केपी शर्मा ओली : झापा विद्रोहदेखि दोस्रोपटक प्रधानमन्त्रीसम्म

देविका घर्ती मगर
काठमाडौं : सदैव माओवादीप्रति तिखो वाँण प्रहार गर्दै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादीकै सहयोगमा दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका छन्। उनी नेपालको ४१ औं प्रधानमन्त्रीका रुपमा बनेका हुन्। रमाइलो त यो छ कि विगतमा उनी माओवादीप्रति जति आक्रामक थिए, उनीहरुकै सहयोगमा ओली दोस्रोपटक प्रधानमन्त्रीमात्र बन्दै छैनन्। ओलीकै नेतृत्व कालमा नेपालको दोस्रो ठूलो कम्युनिस्ट दल माओवादी केन्द्रसँग एकतासमेत हुँदैछ। २०२८ सालमा भएको झापा विद्रोह हुँदै वामपन्थी राजनीतिमा सक्रिय ओली संविधानसभाबाट जारी नयाँ संविधानपछि पहिलो तथा मुलुकको ३८ औं प्रधानमन्त्री बन्न सफल भएका थिए। त्यसबेला उनी माओवादीसँगकै सहकार्यमा प्रधानमन्त्री भएका थिए।