Skip to main content

Posts

Showing posts from March 30, 2015

कविता र ईश्वर उस्तैउस्तै हुन्–यात्री

दाङ चैत्र १५ । साहित्यको उचाइ खोज्दै हिडेका समकालिन कवि हेमन यात्रीले दाङको घोराहीमा जिल्लाका स्रष्टाहरुसँग समकालिन साहित्यको विकासका बारेमा छलफल गरे । सुदूरपश्चिमको महेन्द्रनगरबाट सुटुक्क यात्रा थालेका कवि यात्रीले शनिबार घोराहीमा समकालिन कविता लेखनीको चर्चामात्र गरेनन्, आफ्ना एकदर्जन बढी कविता सुनाउन समेत भ्याए । ‘कविता र ईश्वर उस्तै–उस्तै लाग्छन् मलाई’, यही प्रसंगसँगै समकालिन कविता लेखनीको ‘ट्रेन’ को चर्चा सुरु गरेका कवि यात्रीले साहित्य लेखनीभित्र युगको आवाज समेट्नुपर्ने बताए । ‘समकालिन कविहरु आफ्नो लेखनीमा किन बहुरुप  दिन्छन् ?’ भनि राखिएको जिज्ञासामा कवि यात्रीले भने, ‘कविले आफ्नो युगको आवाज बोल्ने हो ।