Skip to main content

Posts

Showing posts from September, 2017

'पार्टी काममा यसरी डुबिएछ कि, बिहे भन्ने कुरा त मनमै आएन'

देविका घर्ती मगर काठमाडौं : नेकपा एमालेको केन्द्रीय सदस्य तथा सांसद जयन्ती राई, ५४ पार्टीको महिला संगठन अखिल नेपाल महिला संघको केन्द्रीय उपाध्यक्ष हुन्। एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति सुरु गरेकी उनी २०५४ सालको स्थानीय निकायको चुनावमा भोजपुर जिल्ला विकास समितिको उपसभापति हुँदा देशभरी एकमात्र महिला उपसभापति थिइन्। पञ्चायत शासन विरुद्ध भूमिगत रुपमा आन्दोलन गरेकी सांसद राईसँग उनको राजनीतिक र व्यक्तिगत जीवनबारे गरिएको कुराकानीको सारसंक्षेप : 

मधेसमा एमालेको यही परिणाम नै ठूलो कुरा हो : महासचिव पोखरेल

प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पाँचौं बनेको छ। मंगलबार तीन वटा स्थानीय तहको नतिजा आउन बाँकी रहँदा १३६ स्थानीय तहमध्ये एमालेले १८ तहमा जितेको छ। नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल, राजपा नेपाल र नेकपा माओवादीले एमाले भन्दा धेरै सिट जितेका छन्। पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पहिलो पार्टी भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तेस्रो चरणको निर्वाचनमा पनि आफू पहिलो हुने दावी गरेको थियो। तर उसको अनुमान किन मिलेन?

शान्ता चौधरी भन्छिन् - एकजना देखे पनि हाम्रै बनाउन पाए हुन्थ्यो जस्तो लाग्छ

देविका घर्ती मगर काठमाडौं : एमाले केन्द्रीय सदस्य तथा पूर्व सभासद शान्ता चौधरी अहिले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा चुनाव प्रचार प्रसारमा छिन्। भदौ २६ गते आफ्नो घर दाङबाट प्रदेश नम्बर २ मा गएकी शान्ता शुक्रबार थाहाखबरसँग टेलिफोनमा कुराकानी गर्दा सप्तरीमा छिन्।  उनको विहानदेखि बेलुकासम्मको समय एमाले उम्मेदवारका लागि मत माग्दैमा बित्छ। बिहान ४ बजे उठ्छिन्, पूर्वयोजना अनुसार भोट माग्न मतदाताका घर-घरमा पुग्छिन्। उनी धेरैजसो थारु समुदाय बढी रहेको क्षेत्रमा गएकी छन्। पश्चिम र पूर्वको थारु समुदायको धेरै संस्कार र संस्कृति मिल्छ। तर भाषा फरक छ। त्यसका लागि नेपाली भाषा सम्पर्क भाषा बनेको छ।

२२ पटक गर्भवती भएकी राउटे युवतीको दुई सन्तान मात्र जीवित

देविका घर्ती मगर काठमाडौं : नेपालको राउटे समुदाय जो अहिले पनि जंगलमा बसोबास गर्छ। पुर्खाले जंगलमा जीवनयापन गरेको भन्दै पराम्पराको निरन्तरतास्वरूप राउटेहरू जंगलमै बस्दै आएका छन्।  नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार राउटेको जनसंख्या ६ सय १८ मात्र छ। यीमध्ये  एक सय ४७ मात्र जंगलमा बस्दै आएका छन्।  फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका महिला जनसंख्याको आधाजस्तो संख्यामा छन्। उमेर पुगेका र विवाह भएका राउटे महिलाले बर्सेनि गर्भवती हुन्छन्। तर बच्चा भने निकै न्यून मात्र बाँच्छन्।

काखमा आठ महिनाको छोरा लिएर भोट माग्न हिँडें : श्रीमाया थकाली

देविका घर्ती मगर काठमाडौं : थकाली व्यापार व्यवसायमा नाम कमाएको समुदाय हो। नेपालका प्रमुख व्यापारिक केन्द्रहरुमा होटल लगायतका व्यवसायमा यो समुदायले राम्रो नाम कमाएको छ। त्यही व्यवसायी समुदायकी एक महिला भने परम्परागत पेशा र व्यवसाय भन्दा भिन्न राजनीतिबाट परिचित छिन्। श्रीमाया थकाली, (५०) अहिले नेकपा एमालेकी पोलिट्व्युरो सदस्य र सांसद छिन्। परिवारका अरु सदस्यहरु राजनीतिबाट बेखबर रहेपनि उनलाई भने राजनीतिले नै तान्यो। मुस्ताङको जोमसोममा जन्मे हुर्केकी उनी पढाइको सिलसिलामा कम्युनिष्ट पार्टीमा आवद्ध भएकी थिइन्।

नेपालमा कति प्रकारका नयाँ वर्ष मनाइन्छ? थाहा पाउनुस् कुन कुन हुन्?

देविका घर्ती मगर काठमाडौं : आज नयाँ वर्ष अर्थात वैशाख १ गते। विक्रम सम्वतको पहिलो दिनलाई नै धेरैजसो नेपालीले आफ्नो नयाँ वर्षको रुपमा मनाउँछन्। सरकारले पनि नयाँ वर्षको रुपमा वैशाख १ गतेलाई मान्यता दिँदै सार्वजनिक विदा दिएको छ।  यसका अलावा मगर, नेवार, थारु, किराँत, तामाङ, शेर्पा, थकाली, गुरुङ, मुस्लिम समुदायले फरक फरक दिनलाई आफ्नो नयाँ वर्ष आरम्भको रुपमा मनाउँछन्। नेपालका कति प्रकारमा नयाँ वर्ष मनाइन्छ त?

नाटकमा देखाइयो सखिया नाच्ने रहर पालेकी थारु युवतीको कथा

थिएटरमा थारु नाटकदेविका घर्ती मगर काठमाडौं : जसै दशैं नजिकिदै जान्छ भूमिपुत्र थारु गाउँमा रौनक शुरु हुन्छ। अझ थारु समुदायका युवायुवती दशैंका लागि विशेष तयारी गर्न थाल्छन्। कला, संस्कृतिले धनि थारु जाति दशैंलाई भव्यरुपमा मनाउँछन्। दशैं भनेपछि अरु समुदायमा टीका लगाउने, टाढा रहेका आफन्तसँग भेटघाट हुने र सद्भाव साटासाट गर्ने भन्‍ने बुझिन्छ। तर थारु समुदायमा भने दशैं भनेपछि नाचगान र उत्सवको पर्व भनेर समेत बुझिन्छ।

मधुबाबुको करार जिन्दगी

जो पटक-पटक रेडियो नेपालबाट निकालिएदेविका घर्ती मगर काठमाडौं : कालजयी लोकगीतका सर्जक गायक मधुबाबु थापाको बिहिबार ६३ वर्षको उमेरमा निधन भयो। बहुप्रतिभाका धनी थापा गायन, शब्द संकलन, लेखन, संगीत, वाद्यवादन तथा सङ्गीत संयोजन सबै विधामा उत्तिकै सक्रिय  थिए।  थापाको शुक्रबार अन्त्येष्टी गरिएको छ। वि.स. २०१० साल वैशाख १ गते दाङको राजपुरमा जन्मेका मधुबाबुले २ वर्षको उमेरमै दृष्टि गुमाएका थिए।

अछाममा छाउ गोठमै महिलाको मृत्यु, किन रोकिएन छाउपडी प्रथा?

९ वर्षमा गयो ८ जनाको ज्यानदेविका घर्ती मगर काठमाडौं : अछामको तिमिल्सेन गाविसमा छाउपडी गोठमा एक महिलाको मृत्यु भएको छ। शुक्रबार बेलुकी ८ बजे खाना खाएर छाउगोठमा सुत्न गएकी तिमिल्सेन गाविस ७ की २६ वर्षिय डम्बरा उपाध्याय शनिवार बिहान मृत अवस्थामा फेला परेकी हुन्।   डम्बरा बिहान ढिलोसम्म पनि छाउगोठबाट बाहिर नआएको र जेठानीले बोलाउदा पनि ढोका नखोलेपछि गाउँलेहरु जम्मा भएर हेर्न जाँदा मृत अवस्थामा फेला परेकी अछामका निमित्त प्रहरी प्रमुख इन्सपेक्टर बद्रीप्रसाद ढकालले बताए। उनका अनुसार घरदेखि ४० फिट टाढा रहेको छाउगोठमा नाकबाट रगत बगेको र घोप्टो परेको अवस्थामा डम्बराको शव फेला परेको थियो।

आमासँग ह्वाइटगुम्बा आएकी ती केटी, जसको सम्झनामा लेखियो 'को होला त्यो...'

देविका घर्ती मगर काठमाडौं : नेपाली गीत संगीत क्षेत्रमा हिट हुन सजिलो छैन। वर्षौको साधनाबाट पनि आफूलाई स्थापित गर्न नसक्नेहरु धेरै छन्। तर गायक सुनिल गिरी यस्ता भागयमानी हुन् जसलाई पहिलो गीतले नै हिट बनाइदियो। २०७० सालमा 'को होला त्यो' गीत गाएपछि उनी गायक भनेर चिनिए।  युवापुस्ता लक्षित यो गीत लोकप्रिय भएपछि सुनिलले थुप्रै हिट गीत दिएका छन्। सुनिल पनि आफूलाई भाग्यमानी मान्छन्। 'पहिलो गीतले नै मलाई संगीतमा स्थापित बनाइदियो। गीत निकाल्नुभन्दा पहिले जति संघर्ष दुःख गर्नुपर्‍यो त्यसपछि पछाडि फर्कनुपरेको छैन', उनी भन्छन्।

काठमाडौंको त्यो बेलाको दशैं

देविका घर्तीमगर काठमाडौं : नेकपा एमालेका पोलिटब्यूरो सदस्य रघुजी पन्त काठमाडौंका बासिन्दा हुन्। राजनीति सँगै लेखनमा समेत सक्रिय नेता पन्तले त्यतिबेलाको दशैं सम्झिए जतिबेला काठमाडौंमा खेतिपाति प्रशस्त हुन्थ्यो र बस्ती पातलो थियो।

रविन्द्र अधिकारीको प्रस्ताव- दशैंको लामो बिदा घटाउँ

काम नगरी खानु सुख होइन देविका घर्ती मगर
काठमाडौं : नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य रविन्द्र अधिकारी व्यवस्थापिका संसद्को विकास समितिका सभापति छन्। संसदमा विकास समितिको समापतिको रुपमा विकासका मोडेल, नेपालमा अहिले विकासको अवस्था तथा विकासको विभिन्न नीति नियमका विषयमा खरो रुपमा प्रस्तुत हुँदै आएका रविन्द्र अधिकारीसँग बडा दशैं २०७३ को सन्दर्भमा दशैं, तिहार जस्ता चाडपर्वमा हुने लामो विदाले विकास निर्माणका योजनाहरुमा के असर गर्छ भनेर कुराकानी गरेका छौं।

कार्यकर्ता पढाउन एमालेले खोल्यो स्कुल: सशुल्क कक्षामा के के हुन्छ पढाई?

देविका घर्ती मगर
काठमाडौं : सोमबार बिहानको १० बजे। ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा मानिसहरु हतार-हतार हलभित्र प्रवेश गर्दैछन्। 'लौ प्रशिक्षक आइसक्नुभयो है, फेरि ढिला हुन सक्छ', एक सहभागी भन्दै थिए, 'समयमा हलभित्र नगए ढोका बन्द हुन्छ।' कालो डायरी र कलम बोकेका ३०/३५ जना हलभित्र प्रवेश गरे।

कसको हो त्यो हराएको भोटो? जुन आज जात्रामा देखाइँदैछ

देविका घर्ती मगर
काठमाडौंमा मनाइने लामो जात्रा रातो मछिन्द्रनाथको रथयात्रा आज भोटो देखाएर समापन हुँदैछ। वर्षा तथा सहकालका देवताका रुपमा मानिने मच्छिन्द्रनाथको रथयात्रा करिब दुई महिना चल्छ। बैशाखदेखि शुरु भएर असार शुक्ल चौथीको दिन समापन गरिन्छ।

नेपाली चाडपर्वअनुसारका खानाको विशेषता के छ?

खाना विशेषज्ञ नवराज उपाध्याय भन्छन्- चाडपर्वअनुसार खाने गरिएको खानामा बैज्ञानिक आधार छन्। देविका घर्ती मगर आज साउन १५। हाम्रो नेपाली परम्परा अनुसार आज खिर खाने दिन। हामी नेपालीहरु खानामा सौखिन छौ। हामीले मान्दै आएका यस्ता पर्वहरु छन् जस्को सांस्कृतिक मूल्यमान्यता सँगै खानपानका समेत छुट्टै विशेषता रहिआएका छन्।