Posts

Showing posts from 2014

राष्ट्रिय गानका सर्जक ‘ब्याकुल माइला’ सँग एकछिन

Image
देविका घर्ती मगर
हामी सबैले गर्व गर्ने नाम ब्याकुल माइला । देशकै माइला । अर्थात् प्रदिपकुमार राई । वास्तविक नाम प्रदिपकुमार राई भएपनि हाम्रा राष्ट्रका गौरव राष्ट्र गानका सर्जक ।
२०६२÷०६३ को जनआन्दोलन र १० वर्षे सशस्त्र युद्धपछिको साझा उपलब्धी हामी नेपालीको राष्ट्रगानका सर्जक ब्याकुल माइलासँग घोराहीमा भेट गर्ने अवसर मिल्यो । ओखलढुङ्गा हिलेपानी निवासी ब्याकुल माइला राष्ट्रगानका रचयिता राष्ट्रका गौरव हुनुहुन्छ । स्कुले अवस्थाबाट नै साहित्यमा कलम चलाउँदै आउनुभएका ब्याकुल माइलाको साहित्यिक यात्रा भने २०४७ सालमा अध्ययनको सिलसिलामा काठमाडाँैं प्रवेश गरेपछि सुरु भएको हो । सुरुमा कविताबाट साहित्य यात्राको थालनी गर्नुभएका माइलाले गजल, गीतमा कलम चलाउँदै आउनुभएको छ ।

बुढ्यौली रंग : मन बूढो नभएपछि

Image
देविका घर्ती मगर
बाघमारे, दाङ । छेउमा मादल र पैजन बज्न सुरु गरेदेखि नै मैमी वलीको हाँसो फुर्न सुरु गरेको हो । ६५ वर्षिय मैमी छेउमै मादल बज्न सुरु गरेपछि निकै मुस्काउँदै बाजा बजाउनेहरुको अगाडि पछाडि गरिरहनुभएको थियो । बाजा बज्दै गर्दा मैमीको मुजा परेका शरी रका छाला र मुजा परेको अनुहार धेरै पटक हाँस्यो । बाघमारे–४ विष्णुपुर निवासी मैमी पुराना लोक कलाकार हुन् । मुसिकोट छिवाङबाट १२ वर्ष पहिले दाङ बाघमारे आउनुभएका मैमीका दुई छोरा, १ छोरी र ८ नातिनातिना छन् । तर, उहाँको गीतसंगीतप्रतिको रंग भने ताजै छ । बैंशमा मेलापात जाँदा गाएको नाचेको अहिले पनि मैमीलाई झझल्को छ । सिंगारु नाच समेत नाच्ने मैमी मादल बज्दै गर्दा आफै गीत गाउन थाल्नुभयो, भने नाच्न पनि थाल्नुभयो ।

गौरा तिमी ‘मिसाल’ हौं !

Image
देविका घर्ती मगर
ठ्याक्कै मलाई याद त भएन । कति कक्षामा पढ्दा हो । स्कुल पढ्ने बेलामा कतै पढेको थिए । गौरा प्रसाईको बारेमा । अलि सानो उमेर भएकाले होला उनको बारेमा पढेका सबै कुरा अहिले सम्झना छैन । तर, यति कुरा चाँही सम्झन सकँे । कि गौरा प्रसाई ठूलो मान्छे हुन् । राजनीति गर्छिन् भन्नेसम्म मैले याद गर्न सकँे । उनको बारेमा सानैमा पढ्न पाएकाले हुन सक्छ मैले गौराको नाम कहिल्यै बिर्सन सकिनँ । कतैबाट गौराको नाम आएमा जान्ने उत्सुकता मलाई सधँै भइरह्यो । २०६८ सालमा उनले एउटा किताब लेखिन् ‘मेरा जीवनका पाना’ । यसको दोस्रो संस्करण २०६९ सालमा प्रकाशित भयो । बजारमा आएका किताब अरुले पढिसकेर चर्चा गरेपछि बल्ल किन्ने बानी छ मेरो । अलि अल्छि पनि छु । बजारमा आएर अलि चर्चामा आएका किताबहरु मेरो हैसियतले भ्याएसम्म किन्ने पनि गर्छु । तर, पढ्ने….?

बाल अस्पताल भवनमा प्रहरी पोष्ट

Image
दाङको ‘उमाशंकरनाथ योगी स्मृति सामुदायिक बाल अस्पताल’को भवनलाई प्रहरी पोष्ट बनाइएको छ ।

जिल्ला विकास समिति, दाङले भारतीय दूतावासको सहयोगमा रु.६७ लाख लागतमा निर्माण गरेको ‘उमाशंकरनाथ योगी स्मृति सामुदायिक बाल अस्पताल’को भवन सञ्चालनमा आउन नसकेपछि त्यसलाई प्रहरी पोष्ट बनाइएको छ।

विद्यालय जोगाउने चिन्ता

Image
२०४७ मा स्थापना भएको दाङको टरिगाउँस्थित गौरीगाउँ प्राथमिक विद्यालयमा विद्यार्थी घटेपछि विद्यालय जोगाउने चिन्ता बढेको छ ।
प्रावि गौरीगाउँको कक्षा ४ र ५ का विद्यार्थीलाई पढाउँदै शिक्षक रुक्मिणा रेग्मी।
२०५७ देखि दाङको टरिगाउँ–५ गौरीगाउँस्थित गौरीगाउँ प्राथमिक विद्यालयमा पढाउन थालेकी रुक्मिणा रेग्मी (४८) ले शुरूमा एक कक्षामा ४५ जनासम्मलाई पढाइन्। तर, अहिले विद्यालयभरिमा ३६ जना मात्र विद्यार्थी छन्। उनीहरूमध्ये पनि २२ जना मात्र नियमित विद्यालय आउँछन्।

बेलायतमा रहेका राप्तीवासीद्धारा दाङका अग्नीपिडितलाई सहयोग

Image
दाङ, भदौ १९ । बेलायतमा रहेका राप्ती क्षेत्रका पुर्व बृटिस गोरखा सहित विभिन्न ब्यक्तिहरुले दाङका अग्नीपिडितहरुलाई सहयोग उपलब्ध गराएका छन् । बेलायतमा रहनुभएका दाङ निवासी पुर्व बृटिस गोरखा आर्मी मानबहादुर थापा मगरको पहलमा राप्ती समाज युकेमार्फत् दाङ राजपुर गाविस–९ बनकट्टीका अग्नीपिडितहरुलाई नेपाली रुपैयाँ ६३ हजार ३ सय ३२ रुपैयाँ सहयोग गरिएको हो ।

पूर्व लडाकूलाई छाक टार्नै धौ–धौ

Image
माओवादी लडाकू बनेकी सल्यानको बामे गाविसकी लालकुमारी पुनले धेरै लडाईंमा भाग लिइन्। आफू जस्तै लडाकू नरेश रसाइलीसँग अन्तरजातीय विवाह गरिन्। २०६२ मा गाडी दुर्घटनामा पतिको निधन हुँदा पार्टी पनि शान्ति प्रक्रियामा आइसकेको थियो। त्यसलाई उनी जीवन भत्किनु र पार्टी बिग्रनु एकै पटक हुन पुगेको दुर्घटना बताउँछिन्। त्यसपछि लडाकू शिविरमा बसेर स्वेच्छिक अवकाश पाएकी लालकुमारी अहिले मजदूरी गरेर जीवन धानिरहेकी छिन्।

उपभोक्ता समूह नै तस्करीमा

Image
वन संरक्षण गर्न बनेका दाङका सामुदायिक वन उपभोक्ता समूह नै तस्करीमा संलग्न देखिएका छन्।
हिमालखबर मंगलबार , १३ साउन २०७१ २:४६ पम
देविका घर्ती मगर, दाङ
पदाधिकारी एवं उपभोक्ताहरूले अवैध रूपमा रूख कटान गरेर सामुदायिक वनको मर्म, भावना र कार्ययोजनाको शर्त विपरीत काम गरेको भन्दै १० माघ २०७० मा जिल्ला वन कार्यालय दाङले वन ऐन २०४९ बमोजिम पञ्चकुले दाङस्थित भलई–जलजला सामुदायिक वन उपभोक्ता समूहको दर्ता खारेज गर्‍यो। समूहले जिल्लाको निर्णय विरुद्ध मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतमा पुनरावेदन गरे पनि २९ वैशाख २०७१ मा निर्देशनालयले जिल्लाकै निर्णय सदर गर्‍यो।

सिमेन्ट उद्योगले सास्ती

Image
दाङका दुई सिमेन्ट उद्योगले फालेको धूलो र धूवाँले स्थानीयको दैनिकी समस्यामा पारेको छ।
देविका घर्ती मगर
बिजौरी–१ मा रहेको सोनापुर सिमेन्ट उद्योग खुल्न लागेकोमा खुशी भएका स्थानीय बासिन्दा धूलो, धूवाँ र ध्वनि प्रदूषण बढ्न थालेपछि अहिले चिन्तित बनेका छन्। स्थानीय र उद्योगबीच विवाद पनि बढ्न थालेको छ। सिमेन्ट उद्योगलाई जमीन नदिने पक्षमा रहेका मानपुर गाविस–९ बघौसीका हिमालय अधिकारी अरूले साथ नदिएपछि मात्र जमीन दिन सहमत भएका थिए। गाउँबस्ती भएको ठाउँमा सिमेन्ट उद्योग राख्नुहुन्न भनेर आफूले विरोध गरेको उनी बताउँछन्। कट्ठाको रु.१५ हजार पनि नपर्ने जमीनलाई उद्योगले रु.५० हजार दिएपछि गाउँले जमीन बेच्न तयार भए। स्थानीय वासु पाण्डेले उद्योगबाट प्रदूषण नहुने तथा भएमा उद्योगमा ताला लगाउन आफैं अघि सर्ने बताउनु स्थानीय जमीन दिन राजी हुनुको अर्काे कारण थियो। तर, त्यो वेला उद्योगसँग सम्बद्ध रहेका पाण्डेले अहिले उद्योग छाडेका छन्।

सेलेनाको ‘गोप्य’ भ्रमण खुला जानकारी

Image
पहिलो पटक नेपाल आएकी बलिउड सेलिब्रेटी सेलेना गोमेज ६ जेठमा बुद्ध एअरबाट नेपालगञ्जहुँदै दाङ पुगेर सतवरिया–३ को राप्ति माविका विद्यार्थीसँग भलाकुसारी गरिन्। स्थानीय बालबालिकासँग बालविवाह र बालश्रमबारे अन्तरक्रिया समेत गरेकी उनले बालश्रम विरुद्ध कार्यरत बालक्लबले शिक्षाबाट वञ्चित बालबालिकालाई विद्यालय ल्याउन गरिरहेको प्रयासको प्रशंसा गर्दै बालक्लबलाई विभिन्न वाद्य सामग्री हस्तान्तरण पनि गरिन्।

Village of the widows

Image
Time hasn’t healed the sorrow of the women of Dang who are dismayed by the self-pardon of perpetrators
Devika Gharti Magar
After they launched their insurrection in 1996, Maoist rebels had been fighting with the Nepal Police. But near midnight on 24 November 2001, they launched simultaneous attacks across the country on Royal Nepal Army bases. The biggest attack was on the barracks in Ghorahi of Dang district where 14 soldiers and 11 policemen were killed and a large quantity of modern weapons looted.
Four days later, the Army retaliated by rounding up and killing suspected Maoist sympathisers in Dang, which straddled the strategic access to the Maoist strongholds in Rolpa and Rukum.

कसरी भुल्ने नरसंहार ?

Image
सरकारले द्वन्द्वकालका जघन्य अपराधका दोषीलाई माफी दिनेगरिको कानून बनाएपछि त्यसवेलाका ठूल्ठूला नरसंहारले पनि मान्यता पाउने अवस्था सिर्जना भएको छ ।
हिमालखबर मंगलबार , २३ वैशाख २०७१ ४:२० पम देविका घर्ती मगर, दाङ, गोपाल गडतौला, झापा
१३ मंसीर २०५८ को अपरान्ह ३ बजेतिर दाङको घोराही नगरपालिका–३ बर्गदीमा दाइँ गरिरहेका ११ जनालाई तत्कालीन शाही नेपाली सेनाको टुकडीले खलामै लाइन लगाएर एकै चिहान बनायो ।

उद्यमी बने द्वन्द्वपीडित महिला

Image
रोल्पाका द्वन्द्वपीडित महिलाहरु आफनै पौरखले उद्यमी बनेका छन् । हिमालखबर

बिहीबार , १३ चैत्र २०७० ६:२५ पम

-देविका घर्ती मगर, रोल्पा
माओवादी र सुरक्षाफौजको धम्की खप्न नसकेर २०५९ मा रोल्पा हवामा–१ क्वापाटलबाट सदरमुकाम लिवाङ आएकी शंकरा बुढामगर (४५) को परिवार द्वन्द्व सकिएपछि पनि गाउँ फर्केन। माओवादीले घर ध्वस्त बनाएकाले लिवाङको डेरामा जीवन गुजारा गर्दै आएको तीन छोराछोरीसहित शंकराको परिवारले लामो समय आर्थिक समस्या झेल्नुपर्‍यो। आफू जस्तै ११ जना द्वन्द्वपीडित मिलेर वैशाख २०७० मा ‘रोल्पाली द्वन्द्वपीडित महिला सल उद्योग’ खोलेपछि भने उनको परिवारलाई केही राहत भएको छ। घरेलु तथा साना उद्योग कार्यालय, रोल्पाले ६० जना महिलालाई तानबाट कपडा बुन्ने ४५ दिने तालिम दिएपछि द्वन्द्वपीडित महिलालाई उद्योग खोल्ने साहस आयो। अहिले उनीहरूको उद्योगले झोला, सल, पटुका, छड्के, भाङ्ग्रा उत्पादन गर्छ।

भैंसी पालेरै महीनामा ४५ हजार कमाइ

Image
व्यावसायिक भैंसीपालनमा लागेका दाङ, घोराहीका एक युवाले मासिक रु. ४५ हजार आम्दानी गरिरहेका छन् ।
हिमालखबर शुक्रबार , २३ फागुन २०७० ९:५८ एम

दुई वर्षअघि तीन वटा भैंसी किनेर व्यावसायिक भैंसीपालन थालेका दाङको घोराही नगरपालिका–११ का सरोज शाहको फार्ममा अहिले ७ वटा भैंसी छन्। घोराही–१ को बयरबटुवामा रहेको आफ्नै जमीनमा भैंसी पालेका उनले घोराही–११ को हुलाकरोडमा ‘श्रीकृष्ण डेरी उद्योग’ पनि खोलेका छन्। नजिकै एक बिघा पाँच कठ्ठा जमीन भाडामा लिएर भैंसीलाई खुवाउन वर्षिम, जई, भेज जातका घाँस रोपेका उनको छिट्टै पाँच वटा भैंसी थप्ने योजना छ।

लोकनाटकको स्वाद (सात तस्वीर)

Image
घोराहीको ‘मध्यपश्चिम तथा सुदुरपश्चिमस्तरीय लोकनाटक उत्सव’मा विविधताको स्वाद लिन सकिन्छ ।
देविका घर्ती मगर हिमालखबर
मंगलबार , २८ माघ २०७० ७:३९ पम
दाङ, घोराहीमा आ–आफ्नो परम्परागत मौलिक पोशाकमा छुट्टाछुट्टै समूह देखा परे । लोकसाहित्यभित्रको महत्वपूर्ण विधा लोकनाटक पछिल्लो समय लोप हुँदै गएपछि लोकनाटकको सँरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको लोकनाटक उत्सवमा मगर, थारु, खस समुदाय, अवधी भाषीहरु आ–आफ्नो मौलिक परम्परागत लोकनाटक लिएर उपस्थित थिए ।

४ महीना स्कूल, ६ महीना ईटाभट्टा

Image
गरीबीमा हुर्किरहेका दाङको हापुर–७ नयाँबस्तीका बालबालिका घरछेउमै स्कूल भएर पनि पढाइबाट बञ्चित छन् । हिमालखबर
आईतबार , २६ माघ २०७० ६:१९ पम
देविका घर्ती मगर, घोराही

नयाँबस्तीका टोपबहादुर गन्धर्व गएको ५ पुसमा पाँच छोराछोरी र श्रीमती लिएर दक्षिणकालीस्थित ईटाभट्टामा काम गर्न काठमाडौंतिर लागे । ऐलानी जग्गामा बनेको उनको घरमा ताला लागेसँगै नजिकैको बालकल्याण प्राथमिक विद्यालयमा ६ महीनाका लागि दुई विद्यार्थी घटेका छन् । “छोराछोरी पढाउन मन लागेर मात्र के गर्नू”, टोपबहादुर भन्छन्, “पहिला त तिनलाई र आफूलाई बचाउनु पर्‍यो !”
यो वर्ष पटक–पटक बिरामी परेर नेपालगञ्जमा उपचार गराउँदा धेरै ऋण लागेकोले खर्च जुटाउन परिवारै राजधानीको ईटाभट्टामा जानुपरेको उनले बताए ।

१६ वर्ष पछि घाटु नाच (तस्वीरसहित)

Image
गण्डक क्षेत्रबाट दाङमा बसाई सरेर आएका मगर समुदाय नयाँ पुस्तालाई घाटु नाच सिकाएर संस्कृति संरक्षणमा लागेका छन् ।
हिमालखबर सोमबार , २० माघ २०७० ३:२४ पम

देविका घर्ती मगर, घोराही । उनीहरुले घाटु नचाउन छाडेको १६ वर्ष पुगेछ । नयाँ पुस्ताले चासो दिन छाडेपछि उनीहरुले घाटु नाच नचाउनै छाडेका हुन् ।

दाङमा दँगीशरण विवाह (फोटो फिचर)

Image
थारु समूदायले परम्परागत विवाह संस्कारलाई बचाई राख्ने उद्देश्यले धुमधामसँग दँगीशरण विवाह महोत्सव मनाएका छन् ।
हिमालखबर सोमबार , ६ माघ २०७० ७:५७ पम
 थारु समुदायले दाङ, नारायणपुर–७ उत्तरअमराईमा दँगीशरण विवाह महोत्सव मनाएका छन् । महताँवा महासंघ नारायणपुर ईकाइ समितिले ‘दँगीशरण विबाह महोत्सव’ आयोजना गरेको हो ।

र्‍याम्पमा मगर संस्कृति

Image
अठार मगरात क्षेत्रको परम्परागत भेषभुषामा सजिएका मगर युवाहरु १३ पुषमा दाङ्को घोराहीमा र्‍याम्पमा उत्रिए ।
हिमालखबर आईतबार , १४ पुस २०७० ३:४० पम नेपाल मगर संघ, मगर सांस्कृतिक संघलगायत ८ वटा मगर समुदाय सम्बद्ध संस्थाहरुको आयोजनामा ‘मगराँत सांस्कृति भेषभुषा प्रतियोगता’ दाङको घोराहीमा सम्पन्न भएको छ ।

भूम्या रौनक

Image
भूम्या खाम र पाङ मगर समुदायको प्रमुख पर्व हो । भूम्यामा मगरहरू भूमि देवताको पूजा गर्छन् ।
सोमबार , २७ जेठ २०७० २:०५ पम

-देविका घर्ती मगर, दाङ रुकुमको तकसेराबाट दाङ बसाइँ सरेकी जुनु बुढाले नजिकिंदो भूम्या (नोगोबाङ्गे) पर्वका लागि नयाँ कपडा किनिसकिन्। मगर विद्यार्थी संघ दाङकी अध्यक्ष समेत रहेकी जुनु यस वर्ष घोराहीमा भूम्या महोत्सव आयोजना गर्न खटेकी छन्।

The Government has Humiliated the Badi Community

Image
'As the government officials write 'father unidentified' in the citizenship certificate of the Badi youth; they complain that the government exploited them in the past and humiliated them at present.'

Devika Gharti Magar

Jeeva Badi (name changed) required a citizen certificate after her mother passed away the previous year. She had to transfer the land and holdings owned by her mother to her own name.She spent many days visiting the municipality and the district administration office to get her citizen certificate.And, after a long and tiring attempt, she was successful in obtaining the citizenship certificate.