Posts

Showing posts from 2017

'पार्टी काममा यसरी डुबिएछ कि, बिहे भन्ने कुरा त मनमै आएन'

Image
देविका घर्ती मगर
काठमाडौं : नेकपा एमालेको केन्द्रीय सदस्य तथा सांसद जयन्ती राई, ५४ पार्टीको महिला संगठन अखिल नेपाल महिला संघको केन्द्रीय उपाध्यक्ष हुन्। एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति सुरु गरेकी उनी २०५४ सालको स्थानीय निकायको चुनावमा भोजपुर जिल्ला विकास समितिको उपसभापति हुँदा देशभरी एकमात्र महिला उपसभापति थिइन्। पञ्चायत शासन विरुद्ध भूमिगत रुपमा आन्दोलन गरेकी सांसद राईसँग उनको राजनीतिक र व्यक्तिगत जीवनबारे गरिएको कुराकानीको सारसंक्षेप : 

मधेसमा एमालेको यही परिणाम नै ठूलो कुरा हो : महासचिव पोखरेल

Image
प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पाँचौं बनेको छ। मंगलबार तीन वटा स्थानीय तहको नतिजा आउन बाँकी रहँदा १३६ स्थानीय तहमध्ये एमालेले १८ तहमा जितेको छ। नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल, राजपा नेपाल र नेकपा माओवादीले एमाले भन्दा धेरै सिट जितेका छन्। पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पहिलो पार्टी भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तेस्रो चरणको निर्वाचनमा पनि आफू पहिलो हुने दावी गरेको थियो। तर उसको अनुमान किन मिलेन?

शान्ता चौधरी भन्छिन् - एकजना देखे पनि हाम्रै बनाउन पाए हुन्थ्यो जस्तो लाग्छ

Image
देविका घर्ती मगर
काठमाडौं : एमाले केन्द्रीय सदस्य तथा पूर्व सभासद शान्ता चौधरी अहिले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा चुनाव प्रचार प्रसारमा छिन्। भदौ २६ गते आफ्नो घर दाङबाट प्रदेश नम्बर २ मा गएकी शान्ता शुक्रबार थाहाखबरसँग टेलिफोनमा कुराकानी गर्दा सप्तरीमा छिन्।  उनको विहानदेखि बेलुकासम्मको समय एमाले उम्मेदवारका लागि मत माग्दैमा बित्छ। बिहान ४ बजे उठ्छिन्, पूर्वयोजना अनुसार भोट माग्न मतदाताका घर-घरमा पुग्छिन्। उनी धेरैजसो थारु समुदाय बढी रहेको क्षेत्रमा गएकी छन्। पश्चिम र पूर्वको थारु समुदायको धेरै संस्कार र संस्कृति मिल्छ। तर भाषा फरक छ। त्यसका लागि नेपाली भाषा सम्पर्क भाषा बनेको छ।

२२ पटक गर्भवती भएकी राउटे युवतीको दुई सन्तान मात्र जीवित

Image
देविका घर्ती मगर
काठमाडौं : नेपालको राउटे समुदाय जो अहिले पनि जंगलमा बसोबास गर्छ। पुर्खाले जंगलमा जीवनयापन गरेको भन्दै पराम्पराको निरन्तरतास्वरूप राउटेहरू जंगलमै बस्दै आएका छन्।  नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार राउटेको जनसंख्या ६ सय १८ मात्र छ। यीमध्ये  एक सय ४७ मात्र जंगलमा बस्दै आएका छन्।  फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका महिला जनसंख्याको आधाजस्तो संख्यामा छन्। उमेर पुगेका र विवाह भएका राउटे महिलाले बर्सेनि गर्भवती हुन्छन्। तर बच्चा भने निकै न्यून मात्र बाँच्छन्।

काखमा आठ महिनाको छोरा लिएर भोट माग्न हिँडें : श्रीमाया थकाली

Image
देविका घर्ती मगर
काठमाडौं : थकाली व्यापार व्यवसायमा नाम कमाएको समुदाय हो। नेपालका प्रमुख व्यापारिक केन्द्रहरुमा होटल लगायतका व्यवसायमा यो समुदायले राम्रो नाम कमाएको छ। त्यही व्यवसायी समुदायकी एक महिला भने परम्परागत पेशा र व्यवसाय भन्दा भिन्न राजनीतिबाट परिचित छिन्। श्रीमाया थकाली, (५०) अहिले नेकपा एमालेकी पोलिट्व्युरो सदस्य र सांसद छिन्। परिवारका अरु सदस्यहरु राजनीतिबाट बेखबर रहेपनि उनलाई भने राजनीतिले नै तान्यो। मुस्ताङको जोमसोममा जन्मे हुर्केकी उनी पढाइको सिलसिलामा कम्युनिष्ट पार्टीमा आवद्ध भएकी थिइन्।

नेपालमा कति प्रकारका नयाँ वर्ष मनाइन्छ? थाहा पाउनुस् कुन कुन हुन्?

Image
देविका घर्ती मगर
काठमाडौं : आज नयाँ वर्ष अर्थात वैशाख १ गते। विक्रम सम्वतको पहिलो दिनलाई नै धेरैजसो नेपालीले आफ्नो नयाँ वर्षको रुपमा मनाउँछन्। सरकारले पनि नयाँ वर्षको रुपमा वैशाख १ गतेलाई मान्यता दिँदै सार्वजनिक विदा दिएको छ।  यसका अलावा मगर, नेवार, थारु, किराँत, तामाङ, शेर्पा, थकाली, गुरुङ, मुस्लिम समुदायले फरक फरक दिनलाई आफ्नो नयाँ वर्ष आरम्भको रुपमा मनाउँछन्। नेपालका कति प्रकारमा नयाँ वर्ष मनाइन्छ त?

नाटकमा देखाइयो सखिया नाच्ने रहर पालेकी थारु युवतीको कथा

Image
थिएटरमा थारु नाटक
देविका घर्ती मगर
काठमाडौं : जसै दशैं नजिकिदै जान्छ भूमिपुत्र थारु गाउँमा रौनक शुरु हुन्छ। अझ थारु समुदायका युवायुवती दशैंका लागि विशेष तयारी गर्न थाल्छन्। कला, संस्कृतिले धनि थारु जाति दशैंलाई भव्यरुपमा मनाउँछन्। दशैं भनेपछि अरु समुदायमा टीका लगाउने, टाढा रहेका आफन्तसँग भेटघाट हुने र सद्भाव साटासाट गर्ने भन्‍ने बुझिन्छ। तर थारु समुदायमा भने दशैं भनेपछि नाचगान र उत्सवको पर्व भनेर समेत बुझिन्छ।

मधुबाबुको करार जिन्दगी

Image
जो पटक-पटक रेडियो नेपालबाट निकालिए
देविका घर्ती मगर
काठमाडौं : कालजयी लोकगीतका सर्जक गायक मधुबाबु थापाको बिहिबार ६३ वर्षको उमेरमा निधन भयो। बहुप्रतिभाका धनी थापा गायन, शब्द संकलन, लेखन, संगीत, वाद्यवादन तथा सङ्गीत संयोजन सबै विधामा उत्तिकै सक्रिय  थिए।  थापाको शुक्रबार अन्त्येष्टी गरिएको छ। वि.स. २०१० साल वैशाख १ गते दाङको राजपुरमा जन्मेका मधुबाबुले २ वर्षको उमेरमै दृष्टि गुमाएका थिए।

अछाममा छाउ गोठमै महिलाको मृत्यु, किन रोकिएन छाउपडी प्रथा?

Image
९ वर्षमा गयो ८ जनाको ज्यान
देविका घर्ती मगर
काठमाडौं : अछामको तिमिल्सेन गाविसमा छाउपडी गोठमा एक महिलाको मृत्यु भएको छ। शुक्रबार बेलुकी ८ बजे खाना खाएर छाउगोठमा सुत्न गएकी तिमिल्सेन गाविस ७ की २६ वर्षिय डम्बरा उपाध्याय शनिवार बिहान मृत अवस्थामा फेला परेकी हुन्।   डम्बरा बिहान ढिलोसम्म पनि छाउगोठबाट बाहिर नआएको र जेठानीले बोलाउदा पनि ढोका नखोलेपछि गाउँलेहरु जम्मा भएर हेर्न जाँदा मृत अवस्थामा फेला परेकी अछामका निमित्त प्रहरी प्रमुख इन्सपेक्टर बद्रीप्रसाद ढकालले बताए। उनका अनुसार घरदेखि ४० फिट टाढा रहेको छाउगोठमा नाकबाट रगत बगेको र घोप्टो परेको अवस्थामा डम्बराको शव फेला परेको थियो।

काठमाडौंको त्यो बेलाको दशैं

Image
देविका घर्तीमगर
काठमाडौं : नेकपा एमालेका पोलिटब्यूरो सदस्य रघुजी पन्त काठमाडौंका बासिन्दा हुन्। राजनीति सँगै लेखनमा समेत सक्रिय नेता पन्तले त्यतिबेलाको दशैं सम्झिए जतिबेला काठमाडौंमा खेतिपाति प्रशस्त हुन्थ्यो र बस्ती पातलो थियो।

रविन्द्र अधिकारीको प्रस्ताव- दशैंको लामो बिदा घटाउँ

Image
काम नगरी खानु सुख होइन
देविका घर्ती मगर
काठमाडौं : नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य रविन्द्र अधिकारी व्यवस्थापिका संसद्को विकास समितिका सभापति छन्। संसदमा विकास समितिको समापतिको रुपमा विकासका मोडेल, नेपालमा अहिले विकासको अवस्था तथा विकासको विभिन्न नीति नियमका विषयमा खरो रुपमा प्रस्तुत हुँदै आएका रविन्द्र अधिकारीसँग बडा दशैं २०७३ को सन्दर्भमा दशैं, तिहार जस्ता चाडपर्वमा हुने लामो विदाले विकास निर्माणका योजनाहरुमा के असर गर्छ भनेर कुराकानी गरेका छौं।

कार्यकर्ता पढाउन एमालेले खोल्यो स्कुल: सशुल्क कक्षामा के के हुन्छ पढाई?

Image
देविका घर्ती मगर
काठमाडौं : सोमबार बिहानको १० बजे। ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा मानिसहरु हतार-हतार हलभित्र प्रवेश गर्दैछन्। 'लौ प्रशिक्षक आइसक्नुभयो है, फेरि ढिला हुन सक्छ', एक सहभागी भन्दै थिए, 'समयमा हलभित्र नगए ढोका बन्द हुन्छ।' कालो डायरी र कलम बोकेका ३०/३५ जना हलभित्र प्रवेश गरे।

कसको हो त्यो हराएको भोटो? जुन आज जात्रामा देखाइँदैछ

Image
देविका घर्ती मगर
काठमाडौंमा मनाइने लामो जात्रा रातो मछिन्द्रनाथको रथयात्रा आज भोटो देखाएर समापन हुँदैछ। वर्षा तथा सहकालका देवताका रुपमा मानिने मच्छिन्द्रनाथको रथयात्रा करिब दुई महिना चल्छ। बैशाखदेखि शुरु भएर असार शुक्ल चौथीको दिन समापन गरिन्छ।

नेपाली चाडपर्वअनुसारका खानाको विशेषता के छ?

Image
खाना विशेषज्ञ नवराज उपाध्याय भन्छन्- चाडपर्वअनुसार खाने गरिएको खानामा बैज्ञानिक आधार छन्।
देविका घर्ती मगर
आज साउन १५। हाम्रो नेपाली परम्परा अनुसार आज खिर खाने दिन। हामी नेपालीहरु खानामा सौखिन छौ। हामीले मान्दै आएका यस्ता पर्वहरु छन् जस्को सांस्कृतिक मूल्यमान्यता सँगै खानपानका समेत छुट्टै विशेषता रहिआएका छन्।

जनैपूर्णिमामा किन खानुपर्छ क्‍वाँटी? के भन्छन् पोषणविद्?

Image
देविका घर्ती मगर
आज जनैपूर्णिमा पर्व। आजको दिन हिन्दु धर्माबलम्बीहरुले जनै लगाउने र डोरो बाँध्नेसँगै क्वाँटी खाने चलन पनि छ। गेडागुडीको तरकारी अरु समयमा पनि खाइने भएपनि जनैपूर्णिमामा भटमास, केराउ, बोडी लगायतका ९ थरी गेडागुडीलाई भिजाएर क्वाँटी तयार गरिन्छ।

मुटु रेटेर गीत गाउने अरुणका कहिल्यै नभुलिने चोटहरु

Image
देविका घर्ती मगर
चोट के हो व्यथा के हो, म जस्तो घाइतेलाई सोध 
मिलन के हो खुसी के हो, मसँग कहिले सोध्दै नसोध !!  कालजयी गीतका गायक अरुण थापाले धर्ती छाडेको आज १७ वर्ष भइसकेको छ। भनिन्छ अरुण थापा मुटु रेटेर गीत गाउँथे। त्यसैले उनका गीत आज पनि उत्तिकै कर्णप्रिय छन्। चर्चित हुन धेरै होइन, राम्रा सिर्जना दिए पुग्छ भन्ने गतिलो प्रमाण हुन् अरुण थापा। उनलाई पोखराले चर्चाको शिखरमा पुर्‍यायो। र, पोखराले नै कहिल्यै नभुल्ने चोटहरु दियो। २०५६ साउन ५ अरुण अस्ताएको दिन अर्थात् आज १७ औं अरुण थापा स्मृति दिवस।

उमेर भइसक्यो, अब छिट्टै विहे गर्छु : नविना लामा

Image
देविका घर्ती मगर
काठमाडौं : नविना लामा, नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष हुन्। काभ्रेको सामान्य परिवारकी नविनाले विद्यार्थी राजनीति सुरु गर्दा नेता बन्ने सपना देखेकी थिइनन्। 'अखिलले विद्यार्थीहरुको एक्स्ट्रा एक्टिभिटिज, विद्यार्थीहरुलाई आन्तरिक, वैचारिक ढंगले बलियो बनाएको देखेको थिएँ' उनले खुलाइन् 'अखिलको विचार सुन्दा कार्यक्रममा जाँदा राम्रो लाग्थ्यो, कुनै दिन अखिलको अध्यक्ष, उपाध्यक्ष, महासचिव बन्छु भन्ने लागेको थिएन।'

कान्ता भट्टराईलाई धेरैले सोध्छन् 'मान्य ज्यू' हजुर कहिले बोल्नुहुन्छ?

Image
देविका घर्ती मगर
काठमाडौं : असार १६ गते सांसद कान्ता भट्टराईले संसदमा बोल्ने क्रममा धेरै सांसदहरु हाँसे। हुनत उनले उठाएको विषय त्यति हाँसो उठ्दो थिएन। जनकपुरमा विवाहपूर्व नै दाइजोको रुपमा ६० लाख रुपैयाँ लिएर भाग्ने डाक्टरलाई कारबाही गर्न माग गरेकी थिइन्।  तर संसदमा बोल्ने तरिका भने गज्जबको थियो। कान्ता विषयमा प्रवेश गर्नुअघि एउटा संस्कृत श्लोक भनिन्। जसको नेपाली सारांश थियो- नारीको गरिमा पुरुषभन्दा हजार गुणा बढी हुन्छ।

पार्टीले खोजिदिएको केटासँग चुपचाप विहे गरेँ : थममाया थापा मगर

Image
देविका घर्ती मगर
नेकपा एमालेका नेता थममाया थापा मगर, ५८ एमाले केन्द्रीय राजनीतिमा पुगेका सीमित महिला राजनीतिकर्मीमध्ये एक हुन्। म्याग्दीको दुर्गम गाउँ चिमखोलामा जन्मिएर कम्युनिस्ट राजनीति सुरु गरेकी थममाया पोलिटब्युरो सदस्य तथा अखिल नेपाल महिला संघकी महासचिव हुन्।  पञ्‍चायतकालमा भूमिगत राजनीति गरेकी थममायाले राजकाज मुद्दा लगायतका थुप्रै कष्ट व्यहोरिन्। जे सपना देखेर राजनीतिमा होमिइन् अहिलेसम्म त्यो पूरा नभएकोमा उनी दुखी छन्। कतिपय विषय संविधानमा समेटिए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको उनको बुझाइ छ।

राजाको विरोधमा बोल्दा झण्डै जेल : भद्रकुमारी घले

Image
देविका घर्ती मगर
काठमाडौं : भद्रकुमारी घले (८६) त्यतिबेला सामाजिक जीवनमा आइन् जतिबेला पढेलेखेका त कुरै छाडौं शिर ठाडो बनाएर हिँड्ने महिलाहरु बत्ती बालेर खोज्नुपर्ने अवस्था थियो। बनारसमा शास्त्री पढ्दै गर्दा जनकपुर अञ्चलका तत्कालीन अञ्‍चलाधीशबाट टीका लगाएर महिला संघको अञ्‍चल सभापति बनेकी उनी आफ्नो जीवनलाई अनौठो संयोग मान्छिन्। श्रम तथा समाज कल्याण राज्य मन्त्री समेत बनेकी भद्रकुमारी राष्ट्रिय पञ्चायत सदस्यमा सिन्धुली जिल्लाबाट निरन्तर पाँच पटकसम्म्म निर्वाचित भएकी थिइन्।

ममी राष्ट्रपति बन्नुहुन्छ भन्ने सोचेकै थिइन : छोरी उषा

Image
देविका घर्ती मगर
काठमाडौं : जननेता मदन भण्डारी र राष्ट्रपति विद्यादेवी भण्डारीकी जेठी छोरी उषाकिरण आजकल मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष छिन्। आमा विद्यादेवी राष्ट्रपति भएपछि फाउण्डेसनको नेतृत्व उनको हातमा आएको छ।    बाबुआमा दुवै राजनीतिमा सक्रिय भएपनि उषाको चाहना राजनीति भन्दा बढी समाजसेवातिर छ। त्यसैले उनी फाउन्डेसन मार्फत नै सामाजिक काममा सक्रिय हुने बताउँछिन्।