Skip to main content

Posts

Showing posts from December, 2014

राष्ट्रिय गानका सर्जक ‘ब्याकुल माइला’ सँग एकछिन

हामी सबैले गर्व गर्ने नाम ब्याकुल माइला । देशकै माइला । अर्थात् प्रदिपकुमार राई । वास्तविक नाम प्रदिपकुमार राई भएपनि हाम्रा राष्ट्रका गौरव राष्ट्र गानका सर्जक ।
२०६२÷०६३ को जनआन्दोलन र १० वर्षे सशस्त्र युद्धपछिको साझा उपलब्धी हामी नेपालीको राष्ट्रगानका सर्जक ब्याकुल माइलासँग घोराहीमा भेट गर्ने अवसर मिल्यो । ओखलढुङ्गा हिलेपानी निवासी ब्याकुल माइला राष्ट्रगानका रचयिता राष्ट्रका गौरव हुनुहुन्छ । स्कुले अवस्थाबाट नै साहित्यमा कलम चलाउँदै आउनुभएका ब्याकुल माइलाको साहित्यिक यात्रा भने २०४७ सालमा अध्ययनको सिलसिलामा काठमाडाँैं प्रवेश गरेपछि सुरु भएको हो । सुरुमा कविताबाट साहित्य यात्राको थालनी गर्नुभएका माइलाले गजल, गीतमा कलम चलाउँदै आउनुभएको छ ।

बुढ्यौली रंग : मन बूढो नभएपछि

बाघमारे, दाङ । छेउमा मादल र पैजन बज्न सुरु गरेदेखि नै मैमी वलीको हाँसो फुर्न सुरु गरेको हो । ६५ वर्षिय मैमी छेउमै मादल बज्न सुरु गरेपछि निकै मुस्काउँदै बाजा बजाउनेहरुको अगाडि पछाडि गरिरहनुभएको थियो । बाजा बज्दै गर्दा मैमीको मुजा परेका शरी रका छाला र मुजा परेको अनुहार धेरै पटक हाँस्यो । बाघमारे–४ विष्णुपुर निवासी मैमी पुराना लोक कलाकार हुन् । मुसिकोट छिवाङबाट १२ वर्ष पहिले दाङ बाघमारे आउनुभएका मैमीका दुई छोरा, १ छोरी र ८ नातिनातिना छन् । तर, उहाँको गीतसंगीतप्रतिको रंग भने ताजै छ । बैंशमा मेलापात जाँदा गाएको नाचेको अहिले पनि मैमीलाई झझल्को छ । सिंगारु नाच समेत नाच्ने मैमी मादल बज्दै गर्दा आफै गीत गाउन थाल्नुभयो, भने नाच्न पनि थाल्नुभयो ।

गौरा तिमी ‘मिसाल’ हौं !

ठ्याक्कै मलाई याद त भएन । कति कक्षामा पढ्दा हो । स्कुल पढ्ने बेलामा कतै पढेको थिए । गौरा प्रसाईको बारेमा । अलि सानो उमेर भएकाले होला उनको बारेमा पढेका सबै कुरा अहिले सम्झना छैन । तर, यति कुरा चाँही सम्झन सकँे । कि गौरा प्रसाई ठूलो मान्छे हुन् । राजनीति गर्छिन् भन्नेसम्म मैले याद गर्न सकँे । उनको बारेमा सानैमा पढ्न पाएकाले हुन सक्छ मैले गौराको नाम कहिल्यै बिर्सन सकिनँ । कतैबाट गौराको नाम आएमा जान्ने उत्सुकता मलाई सधँै भइरह्यो । २०६८ सालमा उनले एउटा किताब लेखिन् ‘मेरा जीवनका पाना’ । यसको दोस्रो संस्करण २०६९ सालमा प्रकाशित भयो । बजारमा आएका किताब अरुले पढिसकेर चर्चा गरेपछि बल्ल किन्ने बानी छ मेरो । अलि अल्छि पनि छु । बजारमा आएर अलि चर्चामा आएका किताबहरु मेरो हैसियतले भ्याएसम्म किन्ने पनि गर्छु । तर, पढ्ने….?