बेलायतमा रहेका राप्तीवासीद्धारा दाङका अग्नीपिडितलाई सहयोग

दाङ, भदौ १९ । बेलायतमा रहेका राप्ती क्षेत्रका पुर्व बृटिस गोरखा सहित विभिन्न ब्यक्तिहरुले दाङका अग्नीपिडितहरुलाई सहयोग उपलब्ध गराएका छन् । बेलायतमा रहनुभएका दाङ निवासी पुर्व बृटिस गोरखा आर्मी मानबहादुर थापा मगरको पहलमा राप्ती समाज युकेमार्फत् दाङ राजपुर गाविस–९ बनकट्टीका अग्नीपिडितहरुलाई नेपाली रुपैयाँ ६३ हजार ३ सय ३२ रुपैयाँ सहयोग गरिएको हो ।

भदौ १९ गते दाङको घोराहीमा एक कार्यक्रमको आयोजना गरी राप्ती समाजका सदस्य समेत रहनुभएका थापामगरले उक्त रकम बनकट्टी आगलागी पिडित राहत समन्वय समितिका संयोजक ईन्द्र भण्डारीको नेतृत्वमा आएको पिडितहरुको टोलीलाई हस्तान्तरण गरिएको हो ।
बेलायतमा रहनुभएका राप्तीवासी १८ जना पुर्व बृटिस आर्मी र २ जना विद्यार्थीहरुले उक्त रकम उपलब्ध गराएका हुन् ।
जसअनुसार दाङ तुलसिपुरका रेखबिक्रम मल्लले २० पाउण्ड, हलवार बनहरीका मानबहादुर थापाले २० पाउण्ड, लमही दाङ निवासी टिकासिँह ठकुरीले २० पाउण्ड, घोराही निवासी लाल राना मगरले २५ पाउण्ड, घोराही निवासी मिलन थापा मगरले २० पाउण्ड, तुलसिपुर निवासी किशोरबहादुर पुन मगरले २० पाउण्ड, तुलसिपुर निवासी पवित्र केसीले १० पाउण्ड, घोराही भरतपुर निवासी विष्णुबहादुर घर्ती मगरले १० पाउण्ड, ढिकपुर दाङ निवासी पे्रम केसीले १० पाउण्ड, रुकुम दुली निवासी झुपलाल बाँठामगरले २० पाउण्ड, रोल्पा निवासी पञ्चबहादुर पुनमगरले १० पाउण्ड, प्यूठान निवासी घमानसिँह घर्तीमगरले १५ पाउण्ड, रुकुम दुली निवासी टिकाबहादुर बाँठामगरले २० पाउण्ड, चैलाही लमही निवासी गँगाबहादुर मल्ले २५ पाउण्ड, घोराही निवासी नरबहादुर गुरुङले ३० पाउण्ड, लालमटिया निवासी शोभाराम बुढामगरले २० पाउण्ड, घोराही निवासी ज्यामबहादुर पुनमगरले २० पाउण्ड, घोराही नवलपुर निवासी बिजुकुमार श्रेष्ठले २० पाउण्ड, घोराही निवासी भुपेन्द्र पुनमगरले २० पाउण्ड र राजेन्द्र बुढामगरले २० पाउण्ड सहयोग उपलब्ध गराउनुभएको त्यसअवसरमा थापाले जानकारी दिनुभयो ।
२०७० वैशाख २५ गते दाङ राजपुर–९ बनकट्टीमा स्थानिय विरबहादुर सुनारको घरबाट विद्युतको तार सर्ट भएर लागेको आगोका कारण उक्त गाउँको ७० घरगोठ जलेर नष्ट भई ४० घर पुर्णरुपमा नष्ट हुँदा २ सय ४ जना अग्नीपिडित अहिलेपनि विद्यालय र त्रिपाल टाँगेर बस्दै आएका छन् । राप्ती समाज युकेका सदस्य थापाले जिल्लामा साउन अन्तिम साता आएको वाढीबाट भएको पिडितहरुका लागि पनि बेलायतमा सहयोग जुट्ने क्रम रहेको जानकारी दिनुभयो । अग्नि पीडित राहत व्यवस्थापन समितिका संयोजक इन्द्र बाहादुर भण्डारीको अध्यक्षता तथा राप्ती समाज युके का सदस्य तथा अवकाश प्राप्त ब्रिटिस शैनिक मानबहादुर थापा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा वोल्दै अग्नी पीडित सुर्य नेपालीले आफुहरु अझै पनि पुनस्थापना हुन नसकेको र यसतर्फ राज्यले कुनै ध्यान नदिएको गुनासो गर्नु भएको थियो । त्यस अवसरमा नेपाल पत्रकार महासंघ दाङका सदस्य प्रशान्त वली लगायतले बोल्नुभएको थियो । कार्यक्रममा उपस्थित अग्नीपिडितहरुले आफुहरु अहिले दुखद् जीवन बिताईरहेको बताएका थिए । कार्यक्रमको सहजिकरण गोर्खा बोर्डिङ स्कूलका भाइस प्रिन्सीपल मानसिङ घर्ती मगरले गर्नूभएको थियो ।

Comments

Popular posts from this blog

अथार मगरात (खाम भाषि मगरहरु) क्षेत्रको महत्वपुर्ण चाड नोगोबाङ्गे (भुम्या)

नेपाली समाजको गम्भिर सामाजिक समस्या : दाइजो र तिलकप्रथा