Skip to main content

Posts

Showing posts from July 13, 2015

संविधानसभाबाट स्कूलतिर

हीबार , ३ असार २०७२ १:१७ पम पढेकाहरूबाट हेपिएकी पूर्वसभासद् शान्ता चौधरी (३५) ले कक्षा ८ मा नाम लेखाएकी छन्। 'भाँडा माझ्दा–माझ्दै संविधानसभामा आएकी', पहिलो संविधानसभामा नेकपा (एमाले) बाट समानुपातिक सभासद् चुनिएपछि लक्ष्मीपुर–४, दाङकी शान्ता चौधरीले पाएको पहिलो प्रतिक्रिया यही थियो। संसद्मा उनी प्राकृतिक स्रोत–साधन समितिकी सभापति समेत बनिन्। नपढेकी सभासद् भन्दै हेप्नेहरूमा कतिपय सभासद् पनि थिए। अनि शान्तालाई लाग्थ्यो, 'पढे–लेखेकी भइदिएको भए हेपिनुपर्ने थिएन।'