Skip to main content

Posts

Showing posts from August, 2013

युद्धमा हामी त खरानी भयौं तर अब अरु नजलुन : खडकबहादुर ठकुरी (पुर्व माओवादी लडाकु)

मेरो नाम खडकबहादुर सिँह ठकुरी हो । अहिले ६० वर्षको भए । लिवाङ गाविस–३ रेउघा रोल्पा हो मेरो घर । म भारतिय सेना र माओवादी जनमुक्ति सेनामा गरी दुईवटा सेनामा काम गरे । भारतिय सेनाबाट रिटायर्ड भएपछि माओवादी जनमुक्ति सेनामा भर्ती भएको हुँ । २४ वर्षसम्म भारतिय सेनामा काम गरे । २०४८ सालमा भारतिय सेनाको हवल्दारबाट रिटायर्ड भएर २०४९ सालबाट राष्ट्रिय जनमोर्चाको राजनिति शुरु गरेको हुँ । लगत्तै भएको स्थानिय निकायको चुनावबाट लिवाङ गाविसको उपाध्यक्षमा निर्वाचित समेत भए ।

स्वयम्बर हाङ : कथा !

घोराही ।
बैशाखको एक मध्यान्ह ।
चिनेको आवाजले झस्काउँछ ।
पसिनै पसिनाले भिजेको मुहार अलिकति पुछेर आवाज आएतिर हेर्छु–
जिरिङ्ग कपाल, सिमुलेर बनाइएको पौने पाइन्ट, जीनको झोला, धुन धेरै अबेर भइसकेको चेहरा र लुगा.......।
सरासर आउँछ । हात मिलाउँछ ।
उसैगरी गन्हाइरहेछ रक्सी । फेरी झनक्क रिस उठ्छ ।
हेर्छु–  सधैंसधैं बोक्ने झोला छैन, अर्कै झोला ।
– तिमि काठमाण्डौं जान लागेको थाहा पाएँ, शुभयात्रा ।

पत्रकार, जो मारिए/ बेपत्ता पारिए

द्वन्द्वकालमा हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्याका अभियुक्तहरु पक्राउ परेर अनुसन्धान सुरु भएपछि यतिबेला द्वन्द्वकालदेखि हालसम्म भएका पत्रकार हत्याका घटनाको न्यायिक छानबिन हुनुपर्ने र अभियुक्तहरुलाई कानूनी कठघरामा उभ्याउनुपर्ने आवाज चर्किरहेको छ । थापाको हत्यामा आरोपीतहरु विरुद्धको मुद्दा अघि बढेको बेला सोही अवधिमा मारिएका ३० भन्दा बढी सञ्चारकर्मीसँग सम्बन्धीत मुद्दाहरु अलपत्र परेका छन् ।

जोखिमबाट बच्न सचेत बन्दै समुदाय

देविका घर्ती मगर
गोवरडिहा, साउन २६ । हरेक साल वर्षा सुरु भयो भने, सुन्दरी कुमालको मन भयले भरिन्छ । गोवरहिडा–१ मलमला निवासी सुन्दरीको मन वर्षायाममा लगातारको पानीसँगै आउने बाढी घरभित्र छिर्छकी भनेर सशसंकित हुने गरेको हो । सुन्दरीको गाउँ नजिकै रहेको रणसिंङ्खोलामा पानीको वहाव बढेपछि बाढी उहाँको गाउँतिर बढ्ने गर्छ ।

गाउँमा बाढी पसेपछि सुन्दरीको एकतले घरमा बस्नै नसकिने उहाँले बताउनुभयो । लामो समयदेखि सुन्दरीको परिवार हरेक वर्षको वर्षायाममा राती निदाएको बेलामा बाढी आएर लैजान्छ की भन्ने भयसँगै रात काट्दै आएको छ ।

रगतबाट कुसुण्डा भाषाको बंशाणु अध्ययन गरिदै

देविका घर्ती मगर
दाङ, साउन २३ । लोपोन्मुख भाषाका रुपमा रहेको कुसुण्डा जातिको कुसुण्डा भाषाको बंशाणु अध्ययन गरिँदैछ । कुसुण्डा जातिकै व्यक्तिहरुको रगत परिक्षण गरी कुसुण्डा भाषाको बंशाणु अध्ययन कार्य सुरु भइसकेको कुसुण्डा भाषाको अध्ययनमा लाग्नुभएका सुशील भण्डारीले जानकारी दिनुभयो ।
चिनको युनान प्रान्तस्थित फुनसिङ विश्वविद्यालयबाट विद्यावारिधी गरिरहनुभएका  भण्डारीले    कुसुण्डा भाषा विश्वमै लोपोन्मुख तथा फरक भाषा भएका कारण यसको विशेष अध्ययन गर्न थालेको जानकारी दिनुभयो ।