Skip to main content

Posts

Showing posts from May 26, 2014

'गोप्य' भ्रमण खुला जानकारी

पहिलो पटक नेपाल आएकी बलिउड सेलिब्रेटी सेलेना गोमेज ६ जेठमा बुद्ध एअरबाट नेपालगञ्जहुँदै दाङ पुगेर सतवरिया–३ को राप्ति माविका विद्यार्थीसँग भलाकुसारी गरिन्। स्थानीय बालबालिकासँग बालविवाह र बालश्रमबारे अन्तरक्रिया समेत गरेकी उनले बालश्रम विरुद्ध कार्यरत बालक्लबले शिक्षाबाट वञ्चित बालबालिकालाई विद्यालय ल्याउन गरिरहेको प्रयासको प्रशंसा गर्दै बालक्लबलाई विभिन्न वाद्य सामग्री हस्तान्तरण पनि गरिन्। अनि स्थानीय तन्नेरीहरूसँगै विद्यालय प्राङ्गणमा थारु नाच झुम्रामा झुमिन्। सतवरियामा यसरी करीब अढाइ घण्टा विताएर सेलेना स्थानीय महिलाहरूको स्वास्थ्य अवस्था बुझ्न गंगापरस्पुर पुगिन्। तस्विरः विकिरण गौतम