Skip to main content

कविता र ईश्वर उस्तैउस्तै हुन्–यात्री

दाङ चैत्र १५ । साहित्यको उचाइ खोज्दै हिडेका समकालिन कवि हेमन यात्रीले दाङको घोराहीमा जिल्लाका स्रष्टाहरुसँग समकालिन साहित्यको विकासका बारेमा छलफल गरे । सुदूरपश्चिमको महेन्द्रनगरबाट सुटुक्क यात्रा थालेका कवि यात्रीले शनिबार घोराहीमा समकालिन कविता लेखनीको चर्चामात्र गरेनन्, आफ्ना एकदर्जन बढी कविता सुनाउन समेत भ्याए ।
‘कविता र ईश्वर उस्तै–उस्तै लाग्छन् मलाई’, यही प्रसंगसँगै समकालिन कविता लेखनीको ‘ट्रेन’ को चर्चा सुरु गरेका कवि यात्रीले साहित्य लेखनीभित्र युगको आवाज समेट्नुपर्ने बताए । ‘समकालिन कविहरु आफ्नो लेखनीमा किन बहुरुप  दिन्छन् ?’ भनि राखिएको जिज्ञासामा कवि यात्रीले भने, ‘कविले आफ्नो युगको आवाज बोल्ने हो ।
नेपाली कविताको समकालिनताभित्र विभिन्न रुप र तरङ्गहरु देखिदै आएका छन् । तिनैलाई समेटी कविता लेख्दा भिन्दाभिन्दै रुप आउनु स्वभाविकै हो ।’ साथै यात्रीले समकालिन कविहरुसँग एउटै रुप र धाराका कविताको आशा गर्नु उपयुक्त नहुने बताए ।
चैते दसैँकै दिन दाङ आइपुगेका समकालिन कवि यात्रीले कवितामै दसैँ  सम्झिन भ्याए । ‘दसैँ परिवारसँग आत्मियता साट्ने दिन हो । सकिदो रहेनछ, अनि पुग्दो रहेनछ–सोचेजस्तो । र त म दाङबाटै दसैँ सम्झिदैछु ।’ यो भनाइसँगै उनले यसरी सम्झिएका थिए दसैँलाई ।
   दसैँ
    रिसाएर फर्कियो होला
    मसित
    बोलाउन सकिनँ
    नयाँ दुलहीझैं सिँगारी
    घरभित्र हुल्न
    यो वर्ष पनि ।
झण्डै आठसय किलोमिटर पश्चिम दाङबाट कवि यात्रीले दसैँ सम्झदै गर्दा राप्ती साहित्य परिषद्को सभाहल मौनताभित्रै हराएझैं लाग्थ्यो । मोरङको रमिते खोलामा जन्मिएका ३३ वर्षे कवि यात्रीले दसैँ कसैको घरमा अभाव बनेर नआइदेओस् भन्ने कामना दुर्गामातासँग यसरी गर्न भ्याए, त्यो पनि कविताकै माध्यमबाट ।
    दुर्गा !
    गरीबको घरमा बास बस्ने
    दुःखको अर्को कुनै पर्व भए
    पठाइदिनू
    जसलाई प्रेमले लगेर भित्र्याउँला ।
‘दसैँ र छेप्पाकुप्पा’ शीर्षकको कविता वाचनको बिट मार्दै ‘तिमी लालीगुराँस हुँदा मेरो मुटु चुँडियो’ शीर्षकको कविता बाचन सुरु गरेका यात्रीले कविता बाचन गर्दा अधुरा रहेका सहिदका सपनाहरु पुरा गर्ने कार्यमा राष्ट्र प्रमुखहरु उदासिन भएको प्रतीत हुन्थ्यो ।
 व्यग्र आशा साँधेर बाँचिरहेको म
    माथि सम्मेलन टुंगो लागेर
    जुलूस नयाँ घोषणापत्र लिएर फर्किएरहेको छ
    मेरो घरको उही बाटो भएर
    घोषणापत्र संघार छेउ राखेर
    जुलुस अल्पियो
    पत्रमा
    लेखिएको छ
    वीर सहिद अमर रहून् ।
मुलुकको परिवर्तनका खातिर आप्mनो प्राणको आहुति दिएका सहिदका सपनाहरु पुरा गर्नु राज्यका सबै नागरिकको कर्तव्य भएको भन्दै कवि यात्रीले उक्त कार्यमा लाग्न सबैलाई आग्रह गरे । लाहुरे अनि बेरोजगार जन्माउने देशका हजारौं आमाहरु परदेशिएका सन्तानको व्यग्र पर्खाइमा बसेको दर्दनाक बिम्बद्वारा सिर्जित ‘आमाको गीत–२’ शीर्षकको कविता बाचन गर्दा कवि स्वयं कता–कता हराएझैं लाग्थ्यो ।
   साँझपख घरमुन्तिरको बूढो खरबारीमा
    हँसिया बोकेर हिँडेकी आमा
    खै ! किन हो,
    खरबारीमा बसेर गुनगुनाउन थालिन्–
    ‘सरमा–सर सिक्रेटै खानू कँैचिमार बकासको
    कँैचिमार बकास खोलेर हेर्दा छ माया क–कसको’
    यसरी उमेरको पचपन्न वर्षपछि
    पहिलोपल्ट आमाले रुँदैरुँदै गाएको सुनेर
    खरबारी आफै रोइरहेको छ ।
दुई घण्टासम्म चलेको कार्यक्रममा समकालिन कवि हेमन यात्रीले कविता बाचन गरुञ्जेल राप्ती साहित्य परिषद्को सभाहल पुरै मौनताभित्र हराएझैं देखिन्थ्यो । कलेज कविता अभियानले संयोजन गरेको कार्यक्रममा जिल्लाका युवाकवि नवीन अभिलाषी, घनश्याम अस्तित्व र दीपा धितालले कविता बाचन गर्नुभएको थियो । अभियानका अभियन्ता घनश्याम अस्तित्वले विषय प्रवेश गराउनुभएको कार्यक्रमको सहजीकरण अभियानका अभियन्ता नवीन अभिलाषीले गर्नुभएको थियो ।

Comments

Popular posts from this blog

नेपाली समाजको गम्भिर सामाजिक समस्या : दाइजो र तिलकप्रथा

नेपालिसमाजमामहिलाहरुमाथिहुनेघरेलुिहंसामादाईजोरतिलकप्रथालेक्रमशःभयावहरुपलिनथालेकोछ।सामन्तवादीपित्रृसतात्मकसमाजकोकुप्रथाकोरुपमारहेकोदाईजोरतिलकप्रथासमाजकोविकाससंगैघट्नुकोवदलावृद्विहुदैगैरहेको।सामाजिकरुपमाएकप्रकारकोहोडरछोराकोविवाहलाईघनकमाउनेमाध्यमकोरुपमाप्रयोगगर्नचाहनेस्वार्थीमानसिकतालेनैअहिलेयोप्रथादिनप्रतिदिनअझभयावहरविकृतवनेरदेखापरेकोछ।
दाईजोप्रथाकोस्ाुरुवातकहिलेरकहाँवाटशुरुभयोभन्नेकुरायकिनगरेरभन्नतसकिन्न।तरथुर्पैवुद्विजिविहरुलेदाइजोकोप्रचलनप्राचिनकालिनआर्यवर्तकोसामाजिकव्यवस्थामारहेकोउदाहरणप्रस्तुतगरेकाछन्।स्वस्थानीव्रतकथामागोमाव्राम्हणीलाईउनकाआमाबुवालेप्रसस्तधनसम्पत्ािसुनचाँदिगाईघोडाहातिदानदिईएकोरमहाभारतकथामापनिवेहुलिलेदाइजोकोरुपमासुनचाँदिगाईघोडाआदि

मेनका ! के तिमी साँच्चिकै हामीमाझ छैनौ ?

देविका घर्तीमगर
जीवनका धेरै त्यस्ता सत्यहरु छन्, जो हामीलाई स्विकार गर्न गाह्रो हुन्छ । हाम्रो मनले स्विकार नगर्दा पनि ती सत्य आखिर सत्य नै हुन्छन् । किनकि यथार्थबाट हामी भाग्न सक्दैनौं । यस्ता कुराहरु म धेरैलाई सम्झाउँदै आएँ । लामो समय भएछ ती पीडितहरुसँग कुनै न कुनै रुपमा गाँसिदै र उनीहरुलाई सम्झाउँदै आएको । अक्षर खेतीसँग जोडिएका कारण पीडामा परेका, विपद्मा परेका, दुःखमा परेकासँग कुनै न कुनै रुपमा जोडिइरहें । तर त्यही पीडा आफैलाई पर्दाको अनुभूति भने पहिलो पटक गर्दैछु ।

बाबुबाजेलाई भेँडीगोठ नै प्यारो, छोराछोरी सिंगापुर र अमेरिका

देविका घर्तीमगर
काठमाडौं :
रुकुम, तकसेरा–८ तल्लो सेराका ४८ वर्षका सत्जीत बुढा आफुले थाहा पाएदेखि नै भेँडा गोठालो छन्। अहिले उनी तीन घरको सात सय भेँडा हेर्छन्। पुर्खाले निरन्तरता दिँदै आएको भेँडापालन पेशा छाड्न नसकेको सत्जीत बताउँछन्। उनी भेँडा चराउन बथान लिएर रुकुम, रोल्पा, दाङ, कर्णालीको डोल्पासम्म पुग्छन्।  भेँडा बेचेर जीवन गुजारा गर्ने सत्जीतलाई आफुपछि भेँडापालन पनि अन्त्य होला भन्ने चिन्ता छ। ‘हाम्लाई त हाम्रो पुर्ख्यौली पेशाको माया लाग्छ। तर के गर्ने र छोराछोरीले मान्दैनन्',