Skip to main content

Posts

Showing posts from May 18, 2014

Village of the widows

Time hasn’t healed the sorrow of the women of Dang who are dismayed by the self-pardon of perpetrators
Devika Gharti Magar

PICS: DEVIKA GHARTI MAGAR SINGLE WOMEN: Security forces lined up and shot 12 villagers from Kauadhari in Dang in 2002. Three of them were the sons of Bijuli Sarki. The husbands of Sita, Lakshmi and Sabitra (sitting at back) were also killed. After they launched their insurrection in 1996, Maoist rebels had been fighting with the Nepal Police. But near midnight on 24 November 2001, they launched simultaneous attacks across the country on Royal Nepal Army bases. The biggest attack was on the barracks in Ghorahi of Dang district where 14 soldiers and 11 policemen were killed and a large quantity of modern weapons looted.

कसरी भुल्ने नरसंहार ?

सरकारले द्वन्द्वकालका जघन्य अपराधका दोषीलाई माफी दिनेगरिको कानून बनाएपछि त्यसवेलाका ठूल्ठूला नरसंहारले पनि मान्यता पाउने अवस्था सिर्जना भएको छ ।

हिमालखबर मंगलबार , २३ वैशाख २०७१ ४:२० पम देविका घर्ती मगर, दाङ, गोपाल गडतौला, झापा
दाङको कौवाघारी हत्याकाण्डका पीडितहरु । तीन छोरा गुमाएकी बिजुली सार्की तथा मृतकहरु भीमबहादुर सार्की, रमेश सार्की र निपबहादुर सार्कीका पत्नीहरु सीता, लक्ष्मी र सावित्रा दायाँबाट क्रमश: । तस्वीर: देविका घर्तीमगर
१३ मंसीर २०५८ को अपरान्ह ३ बजेतिर दाङको घोराही नगरपालिका–३ बर्गदीमा दाइँ गरिरहेका ११ जनालाई तत्कालीन शाही नेपाली सेनाको टुकडीले खलामै लाइन लगाएर एकै चिहान बनायो ।

उद्यमी बने द्वन्द्वपीडित महिला

रोल्पाका द्वन्द्वपीडित महिलाहरु आफनै पौरखले उद्यमी बनेका छन् । हिमालखबर बिहीबार , १३ चैत्र २०७० ६:२५ पम -देविका घर्ती मगर, रोल्पा माओवादी र सुरक्षाफौजको धम्की खप्न नसकेर २०५९ मा रोल्पा हवामा–१ क्वापाटलबाट सदरमुकाम लिवाङ आएकी शंकरा बुढामगर (४५) को परिवार द्वन्द्व सकिएपछि पनि गाउँ फर्केन। माओवादीले घर ध्वस्त बनाएकाले लिवाङको डेरामा जीवन गुजारा गर्दै आएको तीन छोराछोरीसहित शंकराको परिवारले लामो समय आर्थिक समस्या झेल्नुपर्‍यो। आफू जस्तै ११ जना द्वन्द्वपीडित मिलेर वैशाख २०७० मा ‘रोल्पाली द्वन्द्वपीडित महिला सल उद्योग’ खोलेपछि भने उनको परिवारलाई केही राहत भएको छ।
तस्वीरः देविका घर्ती मगर घरेलु तथा साना उद्योग कार्यालय, रोल्पाले ६० जना महिलालाई तानबाट कपडा बुन्ने ४५ दिने तालिम दिएपछि द्वन्द्वपीडित महिलालाई उद्योग खोल्ने साहस आयो।

भैंसी पालेरै महीनामा ४५ हजार कमाइ

व्यावसायिक भैंसीपालनमा लागेका दाङ, घोराहीका एक युवाले मासिक रु. ४५ हजार आम्दानी गरिरहेका छन् ।
हिमालखबर शुक्रबार , २३ फागुन २०७० ९:५८ एम
तस्वीरः देविका घर्ती मगर दुई वर्षअघि तीन वटा भैंसी किनेर व्यावसायिक भैंसीपालन थालेका दाङको घोराही नगरपालिका–११ का सरोज शाहको फार्ममा अहिले ७ वटा भैंसी छन्।

लोकनाटकको स्वाद (सात तस्वीर)

घोराहीको ‘मध्यपश्चिम तथा सुदुरपश्चिमस्तरीय लोकनाटक उत्सव’मा विविधताको स्वाद लिन सकिन्छ ।
देविका घर्ती मगर हिमालखबर
मंगलबार , २८ माघ २०७० ७:३९ पम
दाङ, घोराहीमा आ–आफ्नो परम्परागत मौलिक पोशाकमा छुट्टाछुट्टै समूह देखा परे । लोकसाहित्यभित्रको महत्वपूर्ण विधा लोकनाटक पछिल्लो समय लोप हुँदै गएपछि लोकनाटकको सँरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको लोकनाटक उत्सवमा मगर, थारु, खस समुदाय, अवधी भाषीहरु आ–आफ्नो मौलिक परम्परागत लोकनाटक लिएर उपस्थित थिए ।

४ महीना स्कूल, ६ महीना ईटाभट्टा

गरीबीमा हुर्किरहेका दाङको हापुर–७ नयाँबस्तीका बालबालिका घरछेउमै स्कूल भएर पनि पढाइबाट बञ्चित छन् । हिमालखबर आईतबार , २६ माघ २०७० ६:१९ पम
देविका घर्ती मगर, घोराही नयाँबस्तीका टोपबहादुर गन्धर्व गएको ५ पुसमा पाँच छोराछोरी र श्रीमती लिएर दक्षिणकालीस्थित ईटाभट्टामा काम गर्न काठमाडौंतिर लागे । ऐलानी जग्गामा बनेको उनको घरमा ताला लागेसँगै नजिकैको बालकल्याण प्राथमिक विद्यालयमा ६ महीनाका लागि दुई विद्यार्थी घटेका छन् । “छोराछोरी पढाउन मन लागेर मात्र के गर्नू”, टोपबहादुर भन्छन्, “पहिला त तिनलाई र आफूलाई बचाउनु पर्‍यो !”
तस्वीरहरुः देविका घर्ती मगर यो वर्ष पटक–पटक बिरामी परेर नेपालगञ्जमा उपचार गराउँदा धेरै ऋण लागेकोले खर्च जुटाउन परिवारै राजधानीको ईटाभट्टामा जानुपरेको उनले बताए ।

१६ वर्ष पछि घाटु नाच (तस्वीरसहित)

गण्डक क्षेत्रबाट दाङमा बसाई सरेर आएका मगर समुदाय नयाँ पुस्तालाई घाटु नाच सिकाएर संस्कृति संरक्षणमा लागेका छन् । हिमालखबर सोमबार , २० माघ २०७० ३:२४ पम उनीहरुले घाटु नचाउन छाडेको १६ वर्ष पुगेछ । नयाँ पुस्ताले चासो दिन छाडेपछि उनीहरुले घाटु नाच नचाउनै छाडेका हुन् ।

दाङमा दँगीशरण विवाह (फोटो फिचर)

थारु समूदायले परम्परागत विवाह संस्कारलाई बचाई राख्ने उद्देश्यले धुमधामसँग दँगीशरण विवाह महोत्सव मनाएका छन् ।
हिमालखबर सोमबार , ६ माघ २०७० ७:५७ पम
थारु समुदायले दाङ, नारायणपुर–७ उत्तरअमराईमा दँगीशरण विवाह महोत्सव मनाएका छन् । महताँवा महासंघ नारायणपुर ईकाइ समितिले ‘दँगीशरण विबाह महोत्सव’ आयोजना गरेको हो ।

र्‍याम्पमा मगर संस्कृति

अठार मगरात क्षेत्रको परम्परागत भेषभुषामा सजिएका मगर युवाहरु १३ पुषमा दाङ्को घोराहीमा र्‍याम्पमा उत्रिए ।
हिमालखबर आईतबार , १४ पुस २०७० ३:४० पम नेपाल मगर संघ, मगर सांस्कृतिक संघलगायत ८ वटा मगर समुदाय सम्बद्ध संस्थाहरुको आयोजनामा ‘मगराँत सांस्कृति भेषभुषा प्रतियोगता’ दाङको घोराहीमा सम्पन्न भएको छ ।

भूम्या रौनक

भूम्या खाम र पाङ मगर समुदायको प्रमुख पर्व हो । भूम्यामा मगरहरू भूमि देवताको पूजा गर्छन् ।
सोमबार , २७ जेठ २०७० २:०५ पम -देविका घर्ती मगर, दाङ रुकुमको तकसेराबाट दाङ बसाइँ सरेकी जुनु बुढाले नजिकिंदो भूम्या (नोगोबाङ्गे) पर्वका लागि नयाँ कपडा किनिसकिन्। मगर विद्यार्थी संघ दाङकी अध्यक्ष समेत रहेकी जुनु यस वर्ष घोराहीमा भूम्या महोत्सव आयोजना गर्न खटेकी छन्।