Skip to main content

Posts

Showing posts from July, 2014

सिमेन्ट उद्योगले सास्ती

दाङका दुई सिमेन्ट उद्योगले फालेको धूलो र धूवाँले स्थानीयको दैनिकी समस्यामा पारेको छ। देविका घर्ती मगर बिजौरी–१ मा रहेको सोनापुर सिमेन्ट उद्योग खुल्न लागेकोमा खुशी भएका स्थानीय बासिन्दा धूलो, धूवाँ र ध्वनि प्रदूषण बढ्न थालेपछि अहिले चिन्तित बनेका छन्। स्थानीय र उद्योगबीच विवाद पनि बढ्न थालेको छ।
सिमेन्ट उद्योगलाई जमीन नदिने पक्षमा रहेका मानपुर गाविस–९ बघौसीका हिमालय अधिकारी अरूले साथ नदिएपछि मात्र जमीन दिन सहमत भएका थिए। गाउँबस्ती भएको ठाउँमा सिमेन्ट उद्योग राख्नुहुन्न भनेर आफूले विरोध गरेको उनी बताउँछन्।