Skip to main content

Posts

Showing posts from October, 2014

विद्यालय जोगाउने चिन्ता

२०४७ मा स्थापना भएको दाङको टरिगाउँस्थित गौरीगाउँ प्राथमिक विद्यालयमा विद्यार्थी घटेपछि विद्यालय जोगाउने चिन्ता बढेको छ ।
प्रावि गौरीगाउँको कक्षा ४ र ५ का विद्यार्थीलाई पढाउँदै शिक्षक रुक्मिणा रेग्मी।

२०५७ देखि दाङको टरिगाउँ–५ गौरीगाउँस्थित गौरीगाउँ प्राथमिक विद्यालयमा पढाउन थालेकी रुक्मिणा रेग्मी (४८) ले शुरूमा एक कक्षामा ४५ जनासम्मलाई पढाइन्। तर, अहिले विद्यालयभरिमा ३६ जना मात्र विद्यार्थी छन्। उनीहरूमध्ये पनि २२ जना मात्र नियमित विद्यालय आउँछन्।