Posts

Showing posts from March 21, 2018

राष्ट्रपतिमा भण्डारीको दोस्रो इनिङ

Image
देविका घर्ती मगर
काठमाडौं : विद्यादेवी भण्डारी दोस्रो पटक नेपालको राष्ट्रपति निर्वाचित भएकी छन्। दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गरेकी भण्डारीले नेपाली कांग्रेसकी उम्मेदवार कुमारीलक्ष्मी राईलाई पराजित गर्दै नेपालको तेस्रो राष्ट्रपति बन्न सफल भएकी हुन्।  संघीय संसद भवन नयाँ बानेश्वरमा मंगलबार भएको राष्ट्रपति निर्वाचनमा विजयी भण्डारीको पक्षमा संघीय संसदको १९ हजार ३५५ मतभार परेको थियो। त्यस्तै, उनको पक्षमा प्रदेशबाट १९ हजार ९२० मतभार परेको थियो। समग्रमा भण्डारीलाई ३९ हजार २७५ मतभार प्राप्त भयो र राष्ट्रपतिमा निर्वाचित भइन्।

आमासँग ह्वाइटगुम्बा आएकी ती केटी, जसको सम्झनामा लेखियो 'को होला त्यो...'

Image
देविका घर्ती मगर
काठमाडौं : नेपाली गीत संगीत क्षेत्रमा हिट हुन सजिलो छैन। वर्षौको साधनाबाट पनि आफूलाई स्थापित गर्न नसक्नेहरु धेरै छन्। तर गायक सुनिल गिरी यस्ता भागयमानी हुन् जसलाई पहिलो गीतले नै हिट बनाइदियो। २०७० सालमा 'को होला त्यो' गीत गाएपछि उनी गायक भनेर चिनिए।  युवापुस्ता लक्षित यो गीत लोकप्रिय भएपछि सुनिलले थुप्रै हिट गीत दिएका छन्। सुनिल पनि आफूलाई भाग्यमानी मान्छन्। 'पहिलो गीतले नै मलाई संगीतमा स्थापित बनाइदियो। गीत निकाल्नुभन्दा पहिले जति संघर्ष दुःख गर्नुपर्‍यो त्यसपछि पछाडि फर्कनुपरेको छैन', उनी भन्छन्।

सजिलो नेपाली 'हाम्रो किबोर्ड'

Image
देविका घर्ती मगर
काडमाडौं :हाम्रो किबोर्ड नेपाली भाषा टाइप गर्ने सजिलो किबोर्ड हो । यो नेपाली भाषाका लागि बनाइएको एप्स हो । जसले नेपाली भाषालाई प्रेम गर्ने गर्दछ । हाम्रो पात्रो निर्माण गरेका शंकर उप्रेतीले नै हाम्रो किबोर्ड निर्माण गरेका हुन् । यसमा मोबाइलबाट रोमनमा लेख्न मिल्ने किसिमको किबोर्ड बनाइएको छ । जसमा अंग्रेजी तथा नेपालीमा गरी दुई भाषामा लेख्‍न सकिन्छ । खासगरी यो एप्स नेपाली भाषामा लेख्न चाहनेहरुका लागि निर्माण गरिएको हो ।