Skip to main content

नर्क छिचोल्न सिकाउने हक्की मञ्जिता

देविका घर्ती मगर, दाङ
    उनी जन्मदा नै बाबाआमा मालिकको घरमा कमलहर–कमलहरी जीवन बिताइरहेका थिए रे । उनले थाहा पाउँदासम्म ९ वर्षको उमेरसम्म मञ्जिता चौधरी बाबाआमासंँगै मालिकको घरमा काम गर्थिन् । घरमा खाना लगाउन समस्या भएका कारण उनको परिवार मालिकको घरमा कमलहर बसेको थियो । गंगापरस्पुर–७ लोखरपुर दाङ निवासी २१ वर्षे मञ्जिता ९ वर्षको भएपछि छुट्टै मालिकको घरमा काम गर्न गइन् । मञ्जिताका बुवा शिवहरी चौधरी र आमा बालकुमारी चौधरी लामो समयसम्म मालिकको घरमा कमलहरी जीवन बिताएका थिए ।
    ‘घरको जेठो सन्तान भएका कारण मालिकको घरमा काम गर्न जानु उनको बाध्यता थियो । ‘घरमा खान लाउनकै मुख्य समस्या थियो । त्यही भएर ९ वर्षको हुँदा बावाआमालाई छाडेर भैरहवा मालिकको घरमा कमलहरी बस्न गएँ’, मञ्जिताले भनिन् ।’ भैरहवा र तुलसीपुरमा गरेर दुई वर्ष कमलहरी बसेकी मञ्जिता २०५७ सालमा तुलसीपुरबाट एफएनसीको सहयोगमा कमलहरी मुक्त भएकी थिइन् ।
    
११ वर्षको हुँदा कमलहरी जीवनबाट मुक्ति पाएकी मञ्जिता विगतको पीडा सम्झदै भन्छिन्, ‘सानो थिएँ, घरमा भएभरको सबै काम गर्नुपर्दथ्यो । काम गर्दा उनीहरुले भनेअनुसार काम गर्न सकिएन भने गाली गर्ने, कुट्ने, पिट्ने गर्दथे । भैरहवामा त मैले बेस्सरी कुटाई खाए । तुलसीपुरमा बस्दा पनि निकै काम गराउँथे । एउटा बच्चाले गर्न नसक्ने काम गराउने । राती–राती २ वजे उठाएर मालिकहरुले गाउँमा भुस, गोवर सोर्न पठाउँथे । सुत्ने समयमा सुत्न पाइदैनथ्यो । खाने समयमा खान पाइदनथ्यो’, भावुक हुँदै उनले भनिन् । काम पुरा गर्न सकिएन भने तेरो ज्याला काट्िदन्छम् भन्थे ।’
    कमलहरी जीवनबाट मुक्त भएपछि मञ्जिताले ६ महिना जति पढेर १२ वर्ष भएपछि स्कुलमा कक्षा चारमा भर्ना भइन् । मालिकको छोराछोरी स्कुल जाँदा टुलुटुलु हेरे बस्ने मञ्जिता एफएनसीको सहयोगमा स्कुल भर्ना भइन् । ‘मालिकको छोराछोरी स्कुल जाँदा टुलुटुलु हेरेर बस्थँे । के गर्नु र । मलाई पनि स्कुल जान त  निकै मन लाग्थ्यो–उनले भनिन्, भैरहवामा बस्दा बोर्डिङ स्कुलमा पढाउँछांै, वर्षको दुईजोर कपडा दिन्छांै । वार्षिक २५ सय दिन्छौं । भनेर लगेका थिए । गएको ३ महिना भएपछि मैले ‘स्कुल पढाउँछु भनेर ल्याउनुभएको थियो भनेर भने, त्यसपछि उनीहरुले तँलाई स्कुल पठायो भने तेरो बाउ आएर काम गर्दिन्छ, तँलाई त हामीले किनेर ल्याएको भनेर भने ।’ उद्दार भएपछि कक्षा १० सम्म एफएनसीकै सहयोगमा पढिन् मञ्जिताले । पढ्नका निमित्त संस्थाको सहयोग पाए पनि घरमा खाने समस्या भएका कारण साँझबिहानको छाक जुटाउनका निमित्त भने निकै संघर्ष गरिन् उनले । भन्छिन्–‘हामी गरिवहरुको समस्या भनेकै सबैभन्दा ठूलो पेटको समस्या । त्यही भएर पढ्नका निमित्त कक्षा १० सम्म कुनै समस्या नभएपछि खानका निमित्त भने समस्या प¥यो । घरमा खाने मुख बढ्यो भन्ने हुन्थ्यो । मैले त्यो खाने समस्यालाई समाधान गर्न बाबुआमासँंगै हरेक वर्षको एकमहिने वर्षे विदाको समयमा भारतमा मजदुरी गर्न जान्थे । भारतको ईतुवा, पकरी, खुखुरी भन्ने ठाउँमा गएका थियौं । खाना खर्च, चाडपर्वका लागि खर्च जुटाउन । दैनिक ६० रुपैयाँ पाउथे । धान रोप्थ्यौं, कहिलेकाँही ईट्टाभट्टामा काम गथ्यौं ।’ पढ्नका निमित्त १५ सय रुपैयाँ पाउँथे । कापीकलम किन्नका निमित्त । संस्थाले एसएलसीसम्म पढायो । पछि बावाले पनि सहयोग गर्नुभयो’, उनले भनिन् ।
    मावि चैनपुर गंगापरस्पुरबाट २०६५ सालमा दोस्रो डिभिजनमा एसएलसी पास गरेकी मञ्जिता पढाइसँंगै मुक्त हुन बाँकी कमलहरीहरुको मुक्ति अभियानका निरन्तररुपमा लागिन् । एसएलसी दिएपछि स्वयम्सेवककै रुपमा एफएनसीमा काम गरेकी मञ्जिताले फिल्डमा गएर डाटा संकलन गर्ने, मुक्त भएका कमलहरीहरुलाई स्कुलमा कापीकलम पु¥याउने काम गरिन् । २०६५ सालमा मञ्जिता लगायत मुक्त कमलहरीहरुको पहलमा लावाजुनी बचत तथा ऋण सहकारी संस्था दर्ता गरेर सहकारी खोले । त्यही समयमा सचेतनामुलक कार्यक्रम सञ्चालन, अभिमुखीकरण, सहकारी प्रवद्र्धनका निमित्त ६ महिनाका निमित्त ६ लाख रुपैयाँ बजेटको कार्यक्रम सञ्चालन गर्ने जिम्मा पाएकी मञ्जिताले अनारकलीसँंग मिलेर उक्त कार्यक्रम सम्पन्न गरिन् । ६ महिने कार्यक्रम सकिएपछि सहकारीको सदस्यता विस्तार, अर्थ व्यवस्थापन सबै काम गरिन् मञ्जिताले । मञ्जिताको अध्यक्षतामा २०६५ सालमा स्थापना गरिएको लावाजुनी बचत तथा ऋण सहकारी संस्था मुक्त कमलहरीहरुको पहिलो सहकारी हो । अहिले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा गरी मुक्त कमलहरीहरुले खोलेको सहकारी संस्थाको संख्या ३२ वटा रहेका छन् ।
    कक्षा ९ मा पढ्दादेखि नै गाउँमा बाल क्लव, युवा क्लव गठन गरेर काम गरेकी मञ्जिताकै नेतृत्वमा २०६७ सालमा मुक्त कमलहरीहरुले आफ्नै संस्था ‘मुक्त कमलहरी विकास मञ्च’ स्थापना ग¥यौं । सहकारीको अध्यक्षताको तीन वर्षको कार्यकाल सकाएर मञ्चको अध्यक्ष भएको उनले बताइन् । ‘कमलहरी मुक्ति एउटा अभियान भएका कारण यो अभियान अहिले हामीले निरन्तररुपमा सञ्चालन गरिरहेका छौ । निरन्तर रुपमा खवरदारी गर्दै आएका छाँै’, मञ्जिताले भनिन्, काम गर्दै जाँदा एकदमै गाह्रो हुन्थ्यो । एकदमै चिन्ता हुन्थ्यो । बरु म मजदुरी नै गर्छु भन्ने सोँच पनि आउँथ्यो कहिलेकाँही । त्यो समस्या हुँदाहुँदै पनि ऋण काढेर भए पनि चलाएँ । चलाउनुपथ्र्यो । के गर्नु त ?  

    ‘कमलहरी उद्दार गर्ने कार्य आफैमा खतरा हो । सिधै मालिकविरुद्ध नै काम गर्ने भएका कारण काम गर्ने क्रममा थुपै्र धम्कीको सामना गर्नुपरेको उनले बताइन् । ‘यो कमलहरी अभियान भनेको गाह्रो थियो । सिँधै मालिकको विरुद्धमा बोल्नुपर्ने, फेरि यो हाम्रो अभियान कमलहरी उद्दार मात्र नभएर बालविवाह रोकथाम गर्ने अभियान पनि हो’, मञ्जिताले भनिन् ‘गाउँमा हामीले  बाल विवाह विरुद्ध गाउँमा बुझ्न जान्थ्यौं । त्यहाँ जाँदा तिमीहरु यस्तो गर्न आउने, तिमीहरुलाई मारेर फाल्दिन्छांै राप्ती नदीमा । तिमीहरुको बाबाआमाले पनि नभेटाउने गरी भनेर धम्कीहरु आउँथ्यो । मालिकहरुले गुण्डा लगाएर मार्दिन्छौं, भन्थे । तर, पनि हामी पछाडि फर्केनांै’, उनले भनिन्, ‘नेपालगञ्जमा एकजना राजनीतिक दलको घरमा बसेकी कमलहरीलाई उद्दार गर्न जाँदा त्यहाँ नेताहरुले घेरा समेत हालेका थिए ।’ उनका अनुसार नेताहरुले तिमीहरुलाई मार्दिन्छांै भनेर धम्की दिएका थिए । ‘कतिपय अवस्थामा स्वयंं कमलहरी बैनीहरुले उद्दार हुन नमान्दा समस्या उत्पन्न भयो । यस्तो समस्या ऐले पनि छ । विशेषगरी काठमाडाँैंलगायतका ठूला सहरहरुमा यो समस्या छ’, उनले बताइन्, ‘यसले गर्दा पनि हामीलाई काम गर्न गाह्रो भैरहेको छ । धेरै वर्षदेखि मालिकको घरमा बसिरहेका कमलहरीहरु जो धेरै वर्षदेखि त्यहाँ काम गरिरहेका छन् र बाबुआमासँंग पनि धेरै वर्षदेखि भेटघाट भएको छैन त्यस्ता कमलहरीहरुलाई उद्दार गर्न समस्या भैरहेको छ ।’
    छोरी मान्छे र उसको अस्तित्वलाई नेपाली समाजले सधै शंकाको घेराभित्र  राखेको छ । त्यो समस्या मञ्जिताले पनि भोगिन् । ‘धेरै ठाउँ हिँड्नुपर्ने । भनेको समयमा कुनै ठाउँमा पुग्न नसक्दा । गाडिमा हिँड्दा पनि राति हुन्छ । गाउँमा पनि राती–राती कता हिँड्छ भन्ने कुराहरु सुन्नुपथ्र्यौ–उनले भनिन्, बुवाआमाहरुले निकै चिन्ता गर्नुहुन्थ्यो । गाउँलेले कुरा काट्दा बावाआमाले बरु मजदुरी गरेर खाउँला नहिँड् भन्नुहुन्थ्यो ।’ घरको जेठी छोरी भएका कारण उनलाई पारिवारिक जिम्मेवारी पनि उत्तिकै थियो । ‘घरको जेठो छोरी स्वभाविक रुपमा मप्रति बुवाआमाको आशा भरोसा रहनु त स्वभाविक कुरा थियो । घरमा बुबाआमा दुःख बिरामी हुदा आफूले केही गर्न नसक्दा निकै पीडा हुन्थ्यो । समस्या त धेरै आयो–मञ्जिताले भनिन् ।’ पढाइसँंगै अहिले कमलहरी मुक्तिको अभियानमा निरन्तररुपमा संस्थाको नेतृत्व गरेर लागिरहेकी मञ्जिता घरमा बुबाआमालाई पनि सन्तुष्ट पार्न सफल भएकी छिन् । आफ्ना एक बहिनी र दुई भाइलाई पनि पढाउँदै आफू पनि पढिरहेकी मञ्जिता कमलहरी मुक्तिको  अभियानमा निरन्तररुपमा लागिरहने प्रतिवद्धता जनाइन् । ‘समस्या त ऐले पनि त्यो समस्याको सामना गर्नुपर्छ । घरमा खान लाउन समस्या भएकै कारण पनि, तर पनि मैले आफ्नो तर्फबाट सक्ने जति कोसिस गरिरहेको छु । आफूले नसके पनि विभिन्न संघसंस्थाहरुलाई आग्रह गरेर अहिले भाइबहिनीहरुलाई पढाइरहेको छु–उनले भनिन् ।’ दाङ जिल्ला औपचारिक रुपमा २०६५ माघमा कमलहरी मुक्त जिल्ला घोषणा भएको हो ।
    कमलहरी मुक्तिको क्षेत्रमा क्रियाशील एफएनसी, स्वान, सहयोग समाज, प्लान नेपाल, बेसलगायतका संघसंस्थाहरुको संयुक्त पहलमा दाङलगायत बर्दिया, बाँके, कैलाली र कञ्चनपुरमा रहेको दासप्रथाको रुपमा रहेको कमलहरी प्रथा अहिले सरकारले औपचारिक रुपमा मुक्त घोषणा गरेको छ । तर, पनि अझै करिव एक हजार जति मुक्त गर्न बाँकी रहेको देखिएको मुक्त कमलहरी विकास मञ्चले जनाएको छ । यस अभियानमा लागेका संघसंस्थाहरुका अनुसार कमलहरी मुक्तिको अभियान सुरु भएको १३ वर्ष यता १२ हजार ५ सय बढी कमलहरीले दासतापूर्ण जीवनबाट मुक्ति पाएका छन् ।
http://www.rajyasatta.com/women-voice/5870-2013-10-01-05-22-40

Comments

  1. नर्क छिचोल्न सिकाउने हक्की मञ्जिता को जीवनी पढेर मेरो मन लाई धेरै छोयो ( धन्यवाद छ देविका जी लाई )

    ReplyDelete

Post a Comment

Popular posts from this blog

नेपाली समाजको गम्भिर सामाजिक समस्या : दाइजो र तिलकप्रथा

नेपालिसमाजमामहिलाहरुमाथिहुनेघरेलुिहंसामादाईजोरतिलकप्रथालेक्रमशःभयावहरुपलिनथालेकोछ।सामन्तवादीपित्रृसतात्मकसमाजकोकुप्रथाकोरुपमारहेकोदाईजोरतिलकप्रथासमाजकोविकाससंगैघट्नुकोवदलावृद्विहुदैगैरहेको।सामाजिकरुपमाएकप्रकारकोहोडरछोराकोविवाहलाईघनकमाउनेमाध्यमकोरुपमाप्रयोगगर्नचाहनेस्वार्थीमानसिकतालेनैअहिलेयोप्रथादिनप्रतिदिनअझभयावहरविकृतवनेरदेखापरेकोछ।
दाईजोप्रथाकोस्ाुरुवातकहिलेरकहाँवाटशुरुभयोभन्नेकुरायकिनगरेरभन्नतसकिन्न।तरथुर्पैवुद्विजिविहरुलेदाइजोकोप्रचलनप्राचिनकालिनआर्यवर्तकोसामाजिकव्यवस्थामारहेकोउदाहरणप्रस्तुतगरेकाछन्।स्वस्थानीव्रतकथामागोमाव्राम्हणीलाईउनकाआमाबुवालेप्रसस्तधनसम्पत्ािसुनचाँदिगाईघोडाहातिदानदिईएकोरमहाभारतकथामापनिवेहुलिलेदाइजोकोरुपमासुनचाँदिगाईघोडाआदि

मेनका ! के तिमी साँच्चिकै हामीमाझ छैनौ ?

देविका घर्तीमगर
जीवनका धेरै त्यस्ता सत्यहरु छन्, जो हामीलाई स्विकार गर्न गाह्रो हुन्छ । हाम्रो मनले स्विकार नगर्दा पनि ती सत्य आखिर सत्य नै हुन्छन् । किनकि यथार्थबाट हामी भाग्न सक्दैनौं । यस्ता कुराहरु म धेरैलाई सम्झाउँदै आएँ । लामो समय भएछ ती पीडितहरुसँग कुनै न कुनै रुपमा गाँसिदै र उनीहरुलाई सम्झाउँदै आएको । अक्षर खेतीसँग जोडिएका कारण पीडामा परेका, विपद्मा परेका, दुःखमा परेकासँग कुनै न कुनै रुपमा जोडिइरहें । तर त्यही पीडा आफैलाई पर्दाको अनुभूति भने पहिलो पटक गर्दैछु ।

बाबुबाजेलाई भेँडीगोठ नै प्यारो, छोराछोरी सिंगापुर र अमेरिका

देविका घर्तीमगर
काठमाडौं :
रुकुम, तकसेरा–८ तल्लो सेराका ४८ वर्षका सत्जीत बुढा आफुले थाहा पाएदेखि नै भेँडा गोठालो छन्। अहिले उनी तीन घरको सात सय भेँडा हेर्छन्। पुर्खाले निरन्तरता दिँदै आएको भेँडापालन पेशा छाड्न नसकेको सत्जीत बताउँछन्। उनी भेँडा चराउन बथान लिएर रुकुम, रोल्पा, दाङ, कर्णालीको डोल्पासम्म पुग्छन्।  भेँडा बेचेर जीवन गुजारा गर्ने सत्जीतलाई आफुपछि भेँडापालन पनि अन्त्य होला भन्ने चिन्ता छ। ‘हाम्लाई त हाम्रो पुर्ख्यौली पेशाको माया लाग्छ। तर के गर्ने र छोराछोरीले मान्दैनन्',