Posts

Showing posts from December 12, 2013

हिजो शोषण, आज अपमान

Image
नागरिकता प्रमाणपत्रमा ‘पितृत्वको पहिचान नभएको’ भनेर लेखिदिने गरेपछि बादी युवा–युवतीको गुनासो छ, ‘हिजो त हामी शोषित भयौँ, आज सरकारले झन् अपमानित गरिरहेको छ ।’
देविका घर्ती मगर गएको वर्ष आमाको निधन भएपछि जीवा बादी (नाम परिवर्तन) लाई नागरिकता प्रमाणपत्र चाहियो । आमाको नाममा भएको घरघडेरी आफ्नो नाममा नामसारी गराउनु थियो । उनी नागरिकता बनाउन नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा धेरै दिन धाए । लामो प्रयासपछि उनले नागरिकता पनि पाए । तर, जिल्ला प्रशासन कार्यालय जाँदा उत्साहित भएका जीवा नागरिकता लिएर फर्कंदा भने निराश थिए । नागरिकता प्रमाणपत्रमा बाबुको नाम भनेर लेखिएको ठाउँमा ‘पितृत्वको ठेगान नलागेको’ भन्ने उल्लेख भएपछि उनलाई लज्जाबोध भयो ।

बिहे भयो तर श्रीमानको माया छैन

देविका घर्ती मगर

उनको उमेर ५२ वर्षको छ । दाङको राजपुर गाविस–६ नौसहरा हो सुन्दरपति यादवको घर । तर लामो समय भयो उनी आफ्नो घरमा बस्न नपाएको । दुई छोरीस“गै सुन्दरपतिले लामो समयदेखी फिरन्तेजस्तै जीवन बिताउ“दै आएकी छिन् । सुन्दरपतिका श्रीमान् उमानन्द यादव आफ्नी जेठी श्रीमतीस“ग बस्छन् । श्रीमान् र सौताले घरबाट निकालेपछि अहिले सुन्दरपति बेसहारा झैं भएकी हुन् ।   जेठी श्रीमतीबाट सन्तान नभएपछि उमानन्दले सुन्दरपतिलाई २५ वर्ष पहिले कान्छी श्रीमतीका रुपमा भित्राएका थिए ।