Skip to main content

Posts

Showing posts from November, 2016

बन्दना राणा - समाचारको संसारदेखि राष्ट्रसंघीय समितिसम्म

देविका घर्तीमगर  काठमाडौं : न्युयोर्कबाट फर्केको थाहा पाएपछि उनलाई फोन गरेँ। केही दिनमा भेट्ने समय मिल्यो। लोकेसन खोज्दै साथी नामक गैरसरकारी संस्थाको नख्खुस्थित कार्यालय पुग्दा दोश्रो तलामा पर्खिरहेकी थिइन्, बन्दना राणा। उनी महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सिड) को सदस्यमा निर्वाचित भएर भर्खरै स्वदेश फर्किएकी छन्।  कुनै बेला नेपाल टेलिभिजनमा अंग्रेजी समाचार पढ्ने बन्दनाको दायरा राष्ट्रसंघीय निकायसम्म पुगिसकेको छ। महिला पत्रकारहरुको संस्था सञ्चारिका समूह र साथी संस्थाकी संस्थापक पनि हुन् बन्दना।

छन्द गायिका लोचन, जसलाई नारायणगोपाल 'ठूली छोरी' भन्थे

देविका घर्तीमगर काठमाडौं : ‘टाढा–टाढा नभई जाउ तिमी, मेरो हृदय भन्दा पनि पर हर छातीमा यो दिल हुन्न, खोजी हिँड्दा मायाँ भेटिन्न आँसुमै डुब्छ जिन्दगी, अनि आफ्नो भन्ने कोही हुन्न।’ लोचन भट्टराईले २०४३ सालमा रेडियो नेपालको गायन प्रतियोगितामा गाएको यो गीत पहिलोमात्र भएन, उनलाई यही गीतले गायन क्षेत्रमा स्थापित पनि गरिदियो। गायनमा भाषिक शुद्धता, स्पष्टता खोज्ने लोचन छन्दवद्ध कविता गाउने प्रचलन आफैले सुरु गरेको दावी गर्छिन्। ‘गीत गाउनु भनेको शब्द गाउनु हो, अक्षर गाउनु हो, शब्दभित्रको भाव गाउनु हो’, यसैसाता राष्ट्रिय नाचघरस्थित आफ्नो कार्यकक्षमा थाहाखबरसँग उनले भनिन्, ‘कवितामा प्रयोग हुने छन्दमा पनि संगीत भर्न सकिन्छ भनेर यसमै लागेँ।' उनले लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, भीमनिधि तिवारी, धरणीधर कोइराला लगायतले लेखेका छन्दोवद्ध कवितामा स्वर भरेकी छन्।

बाबुबाजेलाई भेँडीगोठ नै प्यारो, छोराछोरी सिंगापुर र अमेरिका

देविका घर्तीमगर
काठमाडौं :
रुकुम, तकसेरा–८ तल्लो सेराका ४८ वर्षका सत्जीत बुढा आफुले थाहा पाएदेखि नै भेँडा गोठालो छन्। अहिले उनी तीन घरको सात सय भेँडा हेर्छन्। पुर्खाले निरन्तरता दिँदै आएको भेँडापालन पेशा छाड्न नसकेको सत्जीत बताउँछन्। उनी भेँडा चराउन बथान लिएर रुकुम, रोल्पा, दाङ, कर्णालीको डोल्पासम्म पुग्छन्।  भेँडा बेचेर जीवन गुजारा गर्ने सत्जीतलाई आफुपछि भेँडापालन पनि अन्त्य होला भन्ने चिन्ता छ। ‘हाम्लाई त हाम्रो पुर्ख्यौली पेशाको माया लाग्छ। तर के गर्ने र छोराछोरीले मान्दैनन्',

के गर्दैछन् नेपालका 'नेल्सन मण्डेला?'

जो केपी ओलीसँगै साढे २ वर्ष गोलघरमा बसे देविका घर्तीमगर
काठमाडौं :
मोहनचन्द्र अधिकारी, ७८ झापा आन्दोलनका योद्धामध्ये एक हुन्। 'सामन्त सफाया' गर्न भन्दै २०२८ सालमा झापाका कम्युनिस्ट युवाले गरेको विद्रोहका अगुवा मोहनचन्द्र २०३० सालमा पक्राउ परेर २०४६ सालमा पुसमा रिहा भए। राजनीतिक मुद्दामा १६ वर्ष ९ महिना जेल बसेका उनलाई नेपालका नेल्सन मण्डेला समेत भनिन्छ।  कम्युनिस्ट पार्टीको मेची अञ्चल इञ्चार्ज भएर झापा गएका मोहनचन्द्रले त्यहाँका कम्युनिस्ट युवासँग मिलेर २०२८ सालमा झापामा सामन्त सफाया, वर्ग शत्रु सफाया अभियान सञ्चालन गरे।

भूमिको पूजा गर्दै रिडी पारीका मगर समुदाय, यस्तो छ भूमेको इतिहास

देविका घर्तीमगर काठमाडौं : मगर समुदायको भूम्या (भूमे) पर्व बुधबार सुरु भएको छ। भूमिको पूजा गरी मनाइने यो पर्व रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले जेठ मशान्तदेखि असार ५ गतेसम्म मनाउने गर्छन्। मगर समुदायले प्राकृतिक प्रकोपहरु नलागोस्, अन्न उब्जनी राम्रो होस्, रोगब्याधी नलागोस् भनी आफु बसोबास गर्ने भूमिको पूजा गरी यो पर्व मनाउँछन्। पहिले पहिले रिडी नदी पारीका मगर समुदायको मुख्य पेशा भेडापालन थियो।