Posts

Showing posts from 2018

Graphic Design Practice

Image
Birthday Card

आश्रितपत्नी मायाको जीवन : स‌ंस्थानको जागिरेदेखि सांसदसम्म

Image
देविका घर्ती मगर
काठमाडौं : 'आफ्नै घरमा बस्‍न पाउँदा खुसी त लागेकै छ तर लाखौँ नेपालीसँग अझै पनि आफ्नै घर छैन', आफ्नै घर बनाइदिने दाताका छेउमा स्वर्गीय नेता जीवराज आश्रितकी श्रीमती माया ज्ञवाली यसो भन्दै थिइन्।  'मेरो चाहना सबै नेपालीको घर बनोस् भन्‍ने हो। हामी त संघर्षको बाटो, अप्ठ्यारो बाटोमा हिँडेका कम्युनिस्ट पार्टीमा लागेका मान्छेहरूलाई यी भौतिक सुविधाहरूले खासै फरक पर्दैन। न हामी यी सुखसुविधा पाउँला भनेर लागेका थियौँ', उनी थप्छिन्।

राष्ट्रपतिमा भण्डारीको दोस्रो इनिङ

Image
देविका घर्ती मगर
काठमाडौं : विद्यादेवी भण्डारी दोस्रो पटक नेपालको राष्ट्रपति निर्वाचित भएकी छन्। दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गरेकी भण्डारीले नेपाली कांग्रेसकी उम्मेदवार कुमारीलक्ष्मी राईलाई पराजित गर्दै नेपालको तेस्रो राष्ट्रपति बन्न सफल भएकी हुन्।  संघीय संसद भवन नयाँ बानेश्वरमा मंगलबार भएको राष्ट्रपति निर्वाचनमा विजयी भण्डारीको पक्षमा संघीय संसदको १९ हजार ३५५ मतभार परेको थियो। त्यस्तै, उनको पक्षमा प्रदेशबाट १९ हजार ९२० मतभार परेको थियो। समग्रमा भण्डारीलाई ३९ हजार २७५ मतभार प्राप्त भयो र राष्ट्रपतिमा निर्वाचित भइन्।

आमासँग ह्वाइटगुम्बा आएकी ती केटी, जसको सम्झनामा लेखियो 'को होला त्यो...'

Image
देविका घर्ती मगर
काठमाडौं : नेपाली गीत संगीत क्षेत्रमा हिट हुन सजिलो छैन। वर्षौको साधनाबाट पनि आफूलाई स्थापित गर्न नसक्नेहरु धेरै छन्। तर गायक सुनिल गिरी यस्ता भागयमानी हुन् जसलाई पहिलो गीतले नै हिट बनाइदियो। २०७० सालमा 'को होला त्यो' गीत गाएपछि उनी गायक भनेर चिनिए।  युवापुस्ता लक्षित यो गीत लोकप्रिय भएपछि सुनिलले थुप्रै हिट गीत दिएका छन्। सुनिल पनि आफूलाई भाग्यमानी मान्छन्। 'पहिलो गीतले नै मलाई संगीतमा स्थापित बनाइदियो। गीत निकाल्नुभन्दा पहिले जति संघर्ष दुःख गर्नुपर्‍यो त्यसपछि पछाडि फर्कनुपरेको छैन', उनी भन्छन्।

सजिलो नेपाली 'हाम्रो किबोर्ड'

Image
देविका घर्ती मगर
काडमाडौं :हाम्रो किबोर्ड नेपाली भाषा टाइप गर्ने सजिलो किबोर्ड हो । यो नेपाली भाषाका लागि बनाइएको एप्स हो । जसले नेपाली भाषालाई प्रेम गर्ने गर्दछ । हाम्रो पात्रो निर्माण गरेका शंकर उप्रेतीले नै हाम्रो किबोर्ड निर्माण गरेका हुन् । यसमा मोबाइलबाट रोमनमा लेख्न मिल्ने किसिमको किबोर्ड बनाइएको छ । जसमा अंग्रेजी तथा नेपालीमा गरी दुई भाषामा लेख्‍न सकिन्छ । खासगरी यो एप्स नेपाली भाषामा लेख्न चाहनेहरुका लागि निर्माण गरिएको हो ।

केपी शर्मा ओली : झापा विद्रोहदेखि दोस्रोपटक प्रधानमन्त्रीसम्म

Image
देविका घर्ती मगर
काठमाडौं : सदैव माओवादीप्रति तिखो वाँण प्रहार गर्दै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादीकै सहयोगमा दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका छन्। उनी नेपालको ४१ औं प्रधानमन्त्रीका रुपमा बनेका हुन्।  रमाइलो त यो छ कि विगतमा उनी माओवादीप्रति जति आक्रामक थिए, उनीहरुकै सहयोगमा ओली दोस्रोपटक प्रधानमन्त्रीमात्र बन्दै छैनन्। ओलीकै नेतृत्व कालमा नेपालको दोस्रो ठूलो कम्युनिस्ट दल माओवादी केन्द्रसँग एकतासमेत हुँदैछ।  २०२८ सालमा भएको झापा विद्रोह हुँदै वामपन्थी राजनीतिमा सक्रिय ओली संविधानसभाबाट जारी नयाँ संविधानपछि पहिलो तथा मुलुकको ३८ औं प्रधानमन्त्री बन्न सफल भएका थिए। त्यसबेला उनी माओवादीसँगकै सहकार्यमा प्रधानमन्त्री भएका थिए।

आरक्षणले महिलालाई कमजोर बनाउँछ : पद्मा अर्याल

Image
केही समयपछि आरक्षण हटाउनुपर्छ
देविका घर्ती मगर
काठमाडौं : गत मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनबाट छ जना महिलाहरू निर्वाचित भएर आए। तीमध्ये स्याङ्जा क्षेत्र नम्बर- २ बाट पद्मा अर्याल निर्वाचित भइन्। छ महिला सांसदमध्ये उनै पद्मा अर्याल हुन्, जसले शीर्ष नेतालाई पराजित गरिन्। कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको २० वर्षदेखिको जीतको निरन्तरतालाई 'ब्रेक' गरेकी नेता अर्याल कमजोर क्षेत्र हुँदाहुँदै पनि आत्मविश्वासका कारण चुनाव जित्न सफल भएको बताउँछिन्। कांग्रेसका वरिष्ठ नेतालाई पराजित गरेकी पद्माले चुनावको क्रममा निकै कष्ट व्यहोर्नुपर्‍यो। त्यसो त उनको निर्वाचन क्षेत्रमा बुथ कब्जा, कर्फ्यू, आक्रमण जस्ता घटनाहरूले राष्ट्रिय चर्चा नै पाए। तर अन्तिममा पद्माले नै बाजी मारिन्।

मगर जातिले चेली पूज्‍ने पर्व 'माघे सकराती'

Image
देविका घर्ती मगर
काठमाडौं : प्रकृति पूजक मगर समुदाय नेपालमा ठूलो संख्यामा बसोवास गर्दै आएका छन्। कला संस्कृति तथा चाड पर्वको विविधताले सम्पन्न मगर समुदाय ०६८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको तेस्रो ठूलो तथा आदिवासी जनजाति समुदायमध्येको पहिलो ठूलो संख्या भएको जाति हो।
नेपालका प्रायः सबै जिल्लाहरूमा बसोवास गर्दै आएका मगरहरूले माघे सकराती भव्य रूपमा मनाउँदै आएका छन्। यो उनीहरूको प्रमुख चाड हो। मगर र थारू समुदायको परम्परागत चाड भए पनि माघे सकरातीलाई सम्पूर्ण नेपालीहरूले राष्ट्रव्यापीरूपमा धुमधामका साथ मनाउने गर्दछन्।

नागरिकताविहीन भन्छन्: नागरिकता छैन, जीवन पनि छैन

Image
देविका घर्ती मगर
काठमाडौं: पोखराका सोनु शाक्य (१७) चार वर्षका हुँदा बुबाआमाको सम्बन्धबिच्छेद भयो। सम्बन्धबिच्छेद भएपछि बुबाले अर्कै विवाह गरे। आमा घर छाडेर हिँडिन्। सोनु र उनका दाजुलाई मावली हजुरबा र हजुरआमाले पाले। बुबाआमा कसैको सहारा नपाएपछि मावलीमा हुर्किएका उनीहरू दुई भाइले पढ्न पनि पाएनन्। सोनुले पाँच कक्षासम्म मात्र पढे। अहिले उनी क्याटरिङमा काम गर्छन्। उनका दाजुले पोखरामा ट्याटु हाउस चलाउँछन्। सोनु विदेश जान चाहन्छन्। विदेश जनाका लागि पासपोर्ट चाहिन्छ। उनीसँग पासपोर्ट बनाउन नागरिकता छैन। यी दुवै दाजुभाइसँग जन्मदर्ता पनि छ। तर बुबाले उनीहरूको नागरिकता बनाइदिँदैनन्। नागरिकता बनाइदिन भन्दा बाबुले नमानेको सोनु बताउँछन्।

Cover Video By Devika....Bala Joban

Image

हिउँले पुरेका सपनाको प्रस्तुति, 'कालापत्थरमाथि'

Image
देविका घर्ती मगर
काठमाडौं : शेर्पाहरू आफूलाई हिमालका सन्तति मान्छन्। हिमाल चढ्नु नै उनीहरूको मुख्य कर्म हो। उनीहरूको देउता पनि हिमाल हो। तिनै शेर्पाहरू विश्वको सर्वोच्च शिखर सगरमाथा चढेर वर्षौंदेखि नाम राख्दै आएका छन्। तर हिमाल आरोहण शब्द सुन्दा जति सुन्दर र गौरवले भरिएको छ, त्यति नै दु:ख, पीडाहरू पनि छन् हिमाल चढ्दा। हिमाल चढ्न जानेहरू एक्लै हिमाल चढ्न जाँदैनन्। उनीहरूलाई हिमाल चढाउने पर्दा पछाडिका हिरोहरू शेर्पाहरू हुन्।