Skip to main content

जनैपूर्णिमामा किन खानुपर्छ क्‍वाँटी? के भन्छन् पोषणविद्?

देविका घर्तीमगरआज जनैपूर्णिमा पर्व। आजको दिन हिन्दु धर्माबलम्बीहरुले जनै लगाउने र डोरो बाँध्नेसँगै क्वाँटी खाने चलन पनि छ। गेडागुडीको तरकारी अरु समयमा पनि खाइने भएपनि जनैपूर्णिमामा भटमास, केराउ, बोडी लगायतका ९ थरी गेडागुडीलाई भिजाएर क्वाँटी तयार गरिन्छ।
नेपालको धेरैजसो क्षेत्रमा सजिलै पाइने यो खाद्य पदार्थ स्वास्थ्यका लागि पनि उति नै फाइदाकारी छ। क्वाँटी खाएमा के फाइदा हुन्छ? यस सन्दर्भमा वरिष्ठ खाद्य विशेषज्ञ तथा वैज्ञानिक गुणस्तर अग्रसरता केन्द्रकी अध्यक्ष जीवनप्रभा लामासँग गरिएको कुराकानी:
किन क्वाँटी खाने? यो हाम्रो परम्परा हो। क्वाँटी नेवारी संस्कृतिबाट आएको शब्द हो। 'क्वा' भनेको 'तातो' र 'टी' भनेको 'झोल' अर्थात् क्वाँटीको अर्थ तालो झोल। जनैपूर्णिमा पर्ने साउन अन्तिम वा भदौको पहिलो हप्ताको समय वर्षायाम सकिएर हिउँद लाग्ने बेला हो।
मौसम परिवर्तन हुने बेलामा रुघाखोकी, चिसो लाग्ने, कमजोरी हुने जस्ता स्वास्थ्य समस्या देखिन्छ। त्यसैले तातो र तागत दिने कुराहरु खानुपर्छ भन्ने मान्यता रहेको छ।
क्वाँटीको महत्व के छ ?
हाम्रो शरीरलाई चाहिने प्रोटिनको श्रोत गेडागुडी पनि मुख्य हो भन्ने तथ्य वैज्ञानिकहरुले पत्ता लगाइसकेका छन्। गेडागुडीबाट पाइने प्रोटिन अरु श्रोतहरुबाट पाउने भन्दा बढी पोषिलो हुन्छ। त्यसैले दीर्घ जीवनका लागि गेडागुडीहरु खानु उपयुक्त हुन्छ।  
क्वाँटीमा ९ थरी गेडागुडी मिसाइन्छ। जसले गर्दा एकथरी गेडागुडीमा नभएका पोषक तत्व अर्कोथरीले पूरा गर्छ। अझ गेडागुडीमा टुसा उमारेर खायौं भने पोषिलोपन बढ्छ। पचाउन सजिलो पनि हुन्छ। 
टुसा उमारेर खादा के फाइदा छ ? 
धेरैथरी गेडागुडी मिसाउँदा गेडागुडीमा भएका पचाउन नसकिने तत्वहरु आफै हराएर जान्छ। अझ टुसा उमार्दा गेडागुडीमा पाइने भिटामिन सी, आइरन, फोनिक एसिडको मात्रा बढेर जान्छ। त्यसमा पोषिलोपन थपिदै जान्छ। ९ थरी गेडागुडी त्यसै फाइदाकारी छ। त्यसमा टुसा उमारेर खादा पोषक तत्वहरु अझै थपिन्छ।यसलाई पचाउनका लागि पनि सहज हुन्छ। एकैचोटी धेरै प्रोटिन खाँदा शरीरले पचाउन गाह्रो मान्छ, त्यसकारण पनि टुसा उमारेर खाँदा फाइदाजनक हुन्छ। 
धेरै गेडागुडी मिसाउँदा स्वाद पनि मिठो हुन्छ। माछा, मासु, अण्डालाई पूर्ण खाद्य पदार्थ भनिन्छ। गेडागुडी भिजाएर खाँदा माछा, मासु जत्तिकै प्रोटिन प्राप्त हुन्छ।
जुन समयमा जे उत्पादन हुन्छ त्यही कुरा खाने नेपाली चलन हो। हाम्रो खेतबारीमा पाइने खाद्य पदार्थ अनुसारका परम्परा, चाडपर्वहरु रहिअाएका छन्। मौसम परिवर्तन हुने बेलामा क्वाँटी खाँदा रुघाखोकी, कमजोरीपना हटेर जान्छ। यसमा अझ ज्वानो पड्काएर खाने गरिन्छ त्यसको पनि महत्व छ। ज्वानो पड्काएर खाँदा त्यसले शरीरलाई मजबुत बनाउन क्याल्सियम थप्ने काम गरेको छ। क्वाँटीसँगै ज्वानोलाई पनि जोड्नुपर्छ। 
काठमाडौं उपत्यकामा क्वाँटी खाने चलन किन बढ्यो? क्वाँटी खाने चलन नेवार समुदायको संस्कृतिबाट अरु संस्कृतिमा विस्तार हुदै गएको हो। त्यसकारण पनि क्वाँटी काठमाडौं उपत्यकामा बढी प्रयोगमा आएको हो। अन्य समुदायमा यसरी ९ थरी मिसाएर खाएको पाइदैन। क्वाँटी स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। त्यसकारण यो समयमा क्वाँटी खानुपर्छ भनेर सबैतिर फैलाउन, जानकारी गराउन आवश्यक छ।
http://thahakhabar.com/news/2333 मा भदौ २, २०७३ प्रकाशित ।

Comments

Popular posts from this blog

नेपाली समाजको गम्भिर सामाजिक समस्या : दाइजो र तिलकप्रथा

नेपालिसमाजमामहिलाहरुमाथिहुनेघरेलुिहंसामादाईजोरतिलकप्रथालेक्रमशःभयावहरुपलिनथालेकोछ।सामन्तवादीपित्रृसतात्मकसमाजकोकुप्रथाकोरुपमारहेकोदाईजोरतिलकप्रथासमाजकोविकाससंगैघट्नुकोवदलावृद्विहुदैगैरहेको।सामाजिकरुपमाएकप्रकारकोहोडरछोराकोविवाहलाईघनकमाउनेमाध्यमकोरुपमाप्रयोगगर्नचाहनेस्वार्थीमानसिकतालेनैअहिलेयोप्रथादिनप्रतिदिनअझभयावहरविकृतवनेरदेखापरेकोछ।
दाईजोप्रथाकोस्ाुरुवातकहिलेरकहाँवाटशुरुभयोभन्नेकुरायकिनगरेरभन्नतसकिन्न।तरथुर्पैवुद्विजिविहरुलेदाइजोकोप्रचलनप्राचिनकालिनआर्यवर्तकोसामाजिकव्यवस्थामारहेकोउदाहरणप्रस्तुतगरेकाछन्।स्वस्थानीव्रतकथामागोमाव्राम्हणीलाईउनकाआमाबुवालेप्रसस्तधनसम्पत्ािसुनचाँदिगाईघोडाहातिदानदिईएकोरमहाभारतकथामापनिवेहुलिलेदाइजोकोरुपमासुनचाँदिगाईघोडाआदि

मेनका ! के तिमी साँच्चिकै हामीमाझ छैनौ ?

देविका घर्तीमगर
जीवनका धेरै त्यस्ता सत्यहरु छन्, जो हामीलाई स्विकार गर्न गाह्रो हुन्छ । हाम्रो मनले स्विकार नगर्दा पनि ती सत्य आखिर सत्य नै हुन्छन् । किनकि यथार्थबाट हामी भाग्न सक्दैनौं । यस्ता कुराहरु म धेरैलाई सम्झाउँदै आएँ । लामो समय भएछ ती पीडितहरुसँग कुनै न कुनै रुपमा गाँसिदै र उनीहरुलाई सम्झाउँदै आएको । अक्षर खेतीसँग जोडिएका कारण पीडामा परेका, विपद्मा परेका, दुःखमा परेकासँग कुनै न कुनै रुपमा जोडिइरहें । तर त्यही पीडा आफैलाई पर्दाको अनुभूति भने पहिलो पटक गर्दैछु ।

बाबुबाजेलाई भेँडीगोठ नै प्यारो, छोराछोरी सिंगापुर र अमेरिका

देविका घर्तीमगर
काठमाडौं :
रुकुम, तकसेरा–८ तल्लो सेराका ४८ वर्षका सत्जीत बुढा आफुले थाहा पाएदेखि नै भेँडा गोठालो छन्। अहिले उनी तीन घरको सात सय भेँडा हेर्छन्। पुर्खाले निरन्तरता दिँदै आएको भेँडापालन पेशा छाड्न नसकेको सत्जीत बताउँछन्। उनी भेँडा चराउन बथान लिएर रुकुम, रोल्पा, दाङ, कर्णालीको डोल्पासम्म पुग्छन्।  भेँडा बेचेर जीवन गुजारा गर्ने सत्जीतलाई आफुपछि भेँडापालन पनि अन्त्य होला भन्ने चिन्ता छ। ‘हाम्लाई त हाम्रो पुर्ख्यौली पेशाको माया लाग्छ। तर के गर्ने र छोराछोरीले मान्दैनन्',