Skip to main content

उमेर भइसक्यो, अब छिट्टै विहे गर्छु : नविना लामा

देविका घर्तीमगर
काठमाडौं : नविना लामा, नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष हुन्। काभ्रेको सामान्य परिवारकी नविनाले विद्यार्थी राजनीति सुरु गर्दा नेता बन्ने सपना देखेकी थिइनन्। 'अखिलले विद्यार्थीहरुको एक्स्ट्रा एक्टिभिटिज, विद्यार्थीहरुलाई आन्तरिक, वैचारिक ढंगले बलियो बनाएको देखेको थिएँ' उनले खुलाइन् 'अखिलको विचार सुन्दा कार्यक्रममा जाँदा राम्रो लाग्थ्यो, कुनै दिन अखिलको अध्यक्ष, उपाध्यक्ष, महासचिव बन्छु भन्ने लागेको थिएन।' 

नविनाले अखिलमा नेता पनि बन्न सकिन्छ भनेर धेरै पछि मात्र थाहा पाइन्। 'अखिलमा लागेपछि निरन्तर काम गर्दै गएँ। नेता पनि बन्ने हो भनेर चाहिँ पछि मात्र थाहा पाएँ। पहिले कलेजमा स्कुलमा विद्यार्थीहरुको हक र अधिकारका निम्ति भनेर अखिलमा लागेकी थिएँ।' 
त्यो अखिल, यो अखिल 
नविनालाई सम्झना छ। उनी आवद्ध हुँदा अनेरास्वियु निकै समृद्ध संगठन थियो। धेरै विद्यार्थीको आशा र भरोसाको केन्द्र थियो। विद्यार्थी आन्दोलनको जुझारु नेतृत्व र संगठन थियो। तर अहिले त्यही संगठनको कमाण्ड उनको हातमा छ। तैपनि विद्यार्थी संगठन पहिले जस्तो बलियो र सशक्त हुन नसकेको जस्तो लाग्छ। हिजो राजनीतिक दलहरुलाई नै प्रभावित गर्न सक्ने विद्यार्थी संगठनहरु पछिल्लो दिनमा सशक्त हुन नसकेको नविनाको स्वीकारोक्ति छ।
यद्यपी उनी विद्यार्थी आन्दोलन नै कमजोर भएको भने स्वीकार्दिनन्। 'विद्यार्थी आन्दोलन नै कमजोर भएको त होइन। तर केही कमी कमजोरी हामीभित्र छ' उनको जवाफ छ 'राजनीतिक पार्टीबाट नै विद्यार्थी संगठन, युवा संगठनहरु प्रभावित हुने हुन्। त्यसकारण पहिले पार्टीभित्रका समस्या समाधान हुनुपर्छ। जब पार्टीहरु सिस्टममा चल्छन्, योग्यता क्षमताका आधारमा कार्य विभाजन हुन्छन् त्यसपछि त्यो कुरा सबैले सिक्दै जान्छन्।' 
उनले विद्यार्थी आन्दोलन कमजोर हुनुमा माउ पार्टीका गतिविधिलाई दोष दिइन्। जनताका निम्ति संघर्ष गरेका नेताहरुले जनता, समाज, राष्ट्र, निति, नियम, कानुनलाई विर्सिँदा राजनीतिमा विकृति आएको नविना बताउँछिन्। दलीय र सीमित समूहको स्वार्थका लागि सीमित व्यक्तिहरुको गठबन्धन हुँदा राष्ट्रिय मुद्दाहरुमा जिम्मेवारीबोध, गम्भीरता हराउँदै गएको उनलाई लाग्छ। 
'हिजो राजनीतिको जुनखालको गुणस्तर र वैचारिकता थियो अहिले त्यो एकदमै पातलिएको छ। यो एउटा व्यक्तिमा सीमित हुन थालेको छ, अरु नै मान्छेहरुले चलाइदिने हो कि जस्तो पनि लाग्न थालेको छ' उनी भन्छिन्, 'मैले सोँचेको राजनीति यस्तो होइन।' 
आफूले सोचेजस्तो वैचारिक राजनीतिका लागि धेरै संघर्ष गर्नुपर्ने नविनाको बुझाई छ। 
पार्टी अध्यक्ष बन्ने 'महत्वाकांक्षा' 
धेरैलाई लाग्ला नविना महत्वाकांक्षी छिन्। तर उनी आफू महत्वाकांक्षी नभई सपना देख्ने मान्छे भएको बताउँछिन्। उनले कुनैदिन आफू प्रधानमन्त्री बनेर देखाउने अभिक्यक्ति दिइसकेकी छन्। जुन कुरा प्राप्त गर्न कठिन हुन्छ त्यो कुराको सम्भावना देख्नुपर्ने र त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने नविनाको बुझाई छ।
नेपालमा महिलाहरु राष्ट्रपति भइसके तर पार्टी अध्यक्ष, प्रधानमन्त्री भएका छैनन्। अर्थात राजनीतिक दल र मुलुकको कार्यकारी प्रमुख भएका छैनन्। 'प्रधानमन्त्री पनि बन्न सकिन्छ र बन्नुपर्छ भन्ने अर्थमा मैले त्यो कुरा फलो गरेकी हुँ। कार्यकारी नेतृत्वमा महिला पनि आउनुपर्छ' नविना भन्छिन्।
नविनालाई सांसद र मन्त्री बन्न गाह्रो हुन्छ जस्तो लाग्दैन। त्यसैले त उनी प्रधानमन्त्री र पार्टी अध्यक्ष हुने चाहना राख्छिन्। 'सांसद, मन्त्री त त्यसै पनि हुन्छु नि। तर मेरो उद्देश्य प्रधानमन्त्री, पार्टी अध्यक्ष हुने हो' उनले भनिन् 'किनभने हामीले पार्टी अध्यक्ष वा प्रधानमन्त्री बन्ने लक्ष्य जबसम्म राख्दैनौं तबसम्म हामी सफल हुदैनौं। हामीले लक्ष्य ठूलो लियौं भने सायद पुगिन्छ भन्ने लाग्छ।' 
राजनितिमा पनि विभेद छ 
महिलाहरु राजनीतिमा प्रवेश गर्दा 'यो नेता बन्छ र?' भनेर शंका गर्छन्। अहिले त यस्तो विचारमा परिवर्तन हुँदै गएको छ। नविनाका अनुसार काम गर्दै जाँदा कामले नै महिलालाई स्थापित गर्छ। 'मलाई पनि मेरो काम, पोस्ट र पोजिसनले नै राजनीतिमा स्थापित गर्‍यो' उनले भनिन्। पोजिसनमा पुगेपछि पनि महिलाले गर्ने काममा अविश्वास गर्ने गरेको नविनाले देखेकी छन्। 'जिम्मेवारी दिँदा पनि राम्रो ठाउँ नदिने। एक्सपोज हुने कार्यकारी ठाउँहरु नदिने, त्यो काम गर्न सक्दैन भनेर नै त्यस्तो गरिन्छ।' 
तर यस्ता कुरामा परिवर्तन हुन थालेको नविना बताउँछिन्। 'अहिले धेरै क्षेत्रमा महिलाहरुको राम्रो कामका कारण राम्रो म्यासेज चाहिँ गएको छ तर त्यतिले मात्र पुग्दैन।' 
नविनाको पुस्ताले विद्यार्थी संगठनमा गुटबन्दी पनि धेरै भोग्नुपर्‍यो। तर उनी यो समस्या पनि हराउनेमा आशावादी छिन्। 'हामीले यी सबै अनुभवहरु भोग्दै आयौं' उनले भनिन् 'यस्तो हुन्छ भनेर नयाँ जेनेरेशन एकदमै तर्सिने निराश हुने हुनुहुँदैन।' 
नविनाको सुन्दरता चर्चा 
देशको प्रमुख विद्यार्थी संगठनको प्रमुखका रुपमा नविनाको राजनीतिक व्यक्तित्वसँगै सुन्दरताको पनि चर्चा हुने गरेको छ। उनी भने आफूसँग बाहिरी र भित्री (दिमागको) दुवै सुन्दरता भएको दावी गर्छिन्। 'बाहिरी सुन्दरता त छँदैछ। त्यो सँगै भित्री सुन्दरता पनि भयो भने मान्छे राम्रो हुन्छ' नविनाले भनिन्, मुख्य कुरा व्यवहार राम्रो हुनुपर्छ। शारीरिक सुन्दरता त उमेरको बेला जसको पनि हुन्छ नै। कसैले जन्मदा नै सुन्दरता लिएर आएका हुन्छन्, कसैले लिएका हुदैनन्।'
युवा अवस्थामा सुन्दरता सबैमा हुने भन्दै उनले यसलाई धेरै चर्चा गर्नुपर्ने विषय ठानिनन्। उनी प्रकृतिले दिएको कुरामा सन्तुष्ट हुन सक्नुपर्ने बताउँछिन्। 
प्रेम प्रस्ताव त कति हो कति! 
नविनालाई पहिले प्रेम प्रस्ताव पनि धेरै आए। उनले तीमध्ये कतिलाई स्वीकार गरिन् कतिलाई गरिनन्। युवा अवस्थामा प्रेम प्रस्ताव राख्ने, डेटिङ जाने जस्ता विषय प्राकृतिक लाग्छ नविनालाई 'उमेरमा प्रेम प्रस्ताव राख्ने, डेटिङ जाने, हेर्ने, बुझ्ने, घुम्ने भन्ने प्राकृतिक कुरा हो। कोही लुकेर जान्छन्। मलाई पनि उमेरमा त्यो कुराको अनुभव भयो। मलाई प्रेम प्रस्ताव पनि राखे। प्रेम प्रस्ताव कतिलाई स्वीकारेँ कतिलाई स्वीकारिन। जेहोस् प्रेमको अनुभव छ' उनले खुलाइन्।
छिट्टै विवाह गर्छु 
नविनाले प्रेम प्रस्ताव स्वीकार गरेको पनि बताइसकिन्। त्यसैले अब छिट्टै विवाह गर्ने योजनामा पनि छिन्। ' म अहिले प्रेममा छु। यो उमेरमा पनि प्रेममा छैन भन्नु त भएन नि होइन ? विहे गर्ने उमेर पनि भैसक्यो' उनले भनिन् 'अब उमेर पनि भइसकेको हिसाबले विहे गर्नुपर्छ भन्ने नै हो। अब छिट्टै बिहे गर्नुपर्छ।'

भदौ ४, २०७३ मा Read more at: http://thahakhabar.com/news/2414 मा प्रकाशित ।

Comments

Popular posts from this blog

नेपाली समाजको गम्भिर सामाजिक समस्या : दाइजो र तिलकप्रथा

नेपालिसमाजमामहिलाहरुमाथिहुनेघरेलुिहंसामादाईजोरतिलकप्रथालेक्रमशःभयावहरुपलिनथालेकोछ।सामन्तवादीपित्रृसतात्मकसमाजकोकुप्रथाकोरुपमारहेकोदाईजोरतिलकप्रथासमाजकोविकाससंगैघट्नुकोवदलावृद्विहुदैगैरहेको।सामाजिकरुपमाएकप्रकारकोहोडरछोराकोविवाहलाईघनकमाउनेमाध्यमकोरुपमाप्रयोगगर्नचाहनेस्वार्थीमानसिकतालेनैअहिलेयोप्रथादिनप्रतिदिनअझभयावहरविकृतवनेरदेखापरेकोछ।
दाईजोप्रथाकोस्ाुरुवातकहिलेरकहाँवाटशुरुभयोभन्नेकुरायकिनगरेरभन्नतसकिन्न।तरथुर्पैवुद्विजिविहरुलेदाइजोकोप्रचलनप्राचिनकालिनआर्यवर्तकोसामाजिकव्यवस्थामारहेकोउदाहरणप्रस्तुतगरेकाछन्।स्वस्थानीव्रतकथामागोमाव्राम्हणीलाईउनकाआमाबुवालेप्रसस्तधनसम्पत्ािसुनचाँदिगाईघोडाहातिदानदिईएकोरमहाभारतकथामापनिवेहुलिलेदाइजोकोरुपमासुनचाँदिगाईघोडाआदि

मेनका ! के तिमी साँच्चिकै हामीमाझ छैनौ ?

देविका घर्तीमगर
जीवनका धेरै त्यस्ता सत्यहरु छन्, जो हामीलाई स्विकार गर्न गाह्रो हुन्छ । हाम्रो मनले स्विकार नगर्दा पनि ती सत्य आखिर सत्य नै हुन्छन् । किनकि यथार्थबाट हामी भाग्न सक्दैनौं । यस्ता कुराहरु म धेरैलाई सम्झाउँदै आएँ । लामो समय भएछ ती पीडितहरुसँग कुनै न कुनै रुपमा गाँसिदै र उनीहरुलाई सम्झाउँदै आएको । अक्षर खेतीसँग जोडिएका कारण पीडामा परेका, विपद्मा परेका, दुःखमा परेकासँग कुनै न कुनै रुपमा जोडिइरहें । तर त्यही पीडा आफैलाई पर्दाको अनुभूति भने पहिलो पटक गर्दैछु ।

बाबुबाजेलाई भेँडीगोठ नै प्यारो, छोराछोरी सिंगापुर र अमेरिका

देविका घर्तीमगर
काठमाडौं :
रुकुम, तकसेरा–८ तल्लो सेराका ४८ वर्षका सत्जीत बुढा आफुले थाहा पाएदेखि नै भेँडा गोठालो छन्। अहिले उनी तीन घरको सात सय भेँडा हेर्छन्। पुर्खाले निरन्तरता दिँदै आएको भेँडापालन पेशा छाड्न नसकेको सत्जीत बताउँछन्। उनी भेँडा चराउन बथान लिएर रुकुम, रोल्पा, दाङ, कर्णालीको डोल्पासम्म पुग्छन्।  भेँडा बेचेर जीवन गुजारा गर्ने सत्जीतलाई आफुपछि भेँडापालन पनि अन्त्य होला भन्ने चिन्ता छ। ‘हाम्लाई त हाम्रो पुर्ख्यौली पेशाको माया लाग्छ। तर के गर्ने र छोराछोरीले मान्दैनन्',