Skip to main content

Posts

Showing posts from January, 2016

समय कति छिट्टै बित्दो रैछ !

देविका घर्ती मगरउमेर बढ्दै जाँदा । एउटा निश्चिम उमेरमा । कुनै क्षेत्रप्रति आकर्षण हुनु स्वभाविक विषय हो । त्यही उमेरकै कारण भनौं अथवा के भनौं । समयले पत्रकारितामा डोर्याएर ल्यायो । पत्रकारितामा प्रवेश गर्नेहरु सबैका आआफ्नै कथा छन् । मेरो पनि त्यस्तै कथा छ । सबैलाई आफ्नो कथा फरक लाग्दो हो । मलाई पनि लाग्छ । आफ्नै भएर हुनसक्छ । अरुभन्दा पृथक छ कि जस्तो पनि नलागेको होइन । खैर, जसरी भए पनि यो पवित्र पेशा पत्रकारितामा आइयो । यो पेशा आफैमा अत्यन्तै पवित्र पेशा हो । म यो पेशामा आउन पाए । यसले नै मेरो पहिचान बनाइदियो । यसअर्थमा पत्रकारिताप्रति आभारी छु । यो भन्दा फरक पेशामा हुन्थँे वा केही पनि गर्दैनथँे भने, मेरो अस्तित्व नै हुने थिएन सायद् । म कुनै ठाउँमा, मेरो गाउँ सुपैलाखुटीमै गुमनाम हुनेथिएँ हुँला ।

ती को हुन् जो आफ्नै ‘आमा’ विरुद्ध उठे

देविका घर्तीमगर
आमा हामी सबैका छन् । आमा भएरै हामी भएका हौं । आमा नहुँदी हुन् त हामी हुने थिएनाैं। हाम्रो अस्तित्व हुने थिएन । हामी कसैले पनि म फलाना हुँ भनेर गर्व गर्न सक्ने थिएनन् । आमा हाम्रा अभिभावक हुन् । जसले हरपल हाम्रो प्रगति भएको मात्र देख्न चाहन्छिन् ।
त्यस्तै नेपाल मातृभूमि पनि हाम्री आमा हुन् । उनी पनि हामी सबैको प्रगति देख्न चाहन्छिन् । त्यससँगै जोडिएर आउने राष्ट्रपति पनि नेपाली सबैका अभिभावक हुन् । आमा हुन् । मुलुकले संविधान पायो । संविधानसँगै राष्ट्रपति पनि ।
त्यो पनि प्रथम महिला राष्ट्रपति । नेपालको इतिहासमा दोस्रो राष्ट्रपति । मुलुकले संविधान पाइसकेपछिको प्रथम राष्ट्रपति । संविधानसँगै प्रथम महिला राष्ट्रपतिका रूपमा जब विद्यादेवी भण्डारी निर्वाचित भइन्, सबैमा हर्ष छायो ।