Skip to main content

Posts

Showing posts from November 28, 2016

बन्दना राणा - समाचारको संसारदेखि राष्ट्रसंघीय समितिसम्म

देविका घर्तीमगर  काठमाडौं : न्युयोर्कबाट फर्केको थाहा पाएपछि उनलाई फोन गरेँ। केही दिनमा भेट्ने समय मिल्यो। लोकेसन खोज्दै साथी नामक गैरसरकारी संस्थाको नख्खुस्थित कार्यालय पुग्दा दोश्रो तलामा पर्खिरहेकी थिइन्, बन्दना राणा। उनी महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सिड) को सदस्यमा निर्वाचित भएर भर्खरै स्वदेश फर्किएकी छन्।  कुनै बेला नेपाल टेलिभिजनमा अंग्रेजी समाचार पढ्ने बन्दनाको दायरा राष्ट्रसंघीय निकायसम्म पुगिसकेको छ। महिला पत्रकारहरुको संस्था सञ्चारिका समूह र साथी संस्थाकी संस्थापक पनि हुन् बन्दना।

छन्द गायिका लोचन, जसलाई नारायणगोपाल 'ठूली छोरी' भन्थे

देविका घर्तीमगर काठमाडौं : ‘टाढा–टाढा नभई जाउ तिमी, मेरो हृदय भन्दा पनि पर हर छातीमा यो दिल हुन्न, खोजी हिँड्दा मायाँ भेटिन्न आँसुमै डुब्छ जिन्दगी, अनि आफ्नो भन्ने कोही हुन्न।’ लोचन भट्टराईले २०४३ सालमा रेडियो नेपालको गायन प्रतियोगितामा गाएको यो गीत पहिलोमात्र भएन, उनलाई यही गीतले गायन क्षेत्रमा स्थापित पनि गरिदियो। गायनमा भाषिक शुद्धता, स्पष्टता खोज्ने लोचन छन्दवद्ध कविता गाउने प्रचलन आफैले सुरु गरेको दावी गर्छिन्। ‘गीत गाउनु भनेको शब्द गाउनु हो, अक्षर गाउनु हो, शब्दभित्रको भाव गाउनु हो’, यसैसाता राष्ट्रिय नाचघरस्थित आफ्नो कार्यकक्षमा थाहाखबरसँग उनले भनिन्, ‘कवितामा प्रयोग हुने छन्दमा पनि संगीत भर्न सकिन्छ भनेर यसमै लागेँ।' उनले लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, भीमनिधि तिवारी, धरणीधर कोइराला लगायतले लेखेका छन्दोवद्ध कवितामा स्वर भरेकी छन्।