Skip to main content

Posts

Showing posts from March 24, 2017

उमेर भइसक्यो, अब छिट्टै विहे गर्छु : नविना लामा

देविका घर्तीमगर काठमाडौं : नविना लामा, नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष हुन्। काभ्रेको सामान्य परिवारकी नविनाले विद्यार्थी राजनीति सुरु गर्दा नेता बन्ने सपना देखेकी थिइनन्। 'अखिलले विद्यार्थीहरुको एक्स्ट्रा एक्टिभिटिज, विद्यार्थीहरुलाई आन्तरिक, वैचारिक ढंगले बलियो बनाएको देखेको थिएँ' उनले खुलाइन् 'अखिलको विचार सुन्दा कार्यक्रममा जाँदा राम्रो लाग्थ्यो, कुनै दिन अखिलको अध्यक्ष, उपाध्यक्ष, महासचिव बन्छु भन्ने लागेको थिएन।'

कान्ता भट्टराईलाई धेरैले सोध्छन् 'मान्य ज्यू' हजुर कहिले बोल्नुहुन्छ?

देविका घर्तीमगर काठमाडौं : असार १६ गते सांसद कान्ता भट्टराईले संसदमा बोल्ने क्रममा धेरै सांसदहरु हाँसे। हुनत उनले उठाएको विषय त्यति हाँसो उठ्दो थिएन। जनकपुरमा विवाहपूर्व नै दाइजोको रुपमा ६० लाख रुपैयाँ लिएर भाग्ने डाक्टरलाई कारबाही गर्न माग गरेकी थिइन्।  तर संसदमा बोल्ने तरिका भने गज्जबको थियो। कान्ता विषयमा प्रवेश गर्नुअघि एउटा संस्कृत श्लोक भनिन्। जसको नेपाली सारांश थियो- नारीको गरिमा पुरुषभन्दा हजार गुणा बढी हुन्छ।

पार्टीले खोजिदिएको केटासँग चुपचाप विहे गरेँ : थममाया थापा मगर

देविका घर्तीमगर नेकपा एमालेका नेता थममाया थापा मगर, ५८ एमाले केन्द्रीय राजनीतिमा पुगेका सीमित महिला राजनीतिकर्मीमध्ये एक हुन्। म्याग्दीको दुर्गम गाउँ चिमखोलामा जन्मिएर कम्युनिस्ट राजनीति सुरु गरेकी थममाया पोलिटब्युरो सदस्य तथा अखिल नेपाल महिला संघकी महासचिव हुन्।  पञ्‍चायतकालमा भूमिगत राजनीति गरेकी थममायाले राजकाज मुद्दा लगायतका थुप्रै कष्ट व्यहोरिन्। जे सपना देखेर राजनीतिमा होमिइन् अहिलेसम्म त्यो पूरा नभएकोमा उनी दुखी छन्।

राजाको विरोधमा बोल्दा झण्डै जेल : भद्रकुमारी घले

देविका घर्तीमगर काठमाडौं : भद्रकुमारी घले (८६) त्यतिबेला सामाजिक जीवनमा आइन् जतिबेला पढेलेखेका त कुरै छाडौं शिर ठाडो बनाएर हिँड्ने महिलाहरु बत्ती बालेर खोज्नुपर्ने अवस्था थियो। बनारसमा शास्त्री पढ्दै गर्दा जनकपुर अञ्चलका तत्कालीन अञ्‍चलाधीशबाट टीका लगाएर महिला संघको अञ्‍चल सभापति बनेकी उनी आफ्नो जीवनलाई अनौठो संयोग मान्छिन्। श्रम तथा समाज कल्याण राज्य मन्त्री समेत बनेकी भद्रकुमारी राष्ट्रिय पञ्चायत सदस्यमा सिन्धुली जिल्लाबाट निरन्तर पाँच पटकसम्म्म निर्वाचित भएकी थिइन्।