Posts

Showing posts from September 5, 2014

बेलायतमा रहेका राप्तीवासीद्धारा दाङका अग्नीपिडितलाई सहयोग

Image
दाङ, भदौ १९ । बेलायतमा रहेका राप्ती क्षेत्रका पुर्व बृटिस गोरखा सहित विभिन्न ब्यक्तिहरुले दाङका अग्नीपिडितहरुलाई सहयोग उपलब्ध गराएका छन् । बेलायतमा रहनुभएका दाङ निवासी पुर्व बृटिस गोरखा आर्मी मानबहादुर थापा मगरको पहलमा राप्ती समाज युकेमार्फत् दाङ राजपुर गाविस–९ बनकट्टीका अग्नीपिडितहरुलाई नेपाली रुपैयाँ ६३ हजार ३ सय ३२ रुपैयाँ सहयोग गरिएको हो ।

पूर्व लडाकूलाई छाक टार्नै धौ–धौ

Image
माओवादी लडाकू बनेकी सल्यानको बामे गाविसकी लालकुमारी पुनले धेरै लडाईंमा भाग लिइन्। आफू जस्तै लडाकू नरेश रसाइलीसँग अन्तरजातीय विवाह गरिन्। २०६२ मा गाडी दुर्घटनामा पतिको निधन हुँदा पार्टी पनि शान्ति प्रक्रियामा आइसकेको थियो। त्यसलाई उनी जीवन भत्किनु र पार्टी बिग्रनु एकै पटक हुन पुगेको दुर्घटना बताउँछिन्। त्यसपछि लडाकू शिविरमा बसेर स्वेच्छिक अवकाश पाएकी लालकुमारी अहिले मजदूरी गरेर जीवन धानिरहेकी छिन्।

उपभोक्ता समूह नै तस्करीमा

Image
वन संरक्षण गर्न बनेका दाङका सामुदायिक वन उपभोक्ता समूह नै तस्करीमा संलग्न देखिएका छन्।
हिमालखबर मंगलबार , १३ साउन २०७१ २:४६ पम
देविका घर्ती मगर, दाङ
पदाधिकारी एवं उपभोक्ताहरूले अवैध रूपमा रूख कटान गरेर सामुदायिक वनको मर्म, भावना र कार्ययोजनाको शर्त विपरीत काम गरेको भन्दै १० माघ २०७० मा जिल्ला वन कार्यालय दाङले वन ऐन २०४९ बमोजिम पञ्चकुले दाङस्थित भलई–जलजला सामुदायिक वन उपभोक्ता समूहको दर्ता खारेज गर्‍यो। समूहले जिल्लाको निर्णय विरुद्ध मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतमा पुनरावेदन गरे पनि २९ वैशाख २०७१ मा निर्देशनालयले जिल्लाकै निर्णय सदर गर्‍यो।