Skip to main content

Posts

Showing posts from December, 2016

मेनका ! के तिमी साँच्चिकै हामीमाझ छैनौ ?

देविका घर्तीमगर
जीवनका धेरै त्यस्ता सत्यहरु छन्, जो हामीलाई स्विकार गर्न गाह्रो हुन्छ । हाम्रो मनले स्विकार नगर्दा पनि ती सत्य आखिर सत्य नै हुन्छन् । किनकि यथार्थबाट हामी भाग्न सक्दैनौं । यस्ता कुराहरु म धेरैलाई सम्झाउँदै आएँ । लामो समय भएछ ती पीडितहरुसँग कुनै न कुनै रुपमा गाँसिदै र उनीहरुलाई सम्झाउँदै आएको । अक्षर खेतीसँग जोडिएका कारण पीडामा परेका, विपद्मा परेका, दुःखमा परेकासँग कुनै न कुनै रुपमा जोडिइरहें । तर त्यही पीडा आफैलाई पर्दाको अनुभूति भने पहिलो पटक गर्दैछु ।

सडकमा आगो बाल्दैछ एमाले तर चुपचाप छन् ओली

देविका घर्तीमगर
काठमाडौं : मंसिर १४ गते राति संविधान संशोधन विधेयक दर्ता भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सडक र संसदबाट आन्दोलन गर्दै आएको छ।  संशोधन प्रस्ताव दर्ता भएको दोस्रो दिन मंसिर १५ गते बसेको एमाले संसदीय दलको बैठक र १६ गते बसेको सचिवालय बैठकले सडक र सदनबाट आन्दोलन गर्ने निर्णय गरेको थियो। संविधान संशोधन विधेयक दर्ता हुनअघि अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका प्रमुख नेताहरुले औचित्यबिना संविधान संशोधन गरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए।

राजनीतिमा ओलीको रोल : हिरो कि भिलेन?

ओलीको अडानले मधेस केन्द्रित दलसमेतको सहमतिमा चुनावको वातावरण बन्न कठिन छ देविका घर्तीमगरकाठमाडौं : मुलुकमा अहिले राजनीतिक बहस संविधान संशोधनमा केन्द्रित छ। मंगलबार सरकारले संसदमा संविधान संशोधन विधेयक दर्ता गराएपछि यसको पक्ष र विपक्षमा धारणाहरु सार्वजनिक भइरहेका छन्। दलगत रुपमा भन्दा संशोधनको पक्षमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र लगायतका सरकार समर्थक दल छन् भने प्रतिपक्षी नेकपा एमाले यसको विरोधमा छ। जसको नेतृत्व गरेका छन् उक्त दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले।