Posts

Showing posts from March 22, 2018

आश्रितपत्नी मायाको जीवन : स‌ंस्थानको जागिरेदेखि सांसदसम्म

Image
देविका घर्ती मगर
काठमाडौं : 'आफ्नै घरमा बस्‍न पाउँदा खुसी त लागेकै छ तर लाखौँ नेपालीसँग अझै पनि आफ्नै घर छैन', आफ्नै घर बनाइदिने दाताका छेउमा स्वर्गीय नेता जीवराज आश्रितकी श्रीमती माया ज्ञवाली यसो भन्दै थिइन्।  'मेरो चाहना सबै नेपालीको घर बनोस् भन्‍ने हो। हामी त संघर्षको बाटो, अप्ठ्यारो बाटोमा हिँडेका कम्युनिस्ट पार्टीमा लागेका मान्छेहरूलाई यी भौतिक सुविधाहरूले खासै फरक पर्दैन। न हामी यी सुखसुविधा पाउँला भनेर लागेका थियौँ', उनी थप्छिन्।