आजभन्दा ८/९ वर्षको कुरा हो । जतिबेला नेपालमा प्रबिधिको विकास त्यत्ति भएको थिएन । नेपाली सांगितिक दुनियामा गीती एल्वम  निकाल्दा प्रायगरी अडियोमा मात्र निकाल्ने प्रचलन थियो । त्यति नै बेला दाङ निवासी सुनिल सागर बुढा मगरले बजारमा ल्याएको माथिको गीत निकै चर्चामा रहेको थियो । घोराही नगरपालिका–६ फुर्सेखाली निवासी सुनिल सानै उमेरदेखि संगीतक्षेत्रमा रुचि राख्ने व्यक्तित्व हुनुहुँन्छ ।

मलाई चिन्नुभएन ? म खँग्राको सिँजाली मास्टर

नमस्कार सञ्चै हुनुहुन्छ ?
सञ्चै छु ।
घरतिर सबै राम्रै छन् ?
राम्रै छन् ।
तपाईको छोरी खै त ?
विदेश गएका छन् ।
नातिहरु हुन् यिनी ?
हजुर २ वटा नातीहरु छन्, ठुला भैसके । नातिनिको विबाह भैसक्यो ।

मगर आदिकविको गाउँमा कविकै बृत्तचित्र प्रदर्शन

दाङ, फागुन १४ । मगर भाषाका आदिकवी जीतबहादुर सिँजाली मगरको जीवनीमा आधारित बृत्तचित्र (भिडियो डकुमेन्ट्री) ‘जीवित तर मृत’ म्भ्ब्म् ब्त् ब्ीक्ष्ख्भ् प्रदर्शन गरिएको छ । मगर भाषामा सबैभन्दा पहिले कविता सँग्रह प्रकाशन गरेर लामो समयसम्म हराउनुभएका कवि सिँजालीको जीवनीमा आधारित रहेर ‘आदिकवी जीतबहादुर सिँजाली मगर साहित्य प्रतिस्ठान’ ले निर्माण गरेको सिँजालीको बृत्तचित्र उहाँ बस्दै आउनुभएको राजपुर गाविस–७ खँग्रानाकामा शुक्रवार प्रशर्दन गरिएको हो ।
    ४५ मिनेट लामो उक्त बृत्तचित्र प्रतिस्ठानका हालका अध्यक्ष सँजोग लाफा मगरले निर्देशन गर्नुभएको हो ।