Skip to main content

राजाको विरोधमा बोल्दा झण्डै जेल : भद्रकुमारी घले

देविका घर्तीमगर
काठमाडौं : भद्रकुमारी घले (८६) त्यतिबेला सामाजिक जीवनमा आइन् जतिबेला पढेलेखेका त कुरै छाडौं शिर ठाडो बनाएर हिँड्ने महिलाहरु बत्ती बालेर खोज्नुपर्ने अवस्था थियो। बनारसमा शास्त्री पढ्दै गर्दा जनकपुर अञ्चलका तत्कालीन अञ्‍चलाधीशबाट टीका लगाएर महिला संघको अञ्‍चल सभापति बनेकी उनी आफ्नो जीवनलाई अनौठो संयोग मान्छिन्।
श्रम तथा समाज कल्याण राज्य मन्त्री समेत बनेकी भद्रकुमारी राष्ट्रिय पञ्चायत सदस्यमा सिन्धुली जिल्लाबाट निरन्तर पाँच पटकसम्म्म निर्वाचित भएकी थिइन्।
पहिलो विश्वयुद्धका योद्दा नैनसिंह हजुरियाकी नातिनी भद्रकुमारीको जन्म १९८८ फागुन १९ गते बाबु कृष्णबहादुर घले र आमा भक्तकुमारी घलेबाट काठमाडौंको डिल्लीबजारमा भएको हो।

हजुरिया कर्णेलकी नातिनी भद्रकुमारी घलेले अक्षर चिन्न पाउँदा समाजका अरु महिलाले यस्तो अवसरको कल्पना नै गर्नेसक्ने अवस्था थिएन। सम्पन्न परिवारमा जन्मेकी भद्रकुमारीले सानै उमेरदेखि मावली दोलखाबाट अक्षराम्भ गरिन्। बावु जागिरे भएका कारण काठमाडौंमा जन्मेकी भद्रकुमारीले दुर्गा कवच र बुद्धिचानक भने मावलीमै पढ्ने मौका पाएकी थिइन्। पढाइको सिलसिलामा पटक-पटक भारत पुगेकी भद्रकुमारीले भारतको गोरखपुरमा अहिंसावादी नेता महात्मा गान्धीसँग भेटको अवसर पाएकी थिइन्।
भद्रकुमारी १४ वर्षको उमेरमा भारतबाट नेपाल फर्किदा उनको बुवाको मृत्यु भइसकेको थियो। आमा भक्तकुमारी सिन्धुलीमा बस्थिन्। आमासँगै भद्रकुमारी पनि सिन्धुलीमा बस्दै आएकी थिइन्। २००३ सालमा सरकारले महिला शिक्षालाई प्राथमिकता दिएर अहिलेको दरबार हाइस्कुलमा पहिलो पटक कन्या पाठशाला खोल्यो। भद्रकुमारीमा काठमाडौं आएर कक्षा ३ मा पढ्न थालिन्। दुई वर्ष त्यहाँ पढेपछि ५ वर्षे कोर्सका लागि निवेदन दिएर छनोट भएपछि भारतको महाराष्ट्र गान्धी महिला आश्रममा पढ्न जाने मौका पाइन्। जसमा उनीसहित भुवनेश्वरी सत्याल पनि थिइन्।

भारतमा पाँच वर्ष विनिता कोर्ष पढेर भद्रकुमारी नेपाल फर्किन्। २००७ सालमा उनी नेपाल फर्किदा नेपालमा प्रजातन्त्र आइसकेको थियो। उनी केही नगरी बस्नै नसक्ने स्वभावकी थिइन् र आफ्नो कुरा प्रष्टसँग राख्‍न डराउँदिनथिन्। त्यतिबेलाका चर्चित महिला नेतृ पूण्य प्रभाकहाँ पुग्दा तान चलाएर बस्ने सल्लाह पाइन्। त्यसपछि मंगलादेवीकहाँ पुगिन् तर भद्रकुमारीले महिलाहरुका लागि केही कार्यक्रम छैन भन्ने जवाफ पाइन्। त्यसको केही समयपछि नर्सिङ पढ्न भनेर उनी फेरि भारतमा गइन्।
नर्स पढेर आएपछि उनले आफ्नै अञ्‍चल जनकपुरमा अञ्चल अस्पताल शुरु गरेर काम गरिन्। डा. जयबल्लभ, टुन्नाबहादुर घले कम्पाउण्डर भएर तथा भद्रकुमारी नर्स भएर २०१२ सालमा उनीहरुले अस्पताल खोलेका थिए। तीन वर्ष नर्स काम गरेपछि उनी फेरि शास्त्रीय शिक्षा पढ्न भारत गइन्।
काशी विद्यापीठले विनिता कोर्षलाई म्याट्रिकको मान्यता नदिएपछि भारतमा गएर आफ्नै पहलमा त्यसलाई म्याट्रिकको मान्यता दिन आवाज उठाइन्। 'यत्रो वर्ष पढियो तर म्याट्रिक्ससम्मको मान्यता छैन। मैले पढेको विनितालाई ८ कक्षाभन्दा माथिको मान्यता दिइएन। अनि आफै गएर टेबुल ठोकेँ' उनी सम्झिन्छिन्, 'दादा धर्म अधिकारी, बिमला ठाकरे, राधाकृष्ण बजाजहरुको मिटिङ रहेछ त्यहीं गएर टेबुल ठोकेँ। तिमीले के पढाएको? ७, ८ कक्षाको भन्दा मान्यता नै दिँदैन? यो कस्तो शिक्षा हो? भनेर टेबुल ठोकेपछि तिनले काशी विद्यापीठमा गएर कुराकानी गरेछन् अनि गान्धी आश्रममा पढेकालाई म्याट्रिकको मान्यता दिइयो।'

बिहे गर्ने हेक्का नै रहेन 
भद्रकुमारी जतिबेला थाहा पाउने उमेरको भइन् त्यतिबेला देखि हालसम्म निरन्तर काम गर्दै आएकी छिन्। उनको स्वभाव नै यस्तो भइसकेको छ कि उनी केही नगरी बस्दै सक्दिनन्। त्यो बेला सानैमा छोरीलाई पराइघर पठाउने चलन थियो। तर भद्रकुमारीको आमा बुझ्ने थिइन्। उनले अहिल्यै दबाव महसुस गर्नुपरेन। पढाइमा व्यस्त हुँदा भद्रकुमारी २८/२९ वर्षको भइसकेकी थिइन्।
हक्की स्वाभावकी भद्रकुमारी शास्त्री पढिरहेको बेला नै महिला अञ्‍चल सभापति हुने अवसर पाइन्। यस्तै क्रममा काममा उनले आफ्नो व्यक्तिगत जीवन नै बिर्सिइन्। किन बिहे गर्नुभएन? भन्ने प्रश्नमा उनले भनिन् 'अब बिहे गर्नुपर्छ भन्‍ने हेक्का नै रहेन बाबु। काममा व्यस्त भइयो। जनताको सेवा गर्नमा लागियो त्यसैले व्यक्तिगत जीवनबारे सोच्न सकिएन।' भद्रकुमारी घलेले संलग्नता जनाएका क्षेत्रमध्ये अर्को महत्वपूर्ण पाटो हो, राजनीति। उनको भनाइ अनुसार उनी एक ठाउँमा बसेर ७५ जिल्लाकै सिडियो हल्लाउँथिन्। कसैको बुढीले दुःख पाएको छ भने, कसैको पतिले दोश्रो विहे गरेको छ भने भद्रा दिदी खोज्दै आउँथे। एक हिसाबले उनी सबैको भद्रा दिदी थिइन्।
उनी पाँचपटक माननीय बनिन्। २०१८ सालमा महिला संघको तर्फबाट पञ्चायतकालमा पहिलोपटक माननीय भएकी उनी त्यसपछि भएका तीनवटा निर्वाचनमा महिला संघकै तर्फबाट चुनाव जितेर माननीय बनिन्। २०३७ सालको जनमत संग्रहपछि सिन्धुलीबाट निर्वाचित भएकी भद्रकुमारी श्रम तथा समाजकल्याण राज्यमन्त्री समेत भइन्। पछि राजा वीरेन्द्रले पनि उनलाई राजपरिषद्को सदस्यमा नियुक्त गरे।
भारतमा शास्त्री पढ्दै गर्दा उनी २०१८ सालमा जनकपुर अञ्चलको महिला संगठनको सभापति भइन्। तीन वर्ष जनकपुरमा नर्स काम गर्दा स्थानीय जनतासँग राम्रोसँग भिजेकी भद्रकुमारी त्यहाँका जनताको आग्रहमै झिकाइएकी थिइन्।
आमासँगै जनकपुरमा अञ्‍चलाधीशलाई भेट्न गएकी उनी फर्किँदा महिला संघको सभापति भएर फर्किइन्। 'आमासँग जनकपुर जाँदा जनकपुर अञ्चलका अञ्चलाधीश दिलबहादुर श्रेष्ठले तपाईकी छोरी हो भद्रकुमारी घले बनारसमा शास्त्री पढ्ने भनेर सोध्नुभो। अनि बिधान र नियमावली हातमा थमाइदिएर 'ल तपाई आजदेखि पञ्‍चायती व्यवस्थाको महिला संगठनको जनकपुर अञ्‍चल सभापति' भनेर टीका लगाइदिनुभयो' भद्रकुमारीले विगत सम्झिदै भनिन् 'म त छक्क परे। यो के हो थाहा छैन। काम गर्नुपर्‍यो अब तपाईले यहाँ। तपाईले पहिले यहाँ नर्स काम गरेको यहाँका मान्छेहरु सबै तपाईलाई खोजिरहेका छन् भने।'
विधान र नियमावलीमा जिल्ला गठन हुनका लागि ११ वटा गाउँ पञ्‍चायतमा शाखा खोल्‍ने व्यवस्था अनुरुप जनकपुर अञ्चलका तीन जिल्ला सर्लाही, महोत्तरी र धनुषा जिल्ला समिति गठन गरेपछि अञ्‍चल समिति गठन गर्ने भन्‍ने रहेछ। केही दिनमै तीन जिल्ला संगठन गठन गरेर अञ्‍चलाधीशलाई दिएपछि अञ्‍चलाधीशले भनेका थिए 'तपाई त यस्तो फास्ट रैछ। त्यही भएर न यहाँका मान्छेले तपाई खोज्या रहेछन्।' त्यसको केही समयपछि उनले महिला संगठनको तर्फबाट चुनाव लड्ने मौका पाइन्। उनले ती दिन सम्झिइन् 'राजनीतिको र थाहा छैन तर चुनाव लड्ने अवसर आयो। त्यो बेला पूर्व आयुक्त सुर्यप्रसाद श्रेष्ठ सेक्सन अफिसर थिए। नोमिनेसन गर्न गएको दुई सय रुपैयाँ झिक भन्छ। महिला संगठनको तर्फबाट माननीयमा उठ्नुपर्ने मसँग पैसा थिएन। त्यसैले पछिल्लो दिन पैसा बुझाएँ।' २०१९ सालमा तीनजना महिला पहिलो माननीय भएका थिए। त्यसमध्ये कमल साह, तरुलता रायमाझी र भद्रकुमारी थिए।

राजाको विरोध गर्दा झण्डै जेल
उनी ८६ वर्षको भइसकिन्। अनुहार मुजा परिसकेका छन्। तरपनि उनको हाँसोमा भने कमी देखिदैन। कुरा गर्दै पिच्छे खित्का छाडेर हाँसिरहन्छिन् उनी। उमेरको हिसाबले पनि शारीरिक रुपमा कमजोर हुनुपर्ने हो। तर उनी अहिलेपनि तरुण देखिन्छिन् स्वभावले। पञ्‍चायती व्यवस्थाको शुरु-शुरुमा पञ्‍चायतको सदस्य भएको भद्रकुमारी सबैको भद्रा दिदी थिइन्। आफ्ना कुरा राख्न नडराउने भद्रकुमारीले राष्ट्रिय पञ्‍चायतको विधानमा महिला पुरुषलाई भेद गरेको भनेर विरोध गरेपछि जेल हाल्ने तयारी समेत गरेका थिए राजाले।

राष्ट्रिय पञ्‍चायतको बैठकमा राजाको लालमोहर लगाएको कुरामा बिरोध गरेपछि झण्डै जेल चलन समेत भएकी थिइन्। 'राजाको लालमोहर लाएको चिजमा विरोध गर्न नहुने रहेछ। राष्ट्रिय पञ्‍चायतमा राजाको लालमोहर लाएको विधानलाई यो के विधान हो यस्तो? यो लोग्‍ने मान्छे र आइमाइ मान्छेको पक्षपात गर्ने? यस्ता विधान चाहिदैन भनेर फ्याकिदिएँ। अनि लौ राजाको लालमोहर लागेको विधानमा विरोध गर्‍यो भनेर भद्रकुमारीलाई थुन्‍नुपर्छ भन्‍ने तयारी भएछ' भद्रकुमारीले सम्झिइन्। पछि राजाको सल्लाहकारमध्येकी माइली महारानीको सल्लाहको कारण जेल जानबाट बचेकी थिइन् भद्रकुमारी। 'राजाले बोलाएर सल्लाह लिँदाखेरि माइली महारानी सरकारले 'नयाँ-नयाँ व्यवस्था। राजनीतिक दलहरु जेलमा हाल्नुभाछ। अब पञ्‍चायती व्यवस्थालाई ग्रहण गरेर पञ्‍च बनेर भाषण गर्ने मान्छेलाई पनि थुन्‍न लाग्‍नुभयो भने त फेरि तपाई कसलाई लिएर राजनीति गर्नुहुन्छ? त्यसरी थुन्‍नुहुन्छ। विरोध सुन्‍नु पनि त पर्‍यो नि। कुरो त सही छ। आइमाइ र लोग्‍ने मान्छेमा तपाईले भेद गर्नुभएको विधानमा। भनेर भनिदिएपछि उनले छुट पाइन्' उनले विगत सम्झिइन्।
भद्रकुमारी घले समाजसेवी हुन्। साहित्य पनि लेख्छिन्। २०२२ सालदेखि बानेश्‍वरमा भद्रकुमारी सेवा सदन सञ्चालनमा ल्याएकी उनी अन्य थुप्रै संघसंस्थामा आवद्ध छिन्। थुप्रै संघसंस्थालाई जग्गा दान गरेकी उनले सदनमार्फत विभिन्‍न खाले गतिविधि सञ्‍चालन गर्छिन्। बुढेसकाल समाजसेवा सँगै लेखनमा बिताइरहेकी उनको हालसम्म एक सय १५ वटा विभिन्न विधाका पुस्तक प्रकाशित छन्।

फागुन २५, २०७३ http://thahakhabar.com/news/11436 मा प्रकाशित ।

Comments

Popular posts from this blog

मेनका ! के तिमी साँच्चिकै हामीमाझ छैनौ ?

देविका घर्तीमगर
जीवनका धेरै त्यस्ता सत्यहरु छन्, जो हामीलाई स्विकार गर्न गाह्रो हुन्छ । हाम्रो मनले स्विकार नगर्दा पनि ती सत्य आखिर सत्य नै हुन्छन् । किनकि यथार्थबाट हामी भाग्न सक्दैनौं । यस्ता कुराहरु म धेरैलाई सम्झाउँदै आएँ । लामो समय भएछ ती पीडितहरुसँग कुनै न कुनै रुपमा गाँसिदै र उनीहरुलाई सम्झाउँदै आएको । अक्षर खेतीसँग जोडिएका कारण पीडामा परेका, विपद्मा परेका, दुःखमा परेकासँग कुनै न कुनै रुपमा जोडिइरहें । तर त्यही पीडा आफैलाई पर्दाको अनुभूति भने पहिलो पटक गर्दैछु ।

नेपाली समाजको गम्भिर सामाजिक समस्या : दाइजो र तिलकप्रथा

नेपालिसमाजमामहिलाहरुमाथिहुनेघरेलुिहंसामादाईजोरतिलकप्रथालेक्रमशःभयावहरुपलिनथालेकोछ।सामन्तवादीपित्रृसतात्मकसमाजकोकुप्रथाकोरुपमारहेकोदाईजोरतिलकप्रथासमाजकोविकाससंगैघट्नुकोवदलावृद्विहुदैगैरहेको।सामाजिकरुपमाएकप्रकारकोहोडरछोराकोविवाहलाईघनकमाउनेमाध्यमकोरुपमाप्रयोगगर्नचाहनेस्वार्थीमानसिकतालेनैअहिलेयोप्रथादिनप्रतिदिनअझभयावहरविकृतवनेरदेखापरेकोछ।
दाईजोप्रथाकोस्ाुरुवातकहिलेरकहाँवाटशुरुभयोभन्नेकुरायकिनगरेरभन्नतसकिन्न।तरथुर्पैवुद्विजिविहरुलेदाइजोकोप्रचलनप्राचिनकालिनआर्यवर्तकोसामाजिकव्यवस्थामारहेकोउदाहरणप्रस्तुतगरेकाछन्।स्वस्थानीव्रतकथामागोमाव्राम्हणीलाईउनकाआमाबुवालेप्रसस्तधनसम्पत्ािसुनचाँदिगाईघोडाहातिदानदिईएकोरमहाभारतकथामापनिवेहुलिलेदाइजोकोरुपमासुनचाँदिगाईघोडाआदि

सडकमा आगो बाल्दैछ एमाले तर चुपचाप छन् ओली

देविका घर्तीमगर
काठमाडौं : मंसिर १४ गते राति संविधान संशोधन विधेयक दर्ता भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सडक र संसदबाट आन्दोलन गर्दै आएको छ।  संशोधन प्रस्ताव दर्ता भएको दोस्रो दिन मंसिर १५ गते बसेको एमाले संसदीय दलको बैठक र १६ गते बसेको सचिवालय बैठकले सडक र सदनबाट आन्दोलन गर्ने निर्णय गरेको थियो। संविधान संशोधन विधेयक दर्ता हुनअघि अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका प्रमुख नेताहरुले औचित्यबिना संविधान संशोधन गरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए।