Skip to main content

Posts

Showing posts from 2015

साताका ब्लगर : सामान्य आफ्ना विचार, भावना, लेख, रचना ब्लगिङ गर्नेलाई आचारसंहिता आवश्यक छैन : देविका घर्ती मगर

दाङकी देविका घर्ती मगर विगत ९ वर्ष देखि पत्रकारिताको क्षेत्रमा कार्यरत छिन् । कापी उद्योगमा काम गर्दा गर्दै बाध्यताले पत्रकारितामा लागेकी देविकाको अहिले रहरको पेशा भएको छ पत्रकारिता । स्नातकसम्मको अध्ययन पुरा गरेकी उनलाई फोटोग्राफीमा विशेष रुचि छ । घुम्दै फोटो खिच्न, लेख्न र पुस्तक पढ्न मन पराउँछिन देविका । महिलाका सवाल, पर्यटन र संस्कृतिका विषयमा लेख्न रुचाउँने उनी ब्लग लेखनमा पनि सक्रिय छिन् ।

संविधानसभाबाट स्कूलतिर

हीबार , ३ असार २०७२ १:१७ पम पढेकाहरूबाट हेपिएकी पूर्वसभासद् शान्ता चौधरी (३५) ले कक्षा ८ मा नाम लेखाएकी छन्। 'भाँडा माझ्दा–माझ्दै संविधानसभामा आएकी', पहिलो संविधानसभामा नेकपा (एमाले) बाट समानुपातिक सभासद् चुनिएपछि लक्ष्मीपुर–४, दाङकी शान्ता चौधरीले पाएको पहिलो प्रतिक्रिया यही थियो। संसद्मा उनी प्राकृतिक स्रोत–साधन समितिकी सभापति समेत बनिन्। नपढेकी सभासद् भन्दै हेप्नेहरूमा कतिपय सभासद् पनि थिए। अनि शान्तालाई लाग्थ्यो, 'पढे–लेखेकी भइदिएको भए हेपिनुपर्ने थिएन।'

Never too late

Devika Gharti Magar in Himal Khabarpatrika, 14-20 June DEVIKA GHARTI MAGAR Shanta Chaudhary never went to school because she was forced to become a Kamlari (girl-child indentured labourer) at the age of eight. After being freed, she became an activist, working for the rights of landless farmers and to abolish Kamlari culture.

चर्चित ‘मलाला युसुफजाई’

विश्वकै प्रतिष्ठित १४ करोड अमेरिकी डलर राशीको नोबेल शान्ति पुरस्कार यसवर्ष पाकिस्तानी बालिका मलाला युसुफजाईले प्राप्त गरिन् । बालबालिकाको शिक्षाका लागि अभियान सञ्चालन गरेकी मलालाले यस अभियानका क्रममा ज्यानै समेत झण्डै गुमाउनुप¥यो । सानै उमेरमा विश्वको चर्चित नोबेल शान्ति पुरस्कार प्राप्त गरेकी मलाला यसकारणले पनि यस चर्चामा रहिन् । १७ वर्षको उमेरमा नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने मलाला सबैभन्दा कम उमेरका व्यक्तित्व हुन् ।

कविता र ईश्वर उस्तैउस्तै हुन्–यात्री

दाङ चैत्र १५ । साहित्यको उचाइ खोज्दै हिडेका समकालिन कवि हेमन यात्रीले दाङको घोराहीमा जिल्लाका स्रष्टाहरुसँग समकालिन साहित्यको विकासका बारेमा छलफल गरे । सुदूरपश्चिमको महेन्द्रनगरबाट सुटुक्क यात्रा थालेका कवि यात्रीले शनिबार घोराहीमा समकालिन कविता लेखनीको चर्चामात्र गरेनन्, आफ्ना एकदर्जन बढी कविता सुनाउन समेत भ्याए । ‘कविता र ईश्वर उस्तै–उस्तै लाग्छन् मलाई’, यही प्रसंगसँगै समकालिन कविता लेखनीको ‘ट्रेन’ को चर्चा सुरु गरेका कवि यात्रीले साहित्य लेखनीभित्र युगको आवाज समेट्नुपर्ने बताए । ‘समकालिन कविहरु आफ्नो लेखनीमा किन बहुरुप  दिन्छन् ?’ भनि राखिएको जिज्ञासामा कवि यात्रीले भने, ‘कविले आफ्नो युगको आवाज बोल्ने हो ।